होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संरक्षणमा मात्र नेपालीको शान झल्कने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र […]
लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ। सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए। पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाइ छ। तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० […]
१४ साउन, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत मंगलवार राति भएको खेलमा इन्टर र एटलान्टा विजयी भएका छन् । इन्टरले नापोलीलाई सहजै र एटलान्टाले पार्मामाथि पुनरागमन जित हात पारेका हुन् । दोस्रो स्थानको इन्टरले सातौं स्थानमा रहेको नापोलीलाई २-० ले हरायो । घरेलु मैदानमा इन्टरका लागि ११औं मिनेटमा डानिलो डि’एम्ब्रिसो र ७४औं मिनेटमा लाउटारो मार्टिनेजले […]
जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिँदैछिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउने कार्यक्रम तय भएकाे सभामुखको निजी सचिवालयले जनाएको छ । गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग […]
काठमाडौं । नेपालमा लक्षणसहितका कोरोना संक्रमित बढ्न थालेका छन् । हालसम्म फेलापरेका कोरोना संक्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको थिएन । तर पछिल्लो समयमा लक्षणसहितका संक्रमित देखापर्न थालेका छन् । लक्षणविहीन कोरोना संक्रमितभन्दा लक्षणसहितका संक्रमितबाट अन्य मानिसलाई संक्रमण सर्ने सम्भावना बढी रहन्छ । लक्षणसहितका कोरोना संक्रमितले धेरैलाई संक्रमण सार्न सक्ने क्षमता राख्ने शुक्रराज ट्रपिकल तथा […]
अछाम: अछामकी क्यान्सर पीडित किशोरीको उपचारका लागि विभिन्न सहयोग हुने क्रम बढेको छ। ढकारी गाउँपालिका ६ मोयकांडाकी १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि संकलित १ लाख ७० हजार १ सय ७८ रुपैयाँ बिरामी मनसरा बुढा र उनको घरपरिवारलाई हस्तान्तरण गरिएको छ। स्थानीयस्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत हस्त्तान्तरण […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट उपाध्यक्ष बामदेव गौतम र स्थायी समिति सदस्य भीम रावल बाहिरिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका नेताहरु सहभागी नभएको उक्त बैठकमा केहीबेर सहभागी भएर गौतम र रावल बाहिरिएका हुन् । बैठकमा गौतमले अध्यक्षद्वयको पदको लडाइँमा आफू पर्न नचाहेको […]
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो । राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम राइनले आफूलाई मङ्गलपुरको […]
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिए । मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा उनले भने, ‘यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ […]
बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । नायक अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या र आराध्याको रिपोर्ट नेगिटिभ आएको जानकारी ट्विटमार्फत दिएका छन् । अभिषेकले लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट नेगिटिभ आएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरो पिता […]
धनगढी: सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका एक वृद्ध छन्। मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो। घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना […]
धनगढी : सुदूरपश्चिममा थप ४२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जनामा […]
१३ साउन, काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स […]
१३ साउन, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-१, मा बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन । रास्कोट-१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी निकटका स्थायी समिति सदस्यहरुको सहभागिता रहेको छैन । यद्यपी स्थायी समितिमा रहेका बहुसंख्यक […]
चीनको पूर्वोत्तरमा तटवर्ती शहर दालियनमा नयाँ संक्रमित भेटिएपछि अब अन्य प्रान्तमा पनि संक्रमण फैलन सुरु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीले नयाँ संक्रमित भेटिएपछि पुनः प्रतिबन्ध लागू गरेका छन् । पहिलो कोरोना संक्रमित गत वर्ष चीनमा नै भेटिएको थियो तर उसले लकडाउन र अन्य कडा नियम लागू गरेर स्थिती नियन्त्रण गरेको थियो ।तर […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना दुर्घटना उन्मुख रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन् । ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ भट्टराईले ट्वीटरमार्फत भनेका छन् । नेकपाभित्र […]
काठमाण्डाै – देशभरका सात सय ५३ वटा पालिकामध्ये अहिलेसम्म एक सय ९३ पालिकाले बजेट ल्याउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मङ्गलबार बिहानसम्मको अध्यावधिक तथ्याङ्कअनुसार पाँच सय ६० वटा पालिकाले मात्र बजेट पेस गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार पालिकाले असार १० गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ । चालु आर्थिक वर्ष २०७७/७८ […]
काठमाडौं । घुस अस्वीकार गर्ने सिन्धुली र मकवापुरका सातजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ७ जना प्रहरी कर्मचारीलाई पुरस्कार दिएको हो । लकडाउनको बेला सवारी पास दुरुपयोग गर्ने र घुस दिएर एक जिल्लाबाट अर्को जिल्ला प्रवेशका खोज्नेलाई पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी […]
धनगढी : सुदूरपश्चिमका झण्डै ३२ हजार जनाको कोरोना परीक्षण गरिएको छ। पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ३१ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गरिएको हो। कोरोना परीक्षण थालिएको झण्डै पाँच महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत […]