होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २÷२ जनाको मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् […]
छााम : अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ मा बाढीले बगाउँदा थप एक जनाको शव फेला परेको छ। योसँगै बाढीमा बगेर मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। मङ्गलवार राति परेको अविरल वर्षाका कारण आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्वर ५ सैनिबजारबाट बगाएका १७ मध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह […]
१०१ वर्षको उमेरसम्म पनि शरीरमा स्फूर्ति थियो । कसैको सहाराविना हिँडुडुल गर्न सक्दैन’थे तर अनुहारमा कान्ति छाएकै हुन्थ्यो । १०० वर्ष पुगेपछि हरेक मान्छेको दोस्रो जीवन सुरु हुन्छ, भनिन्छ। उनको पनि नयाँ दाँत पलाएर नयाँ जीवनको संकेत गरिरहेको थियो । उनको १०१ औं जन्मदिनमा उनले झण्डै एक सातासम्म सुखले बस्न पाएनन् । उनलाई शुभकामना दिन […]
अछाम — बाढीले क्षति पुर्याएको अछामको रामारोशन गाउँपालिकामा बुधबार दिउँसो उद्धार टोली पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको हो । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली परिचालन हुन लागेको प्रजिअ उपाध्यायले बताएका छन् । घटनास्थलमा देखिएका तीन घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी […]
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ भएको दुःखद् निधनले स्तब्ध भएको बताएका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । राष्ट्रकवि घिमिरेलाई भौतिकरुपमा बिदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको उल्लेख गर्दैै उपराष्ट्रपतिले राष्ट्रकविले राष्ट्रलाई दिनुभएको […]
स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो। महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे। छोरीचेली माइत जाने सुरसारमा हुन्थे। गाउँशहरमा तीज मेला, उत्सव चल्थे। विद्यालय, सामाजिक सङ्घसंस्था, महिलाका सङ्गठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे। यसपालिको तीज पर्व खल्लो र निरस छ। दुई दिनअघिसम्म तीजको रमझम छैन। महिलाको स्वतन्त्रताको […]
काठमाडौँ — म्युजिक भिडियो बनाउन नेपालको राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगोल ग्याल्जी नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको […]
काठमाडौँ — संघीय संसदको लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले निर्माणकर्तालाई नै फिर्ता गरेको छ । फेरि निर्माण गरेर दिन भन्दै सचिवालयले लोगो फिर्ता गरेको हो । लोगोमा राखिएको सुन पुनः प्रयोगमा नआउने भएपछि त्यसको खर्च कसले बेहोर्ने भन्नेमा भने निर्माण गर्ने कार्यालय र संसद् सचिवालयबीच विवाद देखिएको छ । संघीय […]
३ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० ले पराजित गर्दै पिएसजीले फाइनलमा स्थान बनाएको हो । पिएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सकै लियोनबीचको दोस्रो […]
३ भदौ, कैलाली । अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका […]
चक्र बहादुर अएडी-बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका मा करेन्ट लाग्दा एक महिला घाईते भएकि छन । त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउ कि २८ बर्षिया शान्ति रावलको को मोवाईल चार्ज लगाउने क्रममा करेन्टलागेको उमेश विस्टले बताउनु भयो । अहिले उहाँको अछाममा रहेको बयालपाटामा उपचार भईरहेको छ । उहाँलाई हिजो राति नै बयालपाटा अस्पतालमा लिएको छ भने […]
बाजुरा — बाजुरा जिल्लाकाे गाैमुल गाउँपालिका वडा न १ मा पुगेर गृह मन्त्री राम बहादुर थापा लगायतकाे टाेलीले बाढि र पहिराे पिडितहरूलाइ राहत साम्रगी बितरण गरेकाे छ । लगातारको बर्षाका कारण बाजुराका बाढी पहिराे प्रभाबित क्षेत्रको अनुगनका साथै राहत साम्रगी ल्याएर बाजुरा पुगेका हुन । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली बाजुरा पुगेकाे […]
काठमाण्डौ – सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिम विश्लेषण गरेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रदान गरेको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जोखिमको विश्लेषण गरी सम्बन्धित जिल्लाभरि वा जिल्लाको कुनै भागमा मात्रै लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो । […]
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो। मृतकमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । नेपालमा […]
काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता […]
२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोमा उद्धार र राहतका लागि ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ । प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम पठाएको हो । कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, […]
काठमाडौं- पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना नियन्त्रणका लागि सरकारलाई सुझावसहित ध्यानाकर्षण पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन् । सरकारकै लापरबाही र अहंकारले अहिले कोरोना संक्रमण भयावह अवस्थामा पुगेको थापाले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ । यस्तो […]
काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १/१ जना रहेका छन् । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन […]
२ भदौ, काठमाडौं । गत फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै एउटा कहालीलाग्दो तथ्य उजागर गरेका थिए, ‘कुनै विकासे मन्त्रालयको ६६ प्रतिशत विकास बजेट बराबरको ठेक्का १८ वटा ठेकदारका हातमा छन् ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको अध्ययनले ऊर्जा मन्त्रालय बाहेकका भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालयका अधिकतम् मूल्यका ठेक्का […]
कर्णाली । बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ । तलिचौर गाउँका ७० घरधुरीका किसानले २० हेक्टर जमिनमा प्याज खेती गरे । प्रतिघरधुरीले करिब १० देखि १५ क्विन्टल प्याज फलाए […]