होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् । ‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन […]
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी दिए । आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आगामी आगामी वैशाख १० गते चितवन […]
काठमाडौं । एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले […]
काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक […]
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो ।उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ । सरकारले […]
काठमाडौँ । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको बडीमालिका नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्वामित्वमा रहेको जग्गामा अवैधानिक रुपमा निर्माण गरिएका घर टहरा हटाउन व्यापारीहरुलाई निर्देशन दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनिको खाली जग्गामा एकिकृत कृषि बजार सहितको कोल्ड स्टोर संचालन गर्ने भएकोले अवैधानिक रुपमा बनाईएका घरटहराहरु हटाउन व्यापारीहरुलाई २ दिनको समय दिएको बडीमालिका नगरपालिकाका […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए । उनले अब सरकारको ध्यान […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको कोल्टीबाट खाद्यन्न सामाग्री लिएर हुम्लाको सरिसल्ला जादै गरेको मिनिट्रक हिमाली गाउँपालिका ४ को तिथिचौरमा दुर्घटना भएको छ । कोल्टीबाट खाद्यन्न सामाग्री लिएर हुम्लाको सरिसल्ला जादै गरेको सु.प.प्र. ०१००१ ख २४९४ नम्बरको मिनीट्रक दुर्घटना भएको कणर्ाली करिडोर सडक निर्माणका लागि तिथिचौरमा रहेको नेपाली सेनाले बताएको छ । मिनिट्रक दुर्घटनापछि तिथिचौरमा रहेको […]
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ […]
पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुन: मतगणना गर्न आदेश दिएको छ । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन […]
भिडियो हेर्नुस :
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले संघीय शिक्षा ऐन ल्याउन ढिलो गर्न नहुने बताएका छन्। २०२८ सालकै शिक्षा ऐनलाई टालटुल गरि चलायरहेको बताउँदै उनले संघीय शिक्षा ऐन अबिलम्व ल्याउनुको विकल्प नरहेको बताए। मंगलबार सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सांसद पाण्डेले २०२८ सालमा बनेको शिक्षा नीतिलाई पटकपटक संशोधन गरेर चलाइरहेको […]
काठमाडौँ- मधेश प्रदेश सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् ।मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुघनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले मंगलबार राजीनामा दिएका हुन् […]
नागरिक रैबार/बाजुरा २१ चैत। बाजुराको बुढीगंगा नगरपालिका २ को वडा कार्यालयले पलाष्टीकजन्य सामाग्री आफै संकलन गर्ने निर्णय गरेको छ । पलाष्टीकजन्य सामाग्रीले कृषि उत्पादन देखि वातावरण समेत प्रदुषण गर्ने भएकोले व्यवस्थीत गर्न वडा कार्यालयले आफै संकलन गर्ने लागेको वडा अध्यक्ष पदम भण्डारीले बताएका छन् । खेती योग्य जमिनमा पर्ने असर र वातावरणीय प्रदुषण घटाउन पलाष्टीकको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचीमा चढाइएको थियो । रवि लामिछानेविरुद्ध राहदानी […]
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी […]
काठमाडौँ । माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्। द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गरिने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘माओवादी धाराको यसअघिकै कार्यक्रमको निरन्तरता स्वरूप चैत २७ गते अन्तर्क्रिया […]
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए […]