होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागत रुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्ने गरेका छन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित हलो राखेर पूजाआजा गरेका छन् । घर बाहिर गोरुलाई नुहाएर रङ्गीचङ्गी […]
नागरिक रैबार बाजुरा २३ पुस । ऐतिहासिक देउडा गीत बाजुुरा बैकुण्ठ रैछ भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता लोप उन्मुख संकृतिहरु गीतमा समेटिएका छन । शुदुरपश्चिमका प्रख्यात साहित्यकार राजेन्द्र शाह वि.पी.र कोकिलकण्ठी आवाजका धनी प्रकाश थापाको संयुक्त शब्द संगीत सृजनामा सृङ्गारिएको सो गितमा अहिले सम्मकै मौलिक पहिचानका […]
काठमाडौं । सोमबार हिमाली भेगका शेर्पा, लामा लगायत समुदायले धुमधामका साथ तोल ल्होसार मनाउँदैछन् । सबैभन्दा पुरानो ल्होसार मानिएको यो पर्व हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायत जिल्लामा मनाउने गरिन्छ । नेपालमा फरक–फरक जनजाति समुदायले छुट्टाछुट्टै ल्होसार मनाउने गर्दछन् । तमु ल्होसार पुसे १५ मा, सोनाम ल्होसार माघ प्रतिपदा र ग्याल्बो […]
नागरिक रैबार/बाजुरा १६ पुस। सुदूरपश्चिम प्रदेश सरकारले बाजुरासहित तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार बाजुरा, अछाम र बझाङ गरि तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो। पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका […]
काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।काठमाडौं उपत्यका र उपत्यका बाहिर घर भई […]
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन […]
अछाम । अछामको साँफेबगर नगरपालिका–२ को बागविणी पुरानो बस्ती हो । जहाँ बाहुन, क्षत्री र दलित समुदायका मानिसको बसोबास छ ।धार्मिक, सांस्कृतिक र अन्य सामाजिक विषयमा सबै जातजातिका मानिसको एकै प्रकारको परम्परागत मान्यता र प्रचलन भए पनि खानेपानी वितरणको सम्बन्धमा भने जात जहिल्यै तगारो बन्ने गरेको छ । गाउँको माथिल्लो भाग जसलाई समुदायका मान्छेले सामुदायिक वनका रूपमा संरक्षण […]
धनगढी: धनगढीको मोहना नदी किनारमा सोमबार छठी घाट निर्माण हुँदै थिए। नदी किनारमा छठ पूजाका लागि सरसफाइको काम हुँदैछ। छठको दिन पूजा गर्नका लागि घाट निर्माण गर्न थालिएको हो। घाटमा आवश्यक पर्ने केराको बोट, रंगरोगन लगायतको काम जारी थियो। छठ पूजा सेवा समितिले धार्मिक कार्यक्रमका लागि पनि तयारी गर्दै थियो। पूजा गर्ने ठाउँमा झिलिमिली बनाउन […]
मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसंैमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङग्रा निकासी भएको जानकारी […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उहाँले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम गर्न सघाउ पु¥याउने बताए । प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको कामना गर्नाका […]
काठमाडौँः भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन्। हरेक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँ र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।
काठमाडौं : कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस दिन बिहान ११ः ०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताएका छन्।सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते […]
१ कात्तिक, काठमाडौं । सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (असोज ३१ गते) पनि सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा […]
काठमाडौँ: नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडा दसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी।आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ। त्यसै दिन सबै बलिपूर्ति भएपछि टीका […]
धनगढीः नेपालीहरुको महान पर्व बडा दसै सुरु भएसँगै सुदूरका गाउँमा रौनकता छाएको छ। पढाई तथा रोजगारीको लागि घरबाहिर रहेकाहरु पनि गाउँ फर्किएपछि बडा दसैको रौनकता झनै बढेको हो। गत वर्ष कोरोना कहरका कारण दसैमा मान्यजनबाट टिका र जमरा थाप्न नपाएकाहरु यस वर्ष भने सहर नै सुनसान हुने गरी गाउँ पुगेका छन्। उनीहरु पहाड पुगेर आफ्ना […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको शुभकामना दिँदै नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् । उनले स्वदेश र विदेशमा रहेका सबै नेपालीहरुको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको अवसरमा दशैं मनाइने भन्दै उनले दशैंले जातिय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विवधताका विचमा सद्भाव, सहिष्ण्ुता र […]
काठमाडौँ– नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत […]
२८ असोज, काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ […]
काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् । हिन्दु नेपालीहरुको पर्व दशैं शुरु […]