होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ पुस। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । कोल्टी क्षेत्रका स्थानीय तहका बजारहरुको अनुगमन गर्न मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टसहित खटिएको टोलीले आज कोल्टी बजारको अनुगमन गरेको हो । कोल्टी बजारको अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, […]
नागरिक रैबार/बाजुरा २२ पुस।नेकपा एमाले बाजुराले जिल्ला कमिटी सदस्य छप्किलाल बुढालाई पार्टीकाे सदस्य समेत नरहने गरि निस्कासित गरेकाे छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे मार्तडीमा बुधवारदेखि जारी रहेकाे बैठकले नेता बुढालाई पार्टीकाे सदस्य समेत नरहनेगरी निस्कासित गरेकाे हाे । नेता बुढाले २०७९ बैशाख ३० मा भएकाे स्थानीय तहकाे निर्वाचन र मंसिर ४ मा भएकाे […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै सत्ता सहयात्रीको डिमाण्डले समस्यामा परेका छन् । नेकपा एमालेलगायतका दलहरूले धेरै मन्त्री पाउनुपर्ने अडान लिएपछि मन्त्रीपरिषद विस्तार पनि रोकिएको छ । सरकार गठन भएको ११ दिन पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अहिलेसम्म प्रधानमन्त्रीमा प्रचण्ड, उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधान तथा […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजे भित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको […]
काठमाडौँ,२० पुष । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको हो ।शाह कैलाली निर्वाचन क्षेत्र नं २ को (१) बाट प्रत्यक्ष निर्वाचित भएको हो । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए । निर्वाचन समितिका […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ खाती गाउँको १ घरमा आगलागी भएको छ । मंगलबार दिउसो सोही वडाका आइते धामिकाे घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार धामीको घर नजिकै रहेको आफरबाट आगाेको झिल्काेले घरमा आगलगी भएकाे हो। खरले छाएकाे घरमा आगलागी हुँदा घर […]
माघी नजिकिएसँगै कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघीको रौनक बढ्न थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन। यो पर्वका अवसरमा थारु बस्तीमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। गाउँगाउँमा रातभर आगो बाल्न दाउरा संकलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका […]
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]
काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । उनले आज बसेको बैठकले दुई वटा निर्णय गरेको पनि बताए । पहिलो वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चा बन्दी गर्ने, त्यसको […]
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको एक रिक्त पदमा आगामी माघ २५ गते निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यो प्रस्ताव गरेका हुन् । मंसिर ४ को निर्वाचनअघि लुम्बिनीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक […]
धनगढी — सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्याकालको पहिलो बैठकमै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले माघदेखि कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन् । सभामुखको भूमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य मानबहादुर रावलले सोमबार बसेको पहिलो बैठकमा दलका मुख्य नेताको मन्तव्यका लागि विशेष समय छुट्याएका थिए । मन्तव्यका क्रममा नागरिक उन्मुक्तिका सांसद चौधरीले माघभित्रै टीकापुर घटनाका […]
काठमाडौं– नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ । बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नगरेकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको […]
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज सोमबार बस्ने भएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको हो । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा नियमावली अनुसार ज्येष्ठ सदस्य रावलले सभामुखको हैसियतमा अध्यक्षता ग्रहण गर्ने र बैठकमा प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेश सभाको बैठक आह्वान गरेको पत्र सुनाउने […]
काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । […]
धनगढीः सुदूरपश्चिम प्रदेश सभामा सर्वदलीय बैठक बसेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको हो। सर्वदलीय बैठकमा विभिन्न दहरु सहभागि छन्। बैठकमा प्रदेश सभामुख र उपसभामुख निर्वाचन र भोली हुने बैठकको सञ्चालनको सम्बन्धमा आज सर्वदलीय बैठक बसेको हो।
नागरिक रैबार/बाजुरा १७ पुस। बाजुराको बेतालमाण्डौ डेल्टा सडक खण्ड अन्तरगत बार्जुगाड खोलामा ७ बर्ष देखि निर्माण कार्य अलपत्र रहेको स्टिल ट्रस व्रिज पक्कि पुलको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले अनुगमन गरेका छन् । खप्तड छेडेदह गाँउपालिका ३ र बुढिगंगा नगरपालिका ४ को बार्जुगाड खोलामा निर्माणाधिन रहेको स्टिल ट्रस व्रिज पक्की पुल निर्माण कार्य ७ बर्ष […]
नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज पनि बस्दै छ । यसअघि हिजो पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आज पुनः बस्न लागेको हो । शनिबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल […]
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भटट् चयन भएका छन् । दुईदेखि जारी माओवादी संसदीय दलको बैठकले भटट्लाई सर्वसम्मत संसदीय दलको नेतामा चयनमा गरेको हो । दलको नेता छनोट गर्न शनिवार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो । आज पुनः बसेको बैठकले भटट्लाई चयन गरेको माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरीले बताए । […]