होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वत: रद्द भएका सवारी चालकको […]
काठमाडौं, ७ असार । राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् । आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ गैरजिम्मेवारपूर्ण रहेको बताएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले मन्त्री बडूको जवाफ ‘नालायक’ र ‘गैरजिम्मेवार’ भएको बताएकी हुन् । ‘मूल्यवृद्धिबारे संसदमा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले दिएको जवाफ नालायक र गैरजिम्मेवार भएको बताउँछु […]
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् । ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ आफूलाई […]
रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् । उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन् ।
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले हङकङलाई ११० रनको लक्ष्य पेस गरेको छ । मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाएकी छन् । नेपालका लागि ओपनिङमा आएकी सीता राना मगर ९ रनमा रनआउट भइन् […]
काठमाडौँ — शिक्षा सचिव यादवप्रसाद कोइरालाले संविधानले नै व्यवस्था गरेको माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिन नहुने धारणा राखेका छन् । मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले संघीय शिक्षा ऐनको विषयमा गरेको छलफलमा कक्षा १२ सम्मको नियमन र अनुगमन गर्न स्थानीय तह सक्षम नरहेको बताए । समयमा नै शिक्षा ऐन जारी हुन नसक्नुको प्रमुख कारणमध्ये […]
चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरेका हुन् । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । […]
सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् । लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा […]
नागरिक रैबार/बाजुरा ७ असार । बाजुरा जिल्लामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा सदरमुकाम मार्तडीमा योग दिवस मनाइएको आयुर्वेद स्वास्थ्य केन्द्रकी कर्मचारी नर्मदा कुवरले बताएकि छन् । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतमा सदरमुकाम मार्तडी योग दिवस मनाइएको हो । मानवताको लागि योग भन्ने नाराका साथ जिल्लामा मनाइएको […]
काठमाडौँ — पर्वतको कुश्मा–९ कटुवाचौपारीकी देवी सुवेदीका आँखामा गहिरो पीडा देखिन्छ । लामो समयदेखि भारतमा रहेको र खासै सम्पर्कमा नआउने श्रीमान्को बानीले भन्दा मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी १७ वर्षीया छोरी विमलाको पीरले उनलाई सताएको छ । हिंस्रक व्यहार देखाउने भएकाले विमलालाई खुट्टामा बाँधेर राखिएको छ । २०६३ मा विमला जन्मँदा सकुशल थिइन् । उमेर बढ्दै जाँदा उनले अनौठो क्रियाकलाप […]
काठमाडौँ — स्थानीय तह निर्वाचनमा गाउँपालिका, नगरपालिका र उपमहानगरभन्दा महानगरपालिकामा मत बदर बढी भएको पाइएको छ । निर्वाचन आयोगले तयार गरेको मत बदरसम्बन्धी प्रारम्भिक विवरणमा बाजुराको बुढीगंगाबाहेक निर्वाचन सम्पन्न भएका सबै गाउँपालिकामा खसेको कुल मतको औसत १४.३१ प्रतिशत बदर भएको छ । गाउँपालिकाका सातै पदमा २ करोड ९४ लाख ८८ हजार ९ सय ८८ मत खसेकामा ४२ […]
काठमाडौँ — अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार भद्रकालीस्थित सैनिक मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायतको सहभागिता थियो । कार्यक्रममा सर्वसाधारणहरुको पनि उल्लेखनीय सहभागिता थियो । हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ […]
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताएका हुन् । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्दै पृथ्वीनारायण शाहले भनेझैं ‘दुई ढुंगाबीचको तरुल’का रूपमा नै नेपाल रहिरहने […]
काठमाडौं । ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन् । उनको कुरा सुनेर सुनिता प्रभावित भइन् । दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे । सुनिताले पनि इन्कार गर्नु पर्ने देखिनन् । जयले त उनीसँग विवाह नै गरिहाल्ने पनि बताएका थिए । घरपरिवारसँग भनेर […]
बलिउडका सुपरस्टार सलमान खानको मुख्य भूमिका रहने फिल्म ‘कभी इद कभी दिवाली’ लगातार चर्चामा रहन सफल छ । फिल्मसँग जोडिएर हरेक समय नयाँ नयाँ समाचार सार्वजनिक हुने गर्दछ । अहिले फिल्ममा साउथ सुपरस्टार रामचरण भित्रिएको समाचार बाहिर आएको छ । फिल्मको केमियोमा उनी देखिनेछन् । फरहान सम्जी निर्देशक रहेको फिल्ममा पूजा हेगडे, शहनाज गिल, वेन्कटेश, […]
काठमाडौं । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धमेन्द्र झा नियुक्त भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले राससको रिक्त अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । […]
किम्फ (काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र मेला) को २०२१ संस्करणमा दार्चुलाकी एक हजुरआमाको मार्मिक कथा भन्ने छोटो फिल्म थियो ‘जिउँदो मोडो’। दुर्गाबहादुर कार्की निर्देशित त्यो १२ मिनेटको फिल्मले नेपाली राज्य र नेपाली समाजबारे धेरै कुरा भन्छ। गिटी कुटेर गुजारा चलाउने वृद्धाको एउटै बचेको नाति यार्सागुम्बा खोज्न गएको छ। उसकाबारे गाइँगुइँ नराम्रो समाचार आएको छ। आखिर नातिको […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् ।नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ […]
संघीय निर्वाचनको मिति तय नहुँदै देशका विभिन्न क्षेत्रमा युवा पुस्ताहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले पाएको सफलताले पनि संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढ्ने निश्चित देखिएको छ । यसै क्रममा काठमाडौं क्षेत्र नम्वर- ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका […]