होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ । छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ । आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी […]
काठमाडौँ: कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना […]
टिस्टुङ । आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो । वडा नं ४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोकेकी हुन् । अर्को गाउँको २० वर्षीय केटाले १४ […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आपसमा लडाउने काम नगर्न अनुरोध गरेका छन् । केन्द्रीय सदस्य थापाले अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति जुटाउने पहल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा समेत जोड दिएका छन् । ‘नेकपाका मूल नेता केपी शर्मा ओली र कमरेड पुष्पकमल […]
१८ साउन, काठमाडौं । गुल्मीकी सकुन्तला थापा मगर लकडाउन खुकुलो भएपछि गाउँबाट काठमाडौं फर्किइन् । करिब चार महिना गाउँ बसेकी उनलाई काठमाडौं फर्कने बितिक्कै पैसाको खाँचो पर्यो । लकडाउनमा कमाइ नभएकाले कसैले सरसापट दिएनन् । अन्ततः उनले छड्के तिलहरी बेचेर गर्जो टार्ने सोच बनाइन् । चार महिनाको घरभाडा अनि बच्चाको नयाँ किताब लिन स्कुलको ताकेताले […]
नेपाली सांगीतिक दुनियाँ अहिले भाइरलको पछि छ । भाइरल र उच्छृङ्खल शब्दले युटुबमा राम्रो भ्यूज त पाएका छन्, तर यी गीतले नेपाली सांगीतिक क्षेत्रलाई अगाडि बढाउन मद्दत भने गर्दैनन् । तर, कहिलेकाही केही यस्ता गीतहरु सिर्जना हुन्छन्, जसले मानिसलाई धेरै समय सोच्न वाध्य पारिदिन्छ । गायक प्रकाश सपुतले सार्वजनिक गरेको ‘बदला बरिलै’ बोलको गीत त्यसको […]
धनगढी : सुदूरपश्चिममा पनि लक्षणसहितका संक्रमित थपिने जोखिम बढेको छ। केही सातासम्म कोरोनाको दैनिक संक्रमण दर घटेकोमा फेरी संक्रमण दर बढेपछि लक्षणसहितका संक्रमित समेत थपिने जोखिम बढेको हो। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पूर्वी नेपाल जस्तै सुदूरपश्चिममा पनि लक्षणसहितका संक्रमित देखिने सम्भावना बढेको बताए। ‘पूर्वी नेपालमा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या […]
१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ, जसलाई जनस्वास्थ्य विज्ञहरुले सकारात्मक भनेका छन् । नयाँ मापदण्डअनुसार अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिनेछ । संक्रमितको सम्पर्कमा आएका तथा […]
लाजियोका स्ट्राइकर सिरो इमोबिलेले सर्वाधिक गोलकर्तालाई दिइने सिरिए ए को गोल्डन बुट र युरोपियन गोल्डन शु जित्न सफल भएका छन् । इमोबिलेले इटालीको शीर्ष लिगमा गोन्जालो हिग्वाइनले एकै सिजनमा सर्वाधिक ३६ गोल गरेको कीर्तिमान पनि बराबर गर्न सफल भएका छन् । नापोलीसँग ३–१ को पराजय ब्यहोर्ने क्रममा ३० वर्षीय खेलाडीले गोल गर्दै उक्त कीर्तिमान बराबरी […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको निर्णय अनुसार सोमवार रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले रक्षाबन्धन पर्वमा सर्वाजनिक बिदा दिने निर्णय यसअघि नै भईसकेको बताए। ‘२०७७ सालका सार्वजजिक बिदा सम्बन्धि सूचना समेत प्रदेश राजपत्रमा प्रकाशन भईसकेको […]
जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।आइतबारको मौसम पूर्वानुमान जारी गर्दै मौसम विज्ञान विभागले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको जानकारी दिएको छ । आइतबार दिउँसो दशैभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको […]
डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका-७ पोखरा खानेपानीको मोड नजिकै जिप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । डडेल्धुरा प्रहरीका अनुसार आइतबार बिहान करिब १ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १११५५ नम्बरको जिप दुर्घटना भएको हो । जिप अनियन्त्रित भई सडकभन्दा […]
काठमाडौँ । साढे १४ किलो चाँदी र आधाकिलो सुन प्रकरणमा प्रहरीले सुन तस्करीसँग कुनै साइनो नै नभएका व्यक्तिलाई मुद्धा चलाएको छ । उनी हुन्, भैरहवाका सन्दीप गुरुङ । मंगलबार (१३ साउन)मा सन्दीप ट्याक्सी चलाएर नागढुंगाको ओरालो झर्दै थिए । त्यहाँ तीनजना पुरुषले ट्याक्सी रोके । मनकामना जाने कुरा गरे । भैरहवाबाट बिरामीलाई काठमाडौं छाडेर फर्कंदै […]
सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो। चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नम्बरको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको टोलीले पीडित […]
चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परीवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका हुन् । नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफूहरुले […]
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको छ । हाल यो दल देशकै तेस्रो प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ । वैशाख १० गते मध्यरात दुई पार्टी बीच एकता भएको घोषणा भएको थियो । दुई पार्टीबीच एकीकरण भइ बनेको जसपा नेपालले निर्वाचन आयोगबाट […]
काठमाडौं- लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ। लकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिन (साउन ७–१७)को तुलना गर्दा संक्रमितको संख्यामा ०.८ प्रतिशतले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । लकडाउन खुल्नुअघिको ११ दिनमा ४७ हजार ८७७ नमुनाको पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २.८ […]
बाग्लुङ । गण्डकी प्रदेशको बाग्लुङस्थित कालीगण्डकी नदीमा संसारकै लामो झलुङ्गे पुल निर्माण गरिएको छ । बाग्लुङ र पर्वतको कुश्मा जोड्ने यो पुल ५ सय ६७ मिटर लामो छ । सिङ्गल स्पानको यो पुललाई संसारकै लामो दाबी गर्दै ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा दर्ता गराउने तयारी छ । विश्वकै लामो दाबी गरिएको यो पुलको आवश्यक […]
१७ धनगढी, साउन । क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए । एकै ठाउँबाट एकैसाथ आएका ६६ जनासहित १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए । […]
काठमाडौं । नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै गएको छ । यतिबेला काँग्रेसमा महाधिवेशनका लागि आन्तरिक राजनीतिको जोडघटाउ विवादको विषय बनेको छ । पार्टी सभापति शेरबादुर देउवा पक्ष नियुक्ति तथा मनोनयनमा केन्द्रित छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूह त्यसलाई रोक्न कस्सिएको छ । पौडेल समूहले केन्द्रीय विभागमा भइरहेको मनोनयन, पार्टी […]