होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पाल्पामा गएराति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाल्पा तिनाउँ गा.पा. १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्दा सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको मृत्यु भएको छ । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको बुझिएको छ । पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार […]
आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ । शनिवार काठमाडौंका सडकमा अनुगमन […]
सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ । शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा […]
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले […]
कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए। जिल्ला प्रहरी कार्यालयको […]
कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा. प्रदीप केसी जोड दिन्छन् । […]
आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाइएको संसद बैठकको नतिजा के होला ? चासो बढेको छ । आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन जना सांसदलाई हतारमा मन्त्री बनाएर सुरक्षित […]
बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम […]
एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ। उनमा संक्रमण पुष्टि भएको उनीनिकट स्रोतले जानकारी दिएको छ। कोरोना पोजेटिभ आएपछि थप उपचारको उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
डोटी– पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ । औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय […]
बाजुरा १८ बैशाख । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या ३८ पुगेको छ । आज थप २ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बुढिगंगा नगरपालिकामा १ र गौमुल गाउँपालिकामा १ गरी दुई जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन । जिल्लाका बडिमालिका […]
बैतडी: नयाँ भरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन्। सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुस्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुस्टि भएको छ। यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य […]
नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनुभएको छ । उनले कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको पनि बताए । सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको पछि सक्दिनँ भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाई छ । सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान […]
सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन्। इनरुवा नगरपालिका–३ का एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिए। गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा […]
१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । उक्त रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिइन् । त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार […]
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । तराई क्षेत्रमा भने सामान्य […]
१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहँदा प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएका थिए । […]
काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसिएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल फ्री नं […]
धनगढी— कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिए । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।