होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भनेका छन्, ‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन । नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।’ नेपाल कुनै पनि […]
काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता […]
बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन् । नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले निकालेका थिए । एक साता अगाडि एकजना पुरुष […]
राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जग्गा धितो राखेर ऋण नपाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । यो व्यवस्थाले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई समस्या आइपरेकाले मालपोतले जग्गा धितो राख्ने स्थिति बनाउन सरकारसँग माग गरे । उनले मलको अभाव, पाठ्यपुस्तकको अभाव र औषधिको अभाव भएकाले सबैको व्यवस्था गर्न पनि माग गरे । अर्की सदस्य तुलसाकुमारी […]
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टिकरण सोध्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताइन् । ‘हिजो दूतावासले पत्रकार सम्मेलन गरेर एसपीपी भइसकेको छ । अब केही गरिरहनु पर्दै भन्यो । दूतावासको सो भनाइलाई खण्डन गर्दै नेपाली […]
काठमाडौं । माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य नारायणकाजीे श्रेष्ठले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपालले नगरेको भए अमेरिकालाई पत्र लेखेर प्रतिवाद गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्ने क्रममा नेता श्रेष्ठले सम्झौता नगरिएको सरकारको दाबी हो भने अमेरिकालाई औपचारिक रुपमा पत्र लेखेर विरोध गर्नसक्नु पर्ने बताए । ‘हामीले सम्झौता गरेका छैनौं भनेर पत्र लेख्न […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन […]
काठमाडौं: चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन्। आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन्। बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन्। उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन्।
धनगढी: धनगढीको सारथी अस्पतालले पत्रकारलाई निःशुल्क चेकजाँच गर्ने भएको छ। अस्पतालले कैलालीका पत्रकारलाई ओपिडी चेकजाँच पूर्ण रुपमा निःशुल्क र अन्य सेवामा २० प्रतिशत छुटमा सेवा दिने भएको हो। नेपाल प्रेस युनियन कैलाली र सारथी अस्पताल प्रालिबीच भएको सम्झौता अनुसार कैलालीमा कार्यरत पत्रकारका परिवारका चार जना सदस्यलाई समेत ओपिडी चेकजाँच पूर्ण रुपमा निःशुल्क र अन्य सेवामा […]
कैलाली: कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बुधबार जानकी गाउँपालिका २२ वर्षीय हरि शंकर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको कैलाली […]
काठमाडौं । बुधबार सातै वटा प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नयाँ बजेट सार्वजनिक गरे । बजेटले उत्पादन र आत्मनिर्भर कृषिमा जोड दिए पनि अधिकांश कार्यक्रम भने वितरणमुखी छन् । प्रदेश बजेटको कृषि विकासका प्राथमिकताहरुमा मल बिउको उपलब्धता, उन्नत बिउ र सिंचाइको व्यवस्था, उत्पादनको बजारीकरण, बजार पूर्वाधार विकास र कृषि लगानीमा ब्याज अनुदानमा सरकारले […]
काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ । खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको उनले बताए । ‘यहाँ त […]
नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् । बिहीबार काठमाडौमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका रावलले भने, ‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ । नेपालको संविधान मिचिन्छ । नेपालको […]
राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोपेर आठौँ चुरे दिवस मनाउन लागेको छ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिन असार २ गतेलाई नै प्रत्येक वर्ष चुरे दिवसका रूपमा मनाउने क्रममा आज आठौँ चुरे दिवस मनाइँदैछ । वृक्षरोपण अभियानको शुभारम्भ आज राष्ट्रपति […]
इन्जिनियरिङ पढ्ने एक विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला परेका छन् । थापाथली इन्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवाल सोमबार मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतलामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि निर्माणाधिन घरको छतबाट खसेको उनको मृत्यु भएको आशंका […]
तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुने चालक तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय रामबहादुर दमाई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको हो । मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको […]
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कुष्ठरोगका बिरामीको उपचार गर्न सुरु गरेको छ । अस्पतालले एक साता अघिदेखि कुष्ठरोगीको उपचार सुरु गरेको हो । एक सातामा १० जना बिरामीले उपचारपछि औषधि सेवन गरिहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । कुष्ठरोग उपचारका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्र स्थापना गरेर सेवा दिन सुरु […]
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री देउवाले रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोगको कार्यलयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदको विद्युत माग धान्न भारतबाट आयात गरेको भन्दा भारतमा अहिले बेचिरहेको विद्युतको दर महंगो रहेको पाइएको छ । प्राधिकरणले हिउँदमा आयात गरेको विद्युतको प्रतियुनिट औसत दर प्रतियुनिट ९ रुपैयाँ ७ पैसा छ । प्राधिकरणले अहिलेसम्म भारत निर्यात गरेको विद्युत्को प्रतियुनिट औसत दर ११ रुपैँया ३८ पैसा रहेको छ […]