होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ । बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे गाउँपालिका–५ बस्ने २० वर्षीया गरी दुई युवतीको उद्धार गरेको हो । […]
एजेन्सी – धुम्रपानले स्वास्थ्यमा नराम्रो असर पुर्याउँछ । क्यान्सर, फोक्सोका विभिन्न रोगहरु, दम जस्ता समस्याहरु पैदा गर्छ । यसले शरीरमा गमभीर समस्या पैदा गर्छ । साथै, चुरोट पिउने बानीेले रोग प्रतिरोधात्मक क्षमतामा पनि ह्रास ल्याउँछ । त्यसैले धुम्रपान छोड्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर कसरी छोड्ने त ? धेरै जसो व्यक्तिहरुले धुम्रपानलाई दैनिक जीवनको […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले शुक्रबार राजधानीमा गरेको प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नारा लगाएका छन् । उनीहरुले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ‘असंवैधानिक कु’ गरेको आरोप लगाउँदै त्यसको खारेजीको माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र विरोधीको संज्ञा दिँदै उनको असंवैधानिक कदमका कारण जनताले दुःख पाएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि बैशाखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेसँगै सडकमा लागेका नारामध्ये एउटा हो– केपी तिम्रो पाराले, दुःख पाए साराले । यो नाराको सन्देश बहुआयामिक छ । यसले स्वयं प्रधानमन्त्री केपी शर्मा ओली र उनले पुनर्गठन गरेको नेकपा (ओली समूह) लाई पनि राम्रैसित सम्वोधन गरेको छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बेलुका ६ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री ओलीले चाँडै रिक्त […]
काठमाडौं । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ। आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनर्फत सबैभन्दा धेरै उजुरी परेको पाइएको […]
त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ। विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो । विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिए । […]
बीमा समितिले कोरोना बीमा गरेकामध्ये बिहीबारसम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । बीमा समितिले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल एक अर्ब ५० करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ। बीमा दाबी गर्नेमध्ये दुई हजार ६८६ जनाको फाइल स्वीकृति हुने प्रक्रियामा रहेको जनाइएको छ। आवश्यक […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चर्चा शुरु भएको छ । पछिल्लो पटक भारतबाट उच्चस्तरीय भ्रमण हुँदै गर्दा ओली पनि पछिल्लो समय दुई देशबीचको समस्या समाधानका लागि भारत भ्रमणमा जान चाहेको उच्च स्रोतले जनाएको छ । यसका लागि भित्रभित्रै छलफल सुरु भएको स्रोतको दावी छ । नेपाल–भारतको बीचमा देखिएको सीमा समस्याको बारेमा राजनीतिक रुपमा […]
९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३०औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेका हुन् । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकाबीच प्रमुख […]
९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत भएको विज्ञहरूले बताएका छन् । त्यसकारण अब ओली सरकारले दीर्घकालीन महत्वको कुनै पनि निर्णय लिन नपाउने उनीहरूको भनाइ छ । संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार ५ पुसदेखि […]
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहीबारको केन्द्रीय समिति बैठकको पृष्ठभूमि परिवर्तन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको पृष्ठभूमिमा सूर्य चिन्ह र हँसिया हथौडा अंकित ब्यानर राखिएको छ । यसअघि मंगलबार बसेको ओली पक्षको बैठकमा हँसिया हथौडा भएको झण्डामात्रै राखेको ओली समूहले बिहीबारको बैठकमा सूर्य चिन्हसमेत राखेको हो । बिहीबारकै बैठकमा पूर्वमाओवादी पक्षका […]
काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएकाे सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विराेध प्रदर्शन घाेषणा गरिएकाे उनकाे भनाइ छ। काँग्रेस वरिष्ठ […]
नागरिक रैबार/बाजुरा ९ पुस। बडीमालिका नगरपालिका वडा नं. ९ बृद्धवृद्धालाई चिसो छल्न कम्बल वितरण गरिएको छ । बाजुरा ईसाइ समाजको सहयोग तथा बडीमालिका ९ को समन्वयमा वडाका ६० जना वृद्धवृद्धालाई कम्बल वितरण गरिएको हो । जाडो याम सुरु भएसंगै वृद्धवृद्धालाई चिसोबाट बचाउँन न्यानो लुगा स्वरुप कम्बल वितरण गरिएको बाजुरा इसाई समाजका प्रविन कुमारले बताएका छन् […]
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधवसमूहको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ । बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको नेता भीम आचार्यले जानकारी दिए । ‘नयाँ सरकार बनाउन सकिन्छ, संसद ज्युँदै छ […]
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो । बिहीबारको बैठकमा यसअघि केपी समूहमा रहेको भनिएका शेरबहादुर तामाङ र उषाकला राई पनि सहभागी भएका छन् । केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत […]
कैलाली ९ पुस। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो । बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । उनको घटनास्थलमै […]
नागरिक रैबार/बाजुरा ८ पुस। जिल्लाको गौमूल गाउँपालिकाले बाजुरामै पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । जनतालाइ स्थानीय सरकारको सेवालाइ थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले गाउँपालिकामा पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाले प्रदान गर्ने सेवा–सुविधा एवं पालिका अन्तर्गतका शाखाका आधिकारिक व्यक्तिको जानकारी लिन सकिने […]
काठमाडौं ,–नेकपा विवाद र विभाजनमा अहिलेसम्म तटस्थ बसेका गृहमन्त्री राबहादुर थापा बादल अब भने खुल्ने भएका छन् । बादलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाउँदै पदबाट राजीनामा दिने भएका छन् । बादलले मंगलबार भैंसेपाटी पुगेर नेता वामदेव गौबतमसँग भेटेका थिए । लगत्तै बादललाई भेट्न प्रचण्ड मन्त्री निवास पुलचोक पुगे । त्यस क्रममा […]
काठमाडौं। संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइमा सरकारको निर्णयविरुद्ध कुनै अन्तरिम आदेश दिन अस्वीकार गरेलगत्तै प्रधानन्यायाधीश चालेन्द्रसमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मञ्च साझा गरेका छन् । सुनुवाइका क्रममा सबै मुद्दाको शुक्रबार संवैधानिक इजलासमा पेशी तोकेर प्रधानन्यायाधीश महान्यायाधीवक्ताको कार्यालयको भवन उद्घाटन कार्यक्रममा गएका थिए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाले […]