होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा […]
१३ साउन, काठमाडौं । दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । एक जना भने भागेर जोगिएका छन् । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टले अनलाइनखबरलाई बताए अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका छन् । छोरा २१ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एकपक्षीय रुपमा स्थगन भएको पाइएको छ । मंगलबारका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका हुन् । नेकपाका एक स्थायी समिति सदस्यले बैठक स्थगित गरेर ओलीले अर्को गल्ती गरेको आरोप […]
बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भए । तर ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ । अब ऐश्वर्या र आराध्या घरमा र्न बस्नेछन् जबकि अमिताभ र अभिषेक बच्चन केही दिन थप डाक्टरको निगरानीमा बस्नुपर्नेछ । अभिषेक बच्चनले यसबारे जानकारी दिएका हुन् […]
१३ साउन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन् । एंकल इन्जुरीको कारण एमबाप्पेले आगामी अगष्ट १२ मा हुने इटालियन क्लब एटलान्टाविरुद्धको खेल खेल्न नसक्ने भएका हुन् । फ्रेन्च क्लब फाइनल अन्तर्गत २१ वर्षीय एमबाप्पेलाई चोट लागेको थियो । उनलाई सेन्ट […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोनासंक्रमितको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको संख्या २ हजार ८१९ पुगेको हो । प्रदेशमा ८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । सोमबार नै सेती प्रादेशिक […]
१३ साउन, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले […]
चक्रबहादुर अयडी बाजुरा १३ साउन लगातारको वर्षासंगै गुईगाड खाेलामा अाएकाे बाढीले बुढीगंगा नदि थुनेपछि सेरावगरमा ताल जमेकाे छ । साेमबार रातिको लगातारको वर्षका कारण बुढिगंगा नगरपालिका वडा नम्वर ३ मा पर्ने गुईगाडि खोला अाउदा बुढिगंगा नदि पुणरुपमा थुनिएको छ । अहिले सेरावगरमा ताल जमेकाे छ । नदि थुनिएपछि सेरावगरमा जमेकाे ताल हेर्नेकाे घुईचाे लागेकाे छ […]
पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पनानुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ पारित गरी नयाँ पाठ्यक्रम लागू गर्न लागेको हो । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा यसै साता प्रकाशन हुने […]
मोबाइल गेममा लिप्त हुने बालबच्चाको मनोदसा कस्तो हुन्छ ? के उनीहरुको स्वभाव फेरिदै गएको छ ? उनीहरु बढी आक्रमक एवं रिसाह हुँदैछन् ? संभवत आमाबुवाले आफ्ना बालबच्चाको बद्लिदो व्यवहारलाई सुक्ष्म ढंगले अध्ययन गरेका छैनन् । यद्यपि मोवाइलमा लिप्त हुने बालबच्चाहरु धेरै रिसाउने र आक्रमक हुने पाइन्छ । विगतका तुलनामा अहिलेका बालबच्चाहरु बढी रिसाह भएको र […]
१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डा थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनपछि नेपाल भारत […]
१२ साउन, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी […]
काठमाडौँ । बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गुट भेला बिहानैदेखि शुरु भएको छ । भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि नबस्ने निश्चित छैन । त्यसबारेमा रणनीति बनाउन बालुवाटार र खुमलटारमा छलफलहरु भइरहेको छ । स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारामा प्रचण्ड–माधवकुमार […]
काठमाण्डौंको बल्खु स्थीत राजधानी अस्पतालमा चार दिन आईसियूमा बसेर, विशेष केयर यूनिटमा सरे पश्चात भावि जीबन बाच्ने आशा संगालेका हिमाली गाउँपालिका ६ का रत्न दमाई र विरामी लोग्नेको स्याहार गर्दा गर्दै बेखर्ची बनेकि उनकि श्रीमतिको आँखामा खुसि स्पष्ट देख्न सकिन्थ्यो । उनको खुसिका लागि हाल अमेरिकामा बसोवास गर्ने त्रिवेणी नगरपालिका ८ का समाज सेवी जनक […]
बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ । कार्यालयका […]
१२ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–२ का रोमनाथ रिजालले धान रोपेको एक महिना बित्यो । धानमा मल हाल्न बितिसक्यो । तर उनले सधैं मल पाउँदै आएको साना किसान सहकारीमा यसपालि मल आएन । ‘पाँच दिनअघि एक लट मल आएछ, एउटा किसानलाई पाँच किलोको दरले बाँडेछन्, तर मैले पत्तै पाइनँ,’ उनी भन्छन्, ‘पाँच किलो पाएको […]
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ । लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट […]
१२ साउन, काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले अनलाइनखबरलाई बताए । थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच […]
धनगढीः कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आईतबार ठीक दुई वर्ष पुगेको छ। देश व्यापी रुपमा भएको न्यायिक आन्दोलनपछि अन्तराष्टिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरणको अनुसन्धान दुई वर्ष सम्म पनि शुन्यमै छ। तर यो दुई वर्षको अवधीमा सुदूरपश्चिममा जबरजस्तीकरणी घटनामा समेत बृद्धि हुदै गएको एक तथ्याड्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय […]
१२ साउन, काठमाडौं । युभेन्ट्सले लगातार नवौं पटक इटालियन सिरी एको उपाधि जितेको छ । जारी सिजनअन्तर्गत गएराराति भएको खेलमा साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक-एक गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले गोल […]