होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती ऐन छिटै संसदमा दर्ता गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामती ऐन दर्ता गर्ने बताए । उनले अघिल्लो सरकारले ल्याएको संघीय निजामती ऐन […]
नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । सो ऋणपत्र मंगलबार सार्वजनिक बोलकबोल मार्फत जारी गरिने बैंकले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, […]
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने बताएकी छन् । सरकारको तर्फबाट सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा आफू नेतृत्वको मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नहरूको जवाफ दिँदै उनले स्पष्ट कार्ययोजना बनाएर पूर्ण विद्युतीकरणका योजना बनाइ कार्यान्वयन […]
बैतडीः बैतडीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालयको काम अलपत्र बनेको छ। जिल्लाको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालयको काम तीन वर्ष बित्दासमेत अघि बढ्न सकेको छैन। सुदूरपश्चिमका सात पहाडी जिल्लाका सडक वर्षा, पहिरो, हिमपात, हुरीबतासले अवरुद्ध भए तत्काल सफा गर्ने उद्देश्यसहित यान्त्रिक कार्यालय स्थापना गर्न लागिएको हो । सडक विभागले २०७६ सालको साउन महिनामा बैतडीको अनारखोलीमा […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको दावी गरेकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूले मन्त्री हुँदा गरेको कामको परिणाम आइरहेका र भविष्यमा पनि देखिँदै जाने बताएकी छन् । ‘यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता […]
काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गरेका छन् । पदबहालीको क्रममा उनले दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन् । स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा उनले हस्ताक्षर गरे । स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटसमेत छुट्याएको छ । यसैगरी कोभिड […]
नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा छलफल हुनेछ । बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी […]
परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुनेगरी कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् । उनले सरकारले अवलम्बन […]
खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरूमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्न तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले तराईका जिल्लामा खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधान गर्न तीनै तहको सरकारका बीचमा समन्वय, सहकार्य र सहजीकरण गर्नुपर्ने बताउनुभएको […]
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट नेपालमा २ करोड ७४ लाख रुपैयाँ बराबरको विद्युतीय सिगरेट (भेप) आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको भेप भित्रिएको हो । नेपालमा विश्वका विभिन्न ९ वटा मुलुकबाट भेप आयात हुने गरेको छ । जसमध्ये, चीन, भारत, अमेरिका, बेलायत, जर्मनी, मलेसिया, दक्षिण कोरिया, […]
थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो । काठमाडौकै एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको हो […]
चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्वाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको […]
काठमाडौं । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा […]
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ । अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् । तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश […]
कैलाली: कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन्। लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन्। शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन्।लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँमा व्यस्त हुन थालेका छन्। ‘पानी नआउँदा किसानलाई धानको बीउ […]
सल्यान — सल्यानको पैयाकाँडा-कोछट्टे सडक निर्माण गर्ने क्रममा डोजरले खानेपानीको पाइप काटेर तहसनहस बनाएपछि २ घण्टा हिँडेर पुराना कुवा‚ जरुवा धाउन स्थानीय बाध्य भएका छन् । सडक निर्माण गर्ने क्रममा डोजरले गत फागुनको अन्तिमतिर खानेपानी योजनाका पाइप काटेर तहसनहस बनाएपछि स्थानीयवासीहरू घर नजिकैको धाराको पानी खान वञ्चित भएका हुन् । तहसनहस भएको पाइप जडान गर्ने […]
काठमाडौं । संघीय संसदले लोक सेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ ।२५ भदौ, २०७६ मा प्रतिनिधिसभामा पेश भएको यो विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मै पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको यो विधेयकलाई राष्ट्रिय सभाले २८ भदौ २०७८ मा पारित गरेको थियो । आइतबार प्रतिनिधिसभाले राष्ट्रियसभाले संशोधनसहित पारित गरेको विधेयकलाई स्वीकार गरेको हो […]
सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई […]
अभिनेता शाहरुख खानको शनिबार बलिउडमा ३० वर्ष पूरा भएको छ । सन् १९९२ मा फिल्म ‘दिवाना’बाट करिअर थालेका शाहरुख ‘बाजिगर’ र ‘डर’पछि बक्स अफिसमा लगातार सफल रहे । केही वर्षमै उनी हिन्दी फिल्मका निर्विवाद सुपरस्टार बने । त्यसको एक दशकपछि शाहरुख खानले छुने प्रत्येक धातु सुनमा परिणत हुन थाले । किनभने प्रत्येक हिट फिल्मले उनलाई […]
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ । कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो । झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले […]