होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडी: प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहको युवा संगठनका केन्द्रीय सदस्यलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाटन नगरपालिका १० हतासका ३२ वर्षीय श्याम भट्ट रहेका छन्। बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भट्ट युवा संगठनका केन्द्रीय सदस्य हुन। उनलाई गाउँमै खानेपानी पाइप निर्माण गरिरहेको गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे पक्राउ […]
धनगढी: कोभिड–१९ को जाँचको दायरा बढाउनुपर्ने माग उठिरहेको समयमा सुदूरपश्चिम प्रदेशमा दैनिक स्वाबको नमूना सङ्कलन सुस्त भएको छ। आरडिटी पोजेटिभ देखिएका, लक्षण देखिएका शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका क्रममा सङ्क्रमितको सम्पर्कमा आएकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो पटकको मापदण्ड पालना गर्नुपर्ने भएकाले स्वाबको नमूना सङ्कलनमा कमी आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। […]
काठमाण्डाै २८ असार । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गरेको छ। निगमको नाफा उच्च रहेकै समयमा मूल्यवृद्धि गरिएकोप्रति संघले विरोध जनाएको हाे। दुई साता नहुँदै निगमले शुक्रबार पुनः दोस्राेपटक पेट्रोलियम पदार्थमा मूल्य बढाएको थियाे। कोरोना महामारीकाे चपेटामा परेका जनतालाई थप पीडा दिने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै […]
बैतडी – बैतडीका ८ वटा पालिका पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका अन्य पालिकाहरुमा विभिन्न प्रकोपको जोखिम रहेको भए […]
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ। मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए। “सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ”,उनले भने। […]
२८ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट दुई गोल गर्दा पनि सिरी एमा लिग लिडर युभेन्ट्स तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ । रोनाल्डोले ९०औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले एटलान्टासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । त्यसअघि दोस्रो लाजियो ससुलोसँग २-१ ले पराजित भएको थियो । यसले युभेन्ट्सलाई शीर्ष स्थानमा अग्रता बढाउने मौका […]
धननगढीः धनगढीमा मिनी ट्रक दुर्घटना भएको छ।निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको शहिद गेट नजिकै धनगढीबाट अछाम जादै गरेको से १ ख १३३१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। दुर्घटनामा मानवीय क्षती भने भएको छैन्। ट्रकमा समान्य क्षती पुगेको प्रहरीले जनाएको छ। उक्त ट्रक तरकारी लिएर अछाम जादै थियो।
धनगढी : धनगढीमा कोरोनाको संक्रमणबाट बच्न सचेतना मुलक र्याली निकालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतना फैलाउन आज बिहान र्याली निकालेको हो। हात–हातमा सचेतना मुलक प्ले कार्ड सहित जिल्ला प्रहरी कार्यालयबाट चटकपुर सम्म र्याली निकालिएको हो। र्यालीमा सहभागी प्रहरीहरुले घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ, कुनै पनि स्वास्थ्य समस्या भएमा […]
गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका खैलार गार्डमा बबई नदीले बगाउँदा श्रीमान-श्रीमती नै वेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको काठ-दाउरा समात्न नदी बबई पुगेका दम्पती दाउरा समात्ने क्रममा नदीमा डुबेर वेपत्ता भएका हुन् । ठाकुरबाबा नगरपालिका ४ निवासी २५ वर्षीय जीतबहादुर थारु र उनकी २६ वर्षीया श्रीमती राजकुमारी थारु बबई किनारमा दाउरा समात्ने क्रममा डुबेर बेपत्ता […]
सामान्यतः सार्स–कोभ–२ नाम दिइएको, अहिले संसारभरि महामारी फैलाइरहेको कोरोनाभाइरसका कारण हुने कोभिड–१९ लाई श्वासप्रश्वाससम्बन्धी रोग मानिने गर्छ । तर पछिल्ला चरणमा यो श्वासप्रश्वाससम्बन्धी रोग मात्रै नभई बहुसमस्या सिर्जना गर्ने रोग हो भन्ने कुराहरु पनि आइरहेका छन् । यो रोगमा मूलतः श्वासप्रश्वास प्रणालीमा गम्भीर समस्या–जटीलताहरु त पैदा हुन्छ नै, साथसाथै, यसले शरीरका अन्य थुप्रै महत्वपूर्ण अंगहरुलाई […]
काठमाडौं, २८ असार । अमेरिककी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे पहिलो पटक मास्क लगाएको तस्बीर सार्वजनिक भएको छ । उनले मास्क वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिक भेट्न जाँदा मास्क लगाएको बताइएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिका भयावह स्थितीमा पुग्दा पनि ट्रम्पले लकडाउन र मास् लगाउनुपर्ने आवाश्यकता नपर्ने व्रिफिङ गर्दै आएका थिए । […]
काठमाडौं – सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई विशेष ध्यान दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नेपालमा अझै दुई महिना बाढीपहिरोको समस्या […]
एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बच्चनले आफ्नाे ट्वीटरमा एक ट्वीट पाेस्ट गर्दै आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । उनी उपचारका लागि मुम्बईकाे नानाभाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।
२७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
काठमाडाैँ, २७ असार । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै […]
काठमाडौं, २७ असार । लगातारको वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी—पहिरोमा परेकाहरूलाई सरकारले तत्कालै उद्धार तथा राहत प्रदान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद व्यवस्थापन परिषदकाे बैठकले देशका उक्त निर्णय गरेको हो । विभिन्न ८ जिल्ला अहिले बाढीपहिरोबाट बढी प्रभावित भएको निष्कर्ष निकाल्दै बैठकले उद्धार, राहत तथा पुर्नस्थापनाका काम […]
२७ असार, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् । विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् । ‘यो झरी सकिएपनि दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त […]
काठमाडौं : साझा यातायातले साउन एक गतेदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा बस सेवा सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् । सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझाले सरकारले तोकको मापदण्ड अनुसार बस चलाउन लागेको हो । शुरुमा नियमित रुपमा बस चलाउने साझाको तयारी […]
२७ असार, काठमाडौं । बाढीपहिरोले पुर्याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । शनिबार चितवन पुगेका नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको दाहाले स्थनीयलाई बताए । प्रधानमन्त्रीसँग मिटिङ […]
विनोदसिंह विष्ट, बैतडी: लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेका हुन्। जिल्लामा रहेका १२४ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीको मूल्याङ्कन तालिका शिक्षा विकास तथा समन्वय एकाइमा आइपुगेको एकाइका सूचना अधिकारी पुष्कर शर्माले जानकारी […]