होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर महिनामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । सोमबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धन र प्रमुख प्रतिपक्षसँगको छलफलका क्रममा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए । ‘हामीले गठबन्धनभित्र कुरा गर्दा संसदीय निर्वाचन आगामी मंसिरको पहिलो […]
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मर्जरको समझदारीबारे जानकारी गराउँदै सोमबार कारोबार रोक्का गर्न पत्र लेखेका थिए । दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्ने/गाभिनेबारे प्रारम्भिक समझदारी भएको […]
काठमाडौं । सेयर बजार कारोबार अब ६ दिन सन्चालन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिए । उनका अनुसार […]
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको नियमित कार्यक्रम स्थगन गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गरेको छ । सोमबार एमालेका १५ जना सांसदले हस्ताक्षर गरेर अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदमा पेश गर्दै उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् । उक्त छलफलका लागि संसद बैठकको कार्यक्रम स्थगित गर्न समेत […]
धनगढी: धनगढीको निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन्। आवश्यक पद संख्या भन्दा बढी उम्मेदवारी नरहेपछि सबै पदाधिकारीसहित सबै सदस्यहरु निर्विरोध चयन भएका बताइएको छ। सहकारीको अध्यक्षमा हरिप्रसाद भट्ट, उपाध्यक्षमा गोविन्दराज भट्ट, सचिवमा आदावा शेर्पा र कोषाध्यक्षमा छपेन्द्र कडाल चयन भएका छन्।
धनगढी : कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि मतदान जारी छ। बिहान साढे ७ बजेदेखि मतदान दिउँसो १ बजे सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलबीच तालमेल भएको छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन्। समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट […]
धनगढी : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने जनाएको छ। पूर्वी नेपालबाट भित्रिएको मनसुन अहिले मधेस प्रदेश हुँदै गण्डकी प्रदेशसम्म फैलिएको महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार देशव्यापी रूपमा मनसुन सक्रिय हुन अझै केही दिन लाग्नेछ। सुदूरपश्चिम प्रदेशमा पनि अझै मनसुन सक्रिय भएको छैन। अत्यधिक गर्मी […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगर सभा असार ५ गते हुने भएको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले २०७९ को स्थानीय तहको निर्वाचनपछि पहिलोपटक नगरसभा बोलाउने निर्णय गरेको हो । कार्यपालिका बैठकले नगरसभाको बैठक आह्वान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठनलगायतको निर्णय गरेको छ । आजै समिति र संयोजकको वैठक आइतबार विहानको कार्यपालिका […]
काठमाडौ– गत बैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा निर्वाचन सम्पन्न भयो। त्यसमध्ये ७५२ स्थानको नजिता सार्वजनिक भएको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने मतदान सम्पन्न भएपछि मतगणना नै भएन। उक्त नगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवै पार्टीले बूथ कब्जा गरेर मृत्यु भइसकेका व्यक्तिको नाममा पनि मतदान गरेको पाइएपछि आयोगले […]
गायिका इन्दिरा जोशीले बिहे गर्ने भएकी छन्। उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते विवाह गर्न लागेकी हुन्। गायिका जोशीले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी दिएकी हुन्। ‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह गर्ने निर्णय गरेका छौं। यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु। यस्तै प्रेम र […]
काठमाडौं: चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगो भएको छ। नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको हो। संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो। तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको संघकी तथ्यांक अधिकृत ज्योती थापाले […]
धनगढी: कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ। जिल्ला समन्वय समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले अध्यक्ष उपाध्यायलाई मतदानमा सहभागी नगराउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिएका हुन्। उनले उपाध्याय विशेष अदालतको फरार सूचीमा रहेकाले उनलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन गरेका छन्। नवनिर्वाचित […]
नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड युनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका पदाधिकारीहरूलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले केन्द्रको पाँचौं श्रम […]
नुवाकोटको ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडेका पुरुषको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । शनिवार ८ घण्टापछि नेपाली सेनाका उद्धारकर्ताहरूले बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षीय माइला बिकलाई हाइटेन्सनबाट उद्धार गरेका थिए । उद्धारपछि बिकलाई उपचारका लागि लगनखेलस्थित मानसिक अस्पतालमा पठाउन खोजिएको तर, परिवारले नमानेको नुवाकोटका एसपी रामप्रकाश शाहले रातोपाटीलाई बताए । ‘कुरुवा […]
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताए । युवा उद्यमशीलता तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक श्रोतको उच्चतम प्रयोग, विदेशमा सिकेको […]
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले असार दोस्रो सातासम्म नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई पूर्णता दिने बताएका छन् । सभापति देउवाले नेविसंघका सभापति दुजाङ शेर्पालाई केही दिनभित्रै समितिलाई पूर्णता दिने तयारीमा रहेको सुनाएका हुन् । शेर्पाले सभापति देउवासँग नेविसंघ गतिविधि , केन्द्रीय समिति विस्तार, ३ त्रिविको तालाबन्दी खुल्ला, संस्कृत विश्वविद्यालय, नेविसंघ सदस्यता वितरण र १२ औँ अधिवेशन […]
प्रतिनिधिसभा सदस्य सांसद डा। डिला संग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छन्। आइतबार स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि भएको छलफलमा भाग लिँदै सांसद संग्रौलाले अहिले नेपालमा झन्डै २० वटा निजी स्वास्थ्य बीमा कम्पनीहरु तथा ३५० भन्दा बढी निजी अस्पतालहरू रहेको बताइन् । ‘निजी बीमा कम्पनीहरुले मुनाफामा मात्रै आँखा लगाइ रहेका हुन्छन, प्रिमियम […]
मुगु । जिल्ला समन्वय समितिमा एकल बहुमत पुग्ने भए पनि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई पनि समावेश गरेको छ । काग्रेसले प्रमुख, उपप्रमुख र ५ सदस्य लिएको छ । यस्तै माओवादी र एकीकृत समाजवादीले एक-एक सदस्य पाएका छन् । ४ स्थानीय तह रहेको मुगुमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित ५ […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आईएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको २२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए । ‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण […]
काठमाडौं । ग्रासरुट देखि नै क्रिकेटको विकासका लागि सहयोग गर्न गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सकारात्मक देखिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का वृतान्त खनालले मेयर बालेनलाई भेट गर्दै नेपाली क्रिकेटलाई ग्रास रुटदेखि नै विकास गर्नुपर्ने विषयमा जानकारी गराएका थिए । खेलकुद रुची राख्ने मेयर बालेन पनि क्यानमा प्रस्तावमा सकारात्मक देखिएको र […]