होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा । जनउत्थान मलेसियाद्धारा जिल्ला अस्पताल बाजुरा लाई भेन्टिलेटर सहयोग गरेको छ । मलेसियामा रहेको प्रबासी नेपालीको सहयोग र रिटनिङ माइग्रेट नेपाल सुदुरपश्चिमको समन्वयमा भेन्टिलेटर सहयोग गरेको रिटनिङ माइग्रेट नेपाल सुदुरपश्मि सदस्य हिक्मत थापाले बताए । कामको सिलशिलामा बिदेशीयका नेपालीहरुले काम गरेर देशका नागरिकहरुलाई स्वाथ्यमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ भेन्टिलेटर सहयोग गरेको थापाले बताए […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन […]
सुर्खेत। कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रले मुख्यमन्त्री शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाएको थियो । उक्त […]
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने बताएका छन् ।पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने बताएका हुन् । भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस […]
बाजुरा । जनताको साथमा काँग्रेस अभियान जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएको छ । आइतबार एक औपचारिक कार्यक्रमका विच नेपाली काँग्रेस वीपी स्मृती भवनमा उक्त कार्यक्रम सुरु गरिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै गाउँघरमा जनताको साथमा काँग्रेस […]
काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ । सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो । आसपासको […]
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यस्तै बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । जसको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका […]
रोल्पा । रोल्पामा शुक्रबार राति जीप दुर्घटना हुँदा खोलामा खसेर बेपत्ता भएका चालक अझै फेला परेका छैनन् । रोल्पाको माडी गाउँपालिका–४ माडी खोलामा भएको जीप दुर्घटनामा चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादर लामा बेपत्ता भएका छन् । शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँतर्फ जाँदै गरेको गरेको बा ७ च ५००२ नम्बरको जिप […]
काठमाडौं। मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि नेकपा एमालेले गठन गरेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन भएको छ। आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । त्यस्तै बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ । २६ साउनमा […]
काठमाडौं । प्रतीक्षित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ । डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसपटक कोचमा राजेशपायल राई, राजु लामा, […]
डोटी: डोटीमा पत्रकारमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ परेका छन्। समाचारको विषयलाई लिएर फोनबाट पत्रकारलाई गालिगलौज गर्ने आदर्श गाउँपालिका– ५ का धर्म रोकायालाई शनिबार जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको हो। रोकायाले शिखर समाचार डटकमले काठ बरामद सम्बन्धी दुई वर्षअघि प्रकाशन गरेको समाचारको विषयलाई लिएर सो अनलाइनका सम्पादक पवन महरालाई शुक्रबार राती फोन गरेर गालिगलौज […]
धनगढी: बैतडीको सुर्नया गाउँपालिकाका सामुदायिक विद्यालयमा शिक्षक–विद्यार्थीले मोबाइल लैजान नपाउने भएका छन्। गाउँपालिकाले एक सूचना जारी गर्दै विद्यालयमा मोबाइल लैजान र प्रयोग गर्न नपाइने जनाएको हो। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुले विद्यालय समयभित्र फेसबुक चलाएका गुनासा बढेकाले मोबाइल प्रयोगमा निषेध गर्न सम्बन्धित सबै विद्यालयलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले […]
कञ्चनपुर: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन्। नेकपा एकीकृत समाजवादी छाडेर फर्कने नेतालाई पार्टीमा स्वागत गर्न उनी यही भदौ १५ गते कञ्चनपुर आउन लागेका हुन्। ओलीले दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले जिल्ला सचिव पल्लवराज भट्टले बताए। सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश […]
काठमाडौँ — देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला […]
काठमाडौं । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दैछ ।बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले अध्यक्ष ओलीकै अध्यक्षतामा निर्वाचन कमिटी बनाएको छ । बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) […]
काठमाडौं : एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो। ‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मंसिर ४ मा हुन लागेको निर्वाचनमा जाने निर्णय भयो’, प्रचार विभाग प्रमुख एवं […]
काठमाडौं । एर्लिङ हालान्डले दोस्रो हाफमा ह्याट्रिक गरेपछि प्रिमयर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाएर क्रिस्टल प्यालेसलाई ४-२ ले पराजित गरेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा सिटी आधा घण्टामै दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गरेको हो । जहाँ हालान्डले २० मिनेटभित्रै ह्याट्रिक गरे । एतिहाड […]
काठमाडौं । मौसम बदली भएको छ ।आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै […]
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदै छ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा […]
पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ । थारू अगुवा सीता चौधरीका […]