होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् । ‘सम्भवत म चार गते […]
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुनेछन् । मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सारै ठुलो संख्यामा ठगी र शोषण भएकाले यो प्रकरण बाहिरिएको पनि अध्यक्ष ओलीको भनाइ छ । ‘एक ढंगले भन्ने हो भने यो कसैको […]
धादिङ । धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ । होटलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक एसपी गौतम मिश्रले जानकारी दिए । ‘बुधबार ११ बजेतिरको घटना हो । ग्राहकको रुपमा होटलमा आएका […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र ओलीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनका सम्बन्ध छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । ‘अहिले […]
काठमाडौँ । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेसँगै फरार रहँदै आएका रायमाझीलाई एमालेले बचाउन खोजेको आरोप लागिरहेका बेला […]
ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा छन् । महालक्ष्मी नगरपालिका–४ स्थित सितापाखा हाइटमा बस्दै आएका तिनै भण्डारीको बयानको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । बुधवार एसएसपी डा.मनोज केसी नेतृत्वको प्रहरीले उनलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको छ […]
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ । दुवै सदनको बैठक भोलि बस्दै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । […]
मध्यविन्दु- पूर्वी नवलपरासी जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एक जनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला भएका जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए । “न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालासबाट बलात्कार […]
काठमाडौँ — संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा परेको हो । हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइए पनि औपचारिक विवरण आउन बाँकी छ । हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक […]
काठमाडौँ — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका उनलाई पक्राउ गर्न प्रहरीले अदालतबाट पुर्जी लिएको केही घण्टामै फरार भएका हुन् । गृहजिल्ला अर्घाखाँचीमा बुधबार आयोजित कार्यक्रममा रायमाझी सभामुख देवराज घिमिरेसँगै अतिथि थिए । उनी फर्किएलगत्तै नियन्त्रणमा लिने काठमाडौं […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको बताएका छन् । बुद्धजयन्तीको अवसरमा आज शुभकामना दिँदै ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुऱ्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय […]
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता गठबन्धनबीच भागबण्डाका लागि मन्त्रालय फुटाउनेसम्मको विषयमा छलफल भइरहेको छ । भागबण्डामै सहमति जुट्न नसक्दा लामो समयदेखि प्रदेश मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नेपाली कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको लामो समय बिते पनि सरकारले पूर्णता पाउन सकेको छैन । विभिन्न मन्त्रालयमा मन्त्री नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित […]
नागरिक रैबार बाजुरा २० बैशाख । बार्जु महोत्सव आजबाट सूरू गरिएको छ । बार्जु सभ्यताको पहिचान, समृद्धिको सहयात्रा भन्ने मुल नाराका साथ सो महोत्सव आजबाट बुढींगगा नगरपालिकाको फालासैनमा सूरू भएको हो । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजना तथा बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र सिदार्थ बैंकको संयोजनमा सूरू गरिएको हो । महोत्सवको एक औपचरिक कार्यक्रमका विच […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले […]
प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरेको हो । कार्यालयका एक अधिकृतले पाण्डेलाई पेक्सिकोलाबाट पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका […]
काठमाडौँ । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै अफिसियल टोलीलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । मंगलबार कीर्तिपुरस्थित […]
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चाैधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । त्यस्तै ४ सिट रहेकाे राप्रपाले कतै पनि मत दिएन । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । यसअघि ८ दलका […]
काठमाडाैँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उपनिर्वाचनमा बार २ बाट निर्वाचित भएका उनीले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने हुन् । चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए ।शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ […]
काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ […]