होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ । प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य […]
धनगढी,१४ चैत्र –नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला भेला धनगढीमा सुरु भएको छ । ‘कार्यक्रम सुरु हुनु पूर्व अत्तरियाबाट धनगढीसम्म मोटरसाइकल ¥याली निकालिएको थियो । भेलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट,राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेत,नेता बचन बहादुर सिंह लगायतकाले सम्बोधन गर्ने कार्यक्रम छ । बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा […]
बैतडीका स्थानीय तहमा सञ्चालन हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगन भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीय तहले उक्त प्रतियोगिता अनिश्चितकालका लागि स्थगन भएको जनाएका छन् । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाले सूचना जारी गर्दै उक्त प्रतियोगिता स्थगन भएको जनाएका हुन् । जिल्लास्तरीय विपद् व्यवस्थापन […]
खोटाङ,१४ चैत । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई पूरा भिडियो हेर्नको लागि अन्तिम फाइलमा राखिएको छ ! हेरेर प्रतिक्रिया दिनु होला स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अव स्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा […]
दुबईका एक बडी बिल्डरमाथि एक भयानक दुर्घटना भएको छ । रायन क्रोली नामका यी बडी बिल्डर जिममा बेन्च प्रेस व्यायाम गरिरहेका थिए । रायनले असाध्यै भारी तौल उठाएका थिए जसका कारण उनको नियन्त्रण गुम्यो र उनको दाहिने हातको मांसपेशी फुट्यो र उनलाई भर्ना गर्नुपर्यो । रायनका ट्रेनर पनि उनीसँगै थिए । रायनको टाउकोमा मेसिन नखसोस् […]
१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै […]
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिन सक्ने भन्दै यस पटकको होली सजगताका साथ मनाउन आग्रह गरेको छ । काठमाडौंको इन्द्रचोकमा बिक्रीका लागि राखिएका होलीलाई लक्षित गरी तयार टिसर्ट ।मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले होलीमा हुल र ठूला जमघटबाट टाढा रहन अनुरोध गरेको हो । स्वाथ्य मन्त्रालयले भनेको […]
काठमाडौं । नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो । यस्तै, १७ एकदिन देशभरका पार्टी […]
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैतमा सहमति भएको […]
१४ चैत, सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई […]
१४ चैत, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वडाध्यक्ष चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘घाटीमा मासु अड्केर बेहोस […]
१४ चैत, काठमाडौं । सुख्खायाम शुरु भएसँगै महोत्तरीका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण)का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जंगलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले […]
१४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । कालीमाटीस्थित एक ब्यांक्वैटमा बैठक चलिरहेको छ । यो समूहको बैठक हिजो पनि बसेको थियो । केही घण्टा चलेर हिजो सकिएको बैठक आज पनि बसिरहेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले […]
काठमाडौं । एमाले संसदीय दलको बैठकमा अन्ततः नेपाल–खनाल पक्षका सांसद सहभागी भएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा हुने बैठकमा नजाने अडान राख्दै आएकामा शुक्रबार नेपाल र भीम रावलबाहेकले उपस्थिति जनाएका हुन्। उनीहरूले पार्टीलाई पूर्ववत् अवस्थामा लगेर एकता कायम राख्नुपर्ने सुझाव दिएका थिए। तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि निर्णयबाट […]
नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व. जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्टीको […]
विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षका प्रायः सबै सांसद उपस्थित भएपछि एमालेमा देखिएको विवाद बिस्तारै मत्थर हुने अवस्थामा पुगेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका […]
नागरिक रैबार बाजुरा १३ चैत । जिल्ला प्रशासन कार्यालय बाजुराले विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी निशेधाज्ञा जारी गरीएको छ । नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त भएको पत्र अनुसार शुक्रबार राती १२ बजेबाट सुरु हुने गरी निशेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको हस्ताक्षेरित सार्वजनिक सूचना जारी […]
काठमाडौं । काठमाडौं उपत्यकाको आकाशलाई शुक्रबार दिउँसोदेखि तुवाँलोले ढाकेको छ । उपत्यकाको चारैतिर रहेका जंगलमा डढेलो लागेका कारण आकाशमा यसरी धुवाँको तुवाँलो देखिएको हुनसक्ने डढेलो विज्ञ एवं नेपाल सरकारका उपसचिव सुन्दर शर्मा बताउँछन् । शर्माका अनुसार काठमाडौं उपत्यकाका चारैतिर जंगलमा डढेलो लागेको छ । शुक्रबार काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो सोही डढेलोका कारण निस्किएको धुवाँले […]
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा ११ संगठन बीच गठबन्धन गर्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार ११ संगठनबीच भएको बैठकबाट गठनबन्धन गर्ने निर्णय भएको हो । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा […]
काठमाडौं, १३ चैत । उपत्यकामा कोभिड–१९ को जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने भएको छ । अघिल्लो वर्षजसरी नै सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच छलफल […]