होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुला, असार २४ । महाकाली नगरपालिका–४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन्। शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरुले सोमवार राति ८ बजे खाना खाएर बिहान चाँडै […]
कञ्चनपुरमा असार ३० गते हाफ म्याराथुन प्रतियोगिता हुने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको १० लाख बजेटमा क्षेत्रीय खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गर्ने भएको हो। कञ्चनपुरको महेन्द्रनगरमा असार ३० गते हुने हाफ म्याराथुनमा महिला र पुरुषको छुट्टा–छुट्टै प्रतियोगिता हुने आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ। प्रतियोगितामा प्रथम हुनेले एक÷एक लाख नगद […]
२४ असार, काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो । आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको बताए । अनलाइनखबरसँग उनले भने, ‘सरकारका […]
२४ असार, काठमाडौं । तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले गरेको चलखेलदेखि त्रिभुवन विश्वविद्यालयभित्रका बेथितिसम्मका विषय आजका दैनिक पत्रिकाहरुले उठाएका छन् । त्यस्तै, बालुवाटार जग्गा खरीद अनियमितता, चालू खर्चको पारदर्शिता, नेकपाको राजनीतिक दस्तावेजमा समेटिएका विषयवस्तुको चर्चा पनि पत्रपत्रिकाहरुले गरेका छन् । चालू खर्चमा भइरहेको दोहनमाथि मुख्य समाचार बनाएको नागरिक दैनिकले नेकपाको राजनीतिक प्रतिवेदनबारे चर्चा गरेको […]
नागरिक रैबार/बाजुरा २३ असार। ईलाका प्रहरी कार्यालय कोल्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सोमबार विहान ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको नेतृत्वमा खटिएको प्रहरीको टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव समूहका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ गरेको हो […]
धनगढी : सुदूरपश्चिम प्रदेशका ८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ८ स्थानीय तहले अगामी आर्थिक वर्ष २०७६-०७७का लागि नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन नसकेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ मा आर्थिक वर्षको राजश्व र व्यय बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० […]
२२ असार, काठमाडौं । खानेपानी मन्त्रालयले आगामी तीन महिना (१३ असोज) भित्र सिंगै देशलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । बजेटमा गरिएको घोषणा बमोजिम खुल्ला दिसामुक्त घोषणाका लागि राष्ट्रिय सरसफाइ निर्देशन समितिले यो टाइमलाइन निर्धारण गरेको हो । आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानका रुपमा संचालन […]
काठमाडौं : सरकारले अधिकृतस्तरका निजामती कर्मचारीलाई बढुवाका लागि स्थानीय तहमा काम गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्न लागेको छ। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेश सरकारको सचिव पदमा रहने अधिकृतले स्थानीय तहमा काम गर्नैपर्ने व्यवस्था गर्न लागिएको हो। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयकमा सरकारले अधिकृतले बढुवाका लागि एक वर्ष स्थानीय तहमा […]
काठमाडौँ — भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतीय सरकारसामु झुकेको भन्दै सत्तारूढ दलकै सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरूले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताएका छन् । प्रधानमन्त्री ओली भने सांसदहरूको आलोचनाप्रति आक्रोशित बनेका थिए । उनले फौजी […]
लण्डन : संयुक्त अरब इमिरेट्सका शासक शेख मोहम्मद बीन रसिद आफ्नी श्रीमती भागेपछि न्याय खोज्दै बेलायत पुगेका छन् । उनले बेलायतको ‘लण्डन फेमिली कोर्ट’अदालतमा श्रीमती हायविरुद्ध मुद्दा दायर गरेका हुन् । जहाँ आगामी जुलाइ ३० मा फैसला हुने बताइएको छ । दुबइको राजकीय सुविधा छोडेर बेलायत पुगेको समाचार बेलायती संचारमाध्यमले सार्वजनिक गरेपछि शेख मोहम्मदले पनि बेलायतमै […]
२२ असार, काठमाडौं । भारतीय तरकारीको विषादी परीक्षण गर्ने अडानबाट सरकार पछि हटेको विषय आजका अधिकांश दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक आर्थिक, सामाजिक, राजनीतिकलगायतका विषय पनि पत्रपत्रिकाहरुले समेटेका छन् । नयाँ पत्रिकाले फरक कोणबाट यो विषय उधिनेको छ । नेपाल सरकार भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटे पनि भारतले […]
काठमाडौं : शनिबार दिउँसो सवा ४ बजे काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। उपत्यकामै केन्द्र भएकाले राजधानीमा ठूलो झड्का महसुस भएको थियो।अन्नपुर्ण पोष्टबाट
बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि सम्झाना श्री, उमेरले १६ बर्षमा लागेकी छिन्। तर १६ बर्षको कलिलो उमेरमै उनले पाएको दुखकष्टको सुची भने धेरै लामो बन्छ। राम्रोसंग सम्झना पनि छैन् उनलाई, जव बुवा र आमाको डिभोर्स भयो। काखमा खेल्ने उमेरमा बुवाले दोश्रो विवाह गरेर छोडेर गएपछि सम्झना आमासंगै मामा घर फर्किन। घर नजिकै रहेको […]
आज देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन बाढी पुर्वानुमान विभागले आग्रह गरेको छ। एक सूचना जारी गर्दै विभागले पश्चिम नेपालका डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, वर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुका सम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै […]
काठमाडौं, असार २१। नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ। गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय […]
काठमाडौं, आज पश्चिमका धेरै र पूर्वी तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पश्चिमी क्षेत्रका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले तत्काल अहिले पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको र मध्य तथा पूर्वका क्षेत्रमा भने मौसम आङ्शिक रुपमा मात्र बदली भएको […]
हुम्ला –राम्रोसंग पढाउने प्रलोभनमा हुम्लाबाट काठमाडौं पुर्याईएका १२ जना बालबालिकाहरुलाई उद्धार गरेर जिल्ला प्रशासन कार्यालयको रोहबरमा अभिभावकको जिम्मा लगाईएको छ । काठमाडौंको सुकेधारामा रहेको ऐश्वर्य बालगृहबाट फिर्ता ल्याईएका ती बालबालिकाहरुलाई उनीहरुका अभिभावकको जिम्मा लगाइएको हो । गत मंसीरमा स्थानीय एजेन्टहरुले ती बालबालिकाहरुका अभिभावकहरुसंग ३५ देखि एक लाख रुपियाँसम्म पैसा असुल गरेर ती बालबालिकाहरुलाई काठमाडौ पुर्याईएका […]
सचिवालय नौ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीलाई महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेलको साथ छ । अर्का अध्यक्ष प्रचण्डसँग नारायणकाजी श्रेष्ठ छन् । अहिलेसम्म खुलेर नदेखिए पनि रामबहादुर थापा ‘बादल’ प्रचण्डसँगै छन् । झलनाथ खनाल र वामदेव गौतम माधव नेपाल र प्रचण्डसँग समदूरीमा छन् । पछिल्ला बैठकहरूमा माधव नेपाल र प्रचण्ड नजिकिएको देखिन्छ । स्थायी समिति […]
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिदषको सुदूरपश्चिम प्रदेश कार्यलयले यस प्रदेश अन्तर्गतका बिभिन्न बिद्यालयहरुवाट एस.ई.ई. परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीहरुलाई लक्षित गरी यस प्रदेशका बेरोजगार, अर्ध-बेरोजगार, कामको खोजीमा रहेका तथा प्राबिधिक शिक्षा अध्ययन गर्न चाहेका युवा युवतीहरुलाई समेतलाई प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिमको बारेमा जानकारी गराउन, आफ्नो रुची, खुबी र क्षमता अनुसारको शिक्षा तथा सीपका […]
काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर अहिले नेपाल कम्युनिष्ट पार्टीमा नेकपामा प्रवेश गर्ने चर्चा चलेको छ। उनले नेकपा पार्टी प्रवेश गर्ने खुलासा केही दिनअघि संचारमाध्यमबाट गरेकी थिइन्। स्राेतका अनुसार नायिका मानन्धरलाइ नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको बताएको छ । तत्कालिन नयाँ शक्ति पार्टीमा रहेकी मानन्धरले डा.बाबुराम भट्टराईसँगको […]