होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्ये […]
काठमाडौं । विदेशमा अध्ययन गर्न जान पछिल्लो ६ महिनामा मात्रै ८२ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म(१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) ८२ हजार ४०९ वटा एनओसी जारी भएको छ । यो […]
बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा पुनः असार २३ गते हुने स्थानीय तहको मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहको यस पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ । बाजुराको बुढीगंगामा बिहीबार हुन लागेको पुन: मतदानका क्रममा खटिएका सेना, सशस्त्र प्रहरी र नेपाल […]
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन् । स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए ।उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी […]
रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु […]
दार्चुलाको शैल्यशिखर नगरपालिकामा गत जेठ २५ गते जिउँदै जलाइएकी अनिभा खडायतको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। शैल्यशिखर– १, बारिलकी ४३ वर्षीया अनिभाको बलात्कार र हत्या उनकै देवर भोजराज खडायतले गरेको प्रहरीले जनाएको छ।भोजराज पक्राउ परिसकेका छन्। उनले आफू संलग्न रहेको सकारेका छन्। प्रहरीले भोजराजको बयानसहित अनुसन्धान प्रतिवेदन यही असार १५ गते जिल्ला सरकारी […]
जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो । हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई आजीवन कारावासको सजाय सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले […]
भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो […]
विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् । अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् । उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो ।मंगलबार उनले प्रदेश १ का सभामुख प्रदिपकुमार […]
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आगामी प्रदेश र संघको चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीलाई भेटेर छलफल गर्न समय मागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । ‘आगामी प्रदेश र संघको चुनाव गर्न प्रधानमन्त्रीज्यूसँग समय मागेका छौँ । आज मिलेन । भोलि वा […]
काठमाडौं । अछामको मंगलसेनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।विनोद शाही मृत्यु प्रकरणलाई लिएर भएको प्रदर्शनले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले मंगलसेनलाई अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । घटनाको विषयमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयमा तोडफोड भएको र दैनिक कामकाजमा समेत अवरोध भएकोले निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ । […]
मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि जुम्लाका विशेषगरी दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ । जुम्लाको पातारासी गाउँपालिकामा बालविवाह गर्नेको संख्या […]
काठमाडौं । अभिनेता अनमोल केसी फिल्म ‘जेरी २’मा अनुबन्धित भएका छन् । सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । आइतबार काठमाडौंको मेरियट होटलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको छ । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् । दुवै […]
रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।
मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्याएको हो । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत्गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी आजदेखि रारा […]
दाङ । प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार सोमबार राति परेको चट्याङ […]
काठमाडौं । सरकारले पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्तालाई नियमन गर्ने गरी ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ ल्याएको छ । प्रस्तावित विधेयकमा पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्ताको दर्ता तथा नियमन गर्न पशु स्वास्थ्य तथा पशु सेवा परिषद् गठन गर्ने उल्लेख छ । परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहने भनिएको छ । ‘पशु स्वास्थ्य […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताएका हुन् । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाले बताए । ‘अहिले अर्थ मन्त्रालयले […]
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ । शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, […]
काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो । हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार १४ बर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि […]