होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२५ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।
नागरिक रैबार बाजुरा २४ जेठ । साहित्यकार रिता शाहीको पहलमा बुढीगंगा नगरपालिकाका विपन्न १४ परिवारलाई राहत स्वरूप खाद्यन्न वितरण गरिएको छ । साहित्यकार शाहीकाे पहलमन बुढीगंगा नगरपालिका २ र ३ नम्बर वडाका अति विपन्नका लागि २० हजार बराबरको खाद्यन्न राहत वितरण गरिएको हाे । सामाजिक अभियान्ता सम्राट सिंह बस्नेतको सहयोगमा विपन्न परिारलाई खाद्यान्न वितरण गरिएको […]
२४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले […]
काठमाडौँ २३ जेठ । — रुकुमको चौरहजारीमा भएको ६ जना युवाको हत्याको विषयमा छानविन गर्न संसदले विशेष समिति बनाउने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विशेष समिति बनाउने बताएका हुन् । जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि हमला गरिएको थियो । शुक्रबारको […]
नागरिक रैबार/बाजुरा २३ जेठ। सरकार ! दुरपति शार्की बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. २ स्थिति माईती गाउँमा बस्ने एक आम दलित महिला नागरिक हुन यो होईनन् ? यो गम्भीर प्रश्न हो । खप्तड छेडेदह गाउँपालिकाको दलित समुदाय माईती घरको छाप्रोमा बस्ने दुई सन्तान कि आमा हुन्, दुरपति । छोरी मना शार्कीको उमेर २५ […]
उच्च जातीय अहंकारको ताण्डवले निम्त्याएको रुकुम नरसंहारले एकपटक नेपाली समाजलाई आफ्नो वास्तविक मुखुन्डो खोल्न बाध्य पारिदिएको छ। रुकुम नरसंहार यस्तो बेला भयो, जतिबेला नेपाली समाजको विविधताबारे बहस हुन छाडिसकेको थियो भने विभेद त झन्डैझन्डै सबै ठीकठाक भएजसरी प्रस्तुत हुन सरकारलाई असहज, अप्ठ्यारो र लोकलाज फिटिक्कै थिएन। जसोजसो सरकार र समाज सोहीबमोजिम नाच्ने नै भयो। गरिबी, […]
राष्ट्रिय दलित पत्रकार संघ नेपालले जाजरकोट र रुकुम प्रवेशमा पत्रकारलाई रोक लगाएको भन्दै बिरोध गरको छ । रुकुम नरसंहारको स्थलगत अध्ययन तथा रिर्पोटिङका लागि जाजरकोट गएका राष्ट्रिय दलित पत्रकार संघ नेपालको ९ जनाको मिसन टोलीका राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष एवं पत्रकार खगेन्द्र सुनार र संघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ […]
पाल्पा २२ जेठ । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित […]
काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनको समय धेरै कलाकार फिल्म हेरेर, पुस्तक पढेर बिताइरहेका छन्, भने केही कलाकारलाई समाजसेवामा पनि देख्न सकिन्छ । निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत भने यो समय सुटिङ स्टुडियो निर्माण गरेर बिताइरहेका छन् । बस्नेतले थानकोटस्थित आफ्नै निवासमा सुटिङ स्टुडियो निर्माण थालेका हुन् । जसको ७५ प्रतिसत काम […]
सन्ताेष परियार । विचार । २०४० सालको दशकमा जन्मिएको हाम्रो पुस्ताले राजा ज्ञानेन्द्रको मकरतन्त्रबाहेक खासै निरंकुशतन्त्र भोग्नुपरेन । हामीले बहुदलीय प्रजातन्त्रसँगै हुर्कने मौका पायौं । २०४७ को प्रजातन्त्र पुनर्बहालीपछि नेपाली समाज फराकिलो भएको विश्वास सबैलाई थियो । जात, धर्म, भूगोल र लिंग लगायतका विशिष्टतामा विभक्त नेपाली समाजले मौलिकतासहित ‘राष्ट्रिय’ हैसियत पाउने र राष्ट्र निर्माणमा बराबर सहभागी हुने आशा […]
काठमाण्डाैँ २२ जेठ । अन्तरजातीय विवाहको विषयमा रुकुम पश्चिममा ६ जनाले ज्यान गुमाएको घटनाको अनुसन्धानमा सिंगाे दलित समुदायले संशय व्यक्त गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घकी मानवअधिकार उच्चायुक्तसहित विभिन्न अधिकारवादी सङ्घसंस्थाहरूले उक्त घटनाको निन्दा गर्दै नेपालले निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने माग गरिरहेका छन्। घटनापछि आन्दोलनमा उत्रिएको दलित समुदायले हाल सरकारले गठन गरेको अनुसन्धान गर्ने निकायमा नागरिक […]
प्रेम सुनार काठमाण्डाै २१ जेठ । ‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् । पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्। छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ओलीले जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, […]
डडेलधुरा — डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक महिलाको ज्यान गएको छ ।गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ की ३० वर्षीया महिलाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीका अनुसार मंगलबार राति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएपछि मृत्यु भएको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक धनबहादुर बिष्टले जानकारी दिएका छन । गन्यापधुरा गाउँपालिकाको असिग्राम […]
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम पश्चिममा दलित युवकको हत्याको मुद्धालाई बिग्रन नदिने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने बताएका हुन् । ‘यो मुद्धालाई बिग्रन दिइने छैन, म विश्वास दिलाउन चाहन्छु, अभियोजनको मामिलामा तल माथि हुन कुनै ठाउँमा दिइने छैन’ महान्यायधिवक्ता खरेलले […]
जातकाे नाममा अझै छ दण्ड याे नेपालमा बाेल सरकार दलितलाई कानुन किन छैन नेपालमा । काहाँ लुक्याे गणतन्त्र याे नेपालमा जातिय छुवाछुतकाे भेदभा अझै छ नेपालमा ।। नत नियम लागू हुन्छ न सजाए नेपालमा जति बेला दलितले मरेई पाउनु याे कस्ताे नेपालमा । दलितकाे शरीर जल्ने तर जात चल्दैन रे नेपालमा । श्रम चल्छ सीप […]
बैतडी : बैतडीमा क्वारेन्टिनमा राखिएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको नगरपालिकाका प्रवक्ता दले धामीले जानकारी दिए। मृतक लुहार मुटु रोगको बिरामी रहेको बताउँदै उनले अहिले स्वास्थ्यकर्मी सहितको टोली क्वारेन्टिनमा गईरहेको जानकारी दिए। मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट […]
गुल्मी । पछिल्लो चरण दलित समुदायमाथि जातिय विभेदका श्रृखलाबद्ध घटना भई रहँदा स्थानीय सरकारले नै स्थापना गरेको क्वरेन्टिनभित्र समेत जातिय विभेद गरिएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ३ रामकोटमा रहेको आलमदेवी प्राविको क्वारेन्टिनमा रहेका मानिसहरु सुत्ने एकै ठाउँ भान्छा भने बेग्ला बेग्लै रहेको छ । हामी हिजो भारतबाट आएर यस क्वारेन्टिनमा बसेका हौं […]
काठमाडौं- नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नेपालमा […]
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ को संक्रमित सख्या ४३ पुगेको छ । पछिल्लो समय भारतवाट आएकाहरुमा कोभिड–१९ को संक्रमण पुष्टि हुन थाले पछि संक्रमितको संख्यामा वृद्धि भएको हो । सोमबार थप १८ जना कोभिड १९ को संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ४३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी […]