होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जनकपुरधाम । आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन् । प्रदर्शनपछि ढल्केवर जनकपुर सडकखण्ड अहिले […]
नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्वर ५ ले आफ्नो पहिलो एक वर्षको वार्षिक समिक्षा गरेको छ । वडा भित्र २०७९/८० मा सम्पन्न भएका भौतिक पुर्वाधार विकासका योजनाहरुको सार्वजनिक गर्दै आगामी वर्ष २०८०/८१ का लागि वडा भित्र गर्ने योजना छनोटका बारेमा समिक्षा गरेको हो । पहिलो वर्ष वडामा ३ करोड १२ लाख ६२ हजार ९ […]
नागरिक रैबार/बाजुरा २१ जेठ।सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम नभएको पाईएको छ ।सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद) को जेठ १६ गते गरेको निणर्य अनुसार प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधानको नयाँ भाडादर बाजुरामा कायम नभएको पाईएको हो । प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ३ […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । जसअनुसार मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरत कुमार […]
काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर […]
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश […]
काठमाडौँ– नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आज चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । जसमा हेभीवेट विजेताले एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, […]
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज अपराह्न ४ बजे स्वदेश फर्कन लागेका हुन्। भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरे भने सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना […]
नागरिक रैबार/बाजुरा २० जेठ।आर्थिक अभाव हुँदा बाजुराको बुढीगगा नगरपालिका वडा- १० सिगाडाका भरत बिककि श्रीमती जानकी देवि विकको उपचारमा समस्या भएको छ । ३५ वर्षिया जानकी देबी बिकको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि भारतको मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी छन् । अस्पतालमा उपचारारत रहेकी उनको आर्थिक नहुँदा उपचार हुन् सकेको छैन् । […]
नयाँ दिल्ली । नेपाल–भारतबीच क्रस बोर्डर पेमेन्ट (डिजिटल भुक्तानी) सम्बन्धी सम्झौता भएको छ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा क्रस बोर्ड पेमेन्टको मुद्दामा सम्झौता गरेका छन् । नेपालकातर्फबाट एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश प्रधान र भारतका तर्फबाट एनपीआईएलका सिईओ रितेश शुक्लाले सम्झौतापत्र (एमओयू) […]
काठमाडौं,१८ जेठ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको क्रममा मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् । एक ट्विट गर्दै रावलले प्रधानमन्त्रीसँग भेतवार्ता गर्न गएको व्यक्तिले प्रधानमन्त्रीलाई नभेटि सचिव र सुरक्षा सल्लाहकारलाई भेटेर अन्तराष्ट्रिय कूटनीति र पदीय मर्यादाको उल्लंघन गरेको रावलको आरोप छ । उनले ट्विटरमा लेखेका छन् प्रमं […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी […]
काठमाडौं,१८ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका १७ जना अभियुक्तको बयान जारी रहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी रहेको बयानमा आजपनि तीन अभियुक्तको बयान सुरु भएको छ । आज नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, पुर्व सांसद तथा […]
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । ‘शुक्रबार बिहान ११ बजे बैठक बस्दैछ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन बैठकको एजेण्डा छ’, एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसअघि […]
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नव निर्मित संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे चासो राखेका छन् । भ्रमणको पहिलो दिन बुधबार आफूलाई भेट्न आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग प्रधानमन्त्री प्रचण्डले नक्सामा नेपाली भूमि समेटिएकोबारे प्राथमिकता […]
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले रातोपाटीलाई बताए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले […]
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो। चार दिने भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्। मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराकाे गौमुल गाउँपालिका–६ टुनीमा एक घरमा आगलागी भएको छ । आज विहान विद्युतको तार सट भएर गाैमुल ६ का स्थानीय गोरे विक र उज्वल विकको घरमा आगलागी हुदा तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युतको तार सट भएर घरमा आगलागी हुँदा ३ तले पत्थरले […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।