होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ ।नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।
टिकटकमा एउटा बालक ‘ममी जाने..ममी जाने’ भन्दै डाँको छोडेर रुँदै गरेको भिडियो अहिले निकै भाइरल छ । भिडियोमा तुरुन्तै मिसले ल अब हाँसीदेउ भन्दा बालक आँखाभरी आँसु छचल्काउँदै मुस्कुराउन बल गर्छ । खासमा उ स्कुलमा आमा सम्झेर रुन खोजेको छ, तर भिडियो खिचेर उसलाई रुनबाट रोकिएको छ । र, बच्चाले आफ्नो निर्दोष भावना व्यक्त गर्दै […]
परासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् । यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका प्रमुख एसपी ऋषिराम कँडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार यादवको साथबाट […]
मुगु । जिल्लाको खत्याड गाउपालिका–४ पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । मंगलबार बिहान भएको आगलागीबाट खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले नष्ट भएको गाउँलेले बताएका छन् । आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । […]
काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । स्थानीय श्रीहरि ढकालले दिएको जानकारी अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ । यसक्रममा प्रहरीले […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो । बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा […]
गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने निर्णय निर्वाचन आयोगले गर्ने बताएका छन्। मंगलबार संसदमा उक्त निर्णयको विषय सरकारको नभएको बताउँदै उनले आयोगले गर्ने निर्णयमा सहयोग गर्ने दायित्व सरकारको भएको बताएका हुन्। त्यसको मतणना गर्ने कि त्यहाँ पुनः मतदान गर्ने सरकारले भन्दा पनि निर्वाचन आयोगले नै निर्णय गर्ने हो। […]
काठमाडौं । बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडी रोकिएपछि अन्ततः काठमाडौं महानगरपालिकाले बल प्रयोग गर्ने निर्णय गरेको छ । फोहोर फाल्ने समहति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारीलाई ठाउँ-ठाउँमा रोकेका छन् । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिइसकेको छ । ‘दिउँसोसम्म प्रहरीले अवरोध हटाउँछ, […]
सप्तरी । सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफलेले जानकारी दिए । दुर्घटनामा […]
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । रिलिज हुन दुई साता बाँकी रहँदा फिल्म सेन्सर पास भएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै ‘चिसो मान्छे’लाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन् । फिल्मबारे सेन्सर बोर्डका कर्मचारीबाट प्रातिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक खनालले बताए । आगामी असार ३ गतेबाट […]
एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् ।बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले आजै यस घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण […]
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामाको माग उठेको छ । निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको जिकीर गर्दै एमाले सांसद लालबहादुर थापाले राजीनामा मागेका हुन् । बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित […]
काठमाडौं । सरकारले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्कारबारे प्रश्न उठाएका थिए । त्यसको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले घटनामा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने बताए । घटनामा १६÷१७ वर्षका […]
अछाम‚ काठमाडौं‚ वीरेन्द्रनगर — मुगुको छायानाथ रारा नगरपालिकाकी २२ वर्षीया मैनसरा विकले १८ वर्षको उमेरमा विवाह गरिन् । ६ महिनापछि गर्भ रह्यो । न उनले स्वास्थ्यको ख्याल गरिन् न परिवारले नै चासो दिए । सामान्य अवस्थामा जस्तै उनले आफूले सक्नेजति काम गरिरहिन् । अन्ततः उनको बच्चा ३ महिनामै खेर गयो । त्यति हुँदाहुँदै पनि मैनसराको शरीरले पोसिलो आहारा पाएन । त्यसपछिका […]
सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीय बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । उनी नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा हजुरआमासँगै गएकी थिइन् । उनी त्यहीबाट वेपत्ता भएकी थिइन् । आफन्तले सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म नफर्केपछि […]
बाजुरा । मंगलबार विभिन्न कार्यक्रम गरेर विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । तर बाजुराको अतिविपन्न दलित समुदायको बसोबास रहेको मुक्तिकोट गाउँका बासिन्दाले खानै नपाएर कुपोषणको अवस्था झन्झन् भयावह हुँदै गइरहेको छ । बाजुराको कुपोषणग्रस्त मुक्तिकोट गाउँका बासिन्दाका लागि वितरण गरिएको चामल लिन आएका स्थानीय । डेढ महिना अघिसम्म कडा कुपोषित बालबालिकाको संख्या १६ रहेको […]
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीले विद्यार्थी विशेष जिल्ला कमिटी निर्माण गरेको छ ।समाजवादीले अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विशेष जिल्ला कमिटी गठन गरेको हो । कमिटीको सदस्यहरूमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री वि.सी., अनु आँकुरा, प्रदीप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, […]
काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासको नवनिर्मित आवासीय भवनको इन्टेरियर (भित्रीभाग)को साजसज्जाको काम गर्न ठेक्का लागेको छ । आवासीय भवनको सार्वजनिक भवन (पब्लिक ब्लक) तर्फको भागको इन्टेरियर निर्माणका लागि ठेक्का लागेको हो । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ३ करोड ७५ लाख १४ हजार ३८५ रुपैयाँमा ठेक्का लगाएको […]
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् […]
मन्त्रिपरिषद्मा हेरफेरको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीमा विवाद सिर्जना भएको छ । मन्त्री हेरफेर गर्ने निर्णयलाई गठबन्धनले तत्काल कार्यान्वयन गर्न नसकिने बताएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रबाट चर्को आलोचना खेपिरहेका छन् । त्यसो त अध्यक्ष नेपाल आइतबार पार्टी सचिवालयले गरेको निर्णय तत्काल सार्वजनिक गर्ने पक्षमा थिएनन् । गठबन्धनका दलहरूसँग परामर्श नभएकाले मन्त्री हेरफेरबारेको […]