होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- सत्तारुढ नेकपा एमालेमा चुलिएको शक्तिसंघर्ष अन्ततः उत्कर्षमा पुग्ने भएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको यो संघर्षले अब निश्चित बिग्रहको बाटो समातेको छ। नेपालपक्षका २३ जना प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन उनीहरुले यो कदम चालेका हुन्। प्रधानमन्त्री ओलीले […]
नागरिक रैबार/ बाजुरा २५ बैशाख। बडीमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट निधन भएको छ । शनिबार काेराेना संकर्मण पछि बिकलाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि डडेलधुरा रिफर गरिएको थियो । अध्यक्ष बिकलाई थप उपचारका लागि डडेलधुरा लिने क्रममा अछामकाे साँफेबगरमा निधन भएकाे अाफन्त सन्ताेष विकले बताएका छन् […]
पत्रकार दिनेश दाहालको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले दाहालको निधन भएको पुष्टि गरेका हुन् । स्वर्गीय दाहाल एनटीएका उपाध्यक्ष समेत हुन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए । गोकर्णेश्वर दक्षिण ढोका निवासी ४० वर्षीय स्व. दाहाल जनप्रहारका पूर्व सम्पादक थिए । नेपाल […]
२५ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण […]
२५ बैशाख , बाजुरा । बाजुरा बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकलाई डडेलधुरा रिफर गरिएको छ । अध्यक्ष बिकलाई कोरोना देखीएको र जिल्लामा उपचार सम्भव नभएपछि डडेलधुरा रिफर गरिएको हो । उनलाई अक्सीजन सहित भ्यानीलेटरको आबस्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएको अबस्थामा अध्यक्ष बिकलाई रिफर गरिएको जिल्ला अस्पतालले […]
२५ वैशाख, धनगढी । कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ […]
प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार संक्रमितमा १९ सांसदबाहेक संसद सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत रहेका छन् । प्रतिनिधिसभाको बैठक वैशाख २७ गते बस्ने लागेकाले वैशाख २३ र २४ गते २०५ जना सांसदसहित १२३५ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १६० जनामा संक्रमण पुष्टि भएको […]
२५ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो । नेशनल मेडिकलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–२ का उनको शनिबार बिहान ११:५ बजे मृत्यु भएको […]
२५ वैशाख, काठमाडौं । कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ […]
चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका छन् । उनलाई यही वैशाख […]
२५ वैशाख, डोटी । डोटी जिल्ला अस्पतालमा उपचाररत एक जना संक्रमितको शुक्रबार निधन भयो । सप्तरी जिल्ला घर भई रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलमा इन्जिनियर पदमा कार्यरत ३३ वर्षीय ती युवकमा २० गते कोरोना संक्रमण देखिएको थियो । उनलाई स्वास्थ्य समस्या भएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा अक्सिजन दिँदादिँदै अवस्था बिग्रिएपछि […]
२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले भाग नलिने भएको छ । सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको भन्दै उनले बैठकमा भाग नलिने जनाएका छन् । ‘नेपाली कांग्रेस […]
काठमाडौं । नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ । नेपाली काँग्रेस नुवाकोट, सुनसरी र रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणको लागि दिने घोषणा गरेका हुन् । जिल्ला सभापति समेत रहेका राजीव कोइरालाले इनरुवास्थित पार्टी कार्यालयको भवनलाई नगरपालिकाले आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सक्ने गरी इजाजत दिएको […]
पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप […]
बुटवल । कोरोना संक्रमणको दोस्रो लहरले मुलुकलाई नराम्ररी प्रभावित तुल्याउँदै गएको छ । अस्पतालहरू भरिभराउ हुन थालेका छन् भने गम्भीर प्रकृतिका संक्रमितहरुका लागि स्वास्थ्योपचारको प्रवन्ध गर्न निकै सकस हुन थालेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतम कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएका कारण देशको स्वास्थ्य प्रणाली नै चर्मराउने अवस्थामा पुगेको बताउँछन् […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन […]
२३, वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर गएको छ । राजधानी धनगढीका साथै कञ्चनपुरको महेन्द्रनगरसहितका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न […]
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ५८ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । दिनहुँ संक्रमणको दर बढ्दै जाँदा अवस्था भयावह बन्दै गएको […]
२३ वैशाख, बाजुरा । कोरनाको महामारीका बेला सबैले सजकता र सुरक्षित बस्नका लागि जारी गरिएको निषेधाज्ञामा मदिरा खाएर हो हल्ला गर्दै नियमको उल्लङघन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम मार्तडीमा रहेको बजारमा मदिरा सेवन गरी हो हल्ला र नियमको उल्लङघन गर्दै आएका चार जनालाई पक्राउ गरी उनीहरुलाई प्रशासनमा जरिवाना तिराए छोडेको जिल्ला […]
२२ वैशाख, काठमाडौं । होम आइसोलेसनमा रहेका काठमाडौंको चावहिल चुच्चेपाटीका विकास लामालाई आफ्नो लापरवाहीप्रति निकै ग्लानि भइरहेको छ । स्नातक चौथो सेमेष्टरका विद्यार्थी उनी साथीको दिदीको विवाहमा जाँदा कोरोना संक्रमित भए । विवाहमा सहभागी भएको एक हप्तामा कन्ट्रयाक्ट ट्रेसिङमा परेर स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । विकासलाई आमा र अरुले पनि यस्तो महामारीमा विवाहमा […]