होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, असोज २३ । बडादशैँको आज अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाइदैँछ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको पाँच वर्षको कार्यकाल सकिएको छ। पाँच वर्षमा सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले मात्र तीन लाख ११ हजार चाँडपर्व खर्च बुझेका छन्। सभामुख थापाले आर्थिक वर्ष २०७५/०७६ मा ५५ हजार चाँडपर्व खर्च बुझेकामा पछिल्ला चार वर्षमा ६४ हजारका दरले रकम बुझेका हुन्। उप–सभामुख निर्मला बडाल जोशीले २ लाख ७९ हजार रुपैयाँ पाँच वर्षमा […]
विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको […]
काठमाडाैँ / पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ […]
जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताए । ‘अहिलेसम्म मनसुनी गतिविधिलाई मसिनो गरी अवलोकन गर्दा दसैंभरी मनसुन रहने स्थिति देखिन्छ’ रातोपाटीसँग कुरा गर्दै प्रधानाङ्गले भने, ‘तर मध्य मनसुनको जस्तो […]
काठमाडौँ, ३१ भदौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको […]
यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई […]
बाजुरा । आज गौरा पर्वको मुख्य दिन अठ्यावाली अर्थात् दुर्वाष्टमी सुदूरपश्चिममा धुमधामसँग मनाइँदैछ। आजका दिन गौराको पूजाआजा गरिन्छ भने हिजो विवाहित व्रतालु महिलाहरुले चढाएको दुबधागो आज ग्रहण गर्ने गर्दछन्। बाजुरामा सामाजिक बिकास कार्यालय बाजुराकाे सहयाेगमा बडिमालिका ९ चाैराटामा खुल्ला महिला देउडा प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ । लाेक तथा दाेहाेरी प्रतिष्ठान बाजुराकाे आयाेजनामा साे प्रतियाेगिता भइरहकाे […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा दिएको सार्वजनिक विदा झिकेको छ। भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो। तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको विदा झिकिएको जनाएको छ। […]
काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु भाषामा आइतबारलाई […]
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले […]
नागरिक रैबार/बाजुरा १८जेठ। राष्ट्रपती विद्यादेवी भण्डारी बुधबार बिहान बाजुरा आएकी छिन्।बडीमालिका मन्दिरको दर्शन र पुजापाठका लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरबाट बाजुरा आईपुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्य थापाले बताएका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकयि स्थलका रुपमा परिचित बडीमालिकाको दर्शनका लागि राष्ट्रपती भण्डारी बुधबार विहान ७ बजेर ३० मिनेटमा […]
चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् ।बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् । मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै […]
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको […]
काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ।असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो […]
नागरिक रैबार/बाजुरा २६ चैत्र। बाजुराको सदरमुकाममा रहेको मार्तडी बजार व्यवस्थापन समितिले चैते दशैंको अवसरमा मालिका मन्दिरमा घण्ट चढाएका छन् । मार्तडी बजार व्यवस्थापन समितिले बजारमा रहेका व्यापारीहरुसंग रकम संकलन गरेर मालिका मन्दिरमा ७३ हजार ७ सय रकम बराबरको ५५ किलोको घण्ट मालिका मन्दिरमा चढाएको बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बताएका छन् । उनका अनुसार […]
२५ चैत, महोत्तरी । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ । चैते […]
रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान […]
रत्ननगर : आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन। तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन्। भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्। गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई […]
धनगढीः कैलालीको धनगढीमा संघीय सरकारले तीन करोडमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालनमा बेवास्ता गरिएको छ। धनगढीमा संघीय सरकारको तीन करोड बजेटमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले बेवास्ता गरेको हो। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ पटेलामा निर्माण पूरा भएको संग्रहालयको भवन प्रयोगविहीन जस्तै छ। थारु समुदायका परम्परगत बस्तुहरु संग्रहालयमा राखिने […]