होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२५ असार, काठमाडौं । असार तेस्रो सातासम्म देशभर ६० प्रतिशत खेतमा रोपाइँ भएको छ । असार २२ गतेसम्म ८ लाख ३१ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव हरिबहादुर केसीले जानकारी दिए । गत वर्ष यही अवधिमा जम्मा तीन लाख २६ हजार हेक्टरमा धान रोपाइँ भएको […]
२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।
धनगढी : सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेपनि सुदूरपश्चिममा सञ्चालन नगरिने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि सुदूरपश्चिमका यातायात व्यवसायीहरुले तत्काल यातायात सञ्चालन गर्न नसकिने बताएका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सरकारबाट बैंक किस्ता, ब्याज […]
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नं ५ रामपुर जातीय छुवाछूत मुक्त वडा घोषणा भएको छ । बुधबार एक औपचारिक कार्याक्रमको आयोजनाका बिच जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषण भएको हो । छुवाछुत आफ्नै वडाबाट अन्त्य गर्ने अभियानका साथ सो कार्यक्रम गरिएको हो । सो कार्यक्रममा बोल्दै सोही वडाका अध्यक्ष भीमबहादुर तामाङले यो देशब्यापी […]
काठमाडौं – सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौंबाहिर पनि एक जिल्लाबाट अर्कोमा जान नपाउने गरी सार्वजनिक सवारीसाधन चल्न पाउनेछन् । बिहीवार (आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय […]
काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (तत्कालीन समाजवादी पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सो कुराको जानकारी दिएको हो । केही दिनअघि सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भनी सो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको थियो […]
सिन्धुपाल्चोक । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश […]
धनगढी : कैलालीमा प्रहरीको थुनाबाट भागेका अभियुक्तको १७ घण्टादेखि खोजी जारी राखिएको छ। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित भागेपछि उनको खोजी भईरहेको हो। ‘ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला राति ९ बजे हत्कडी सहित भागेका थिए,’ कैलाली प्रहरीका […]
बाजुरा: बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको रहेको छ। किशोर द्धारीमा रहेको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका छन्। गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युतको नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली […]
२५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका […]
काठमाडौँ — नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न लगाइदिँदै । बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले आईजीपी थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । वरीयतामा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको […]
काठमाडौँ — सिन्धुपाल्चोकको बाह्रबिसेमा बुधबार राति आएको बाढीले पुऱ्याएको क्षति अवलोकन र उद्धारको पहलका लागि गएका प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा बीचैबाट फर्किएका छन् । बिहीबार बिहान सभामुख सापकोटासहितको टोलीलाई लिएर गएको हेलिकप्टर मौसमको खराबीका कारण धुलिखेलबाटै फर्किएको सभामुखका सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बाढीप्रभावित क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो । अविरल वर्षासँगै आएको […]
धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ७१ पुगिसकेको छ। जसमा ८ जनाले ज्यान समेत गुमाइसकेका छन् भने नौँ सय ९३ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमितहरूमध्ये पनि पुरुषको संख्या बढी छ। कुल कोरोना संक्रमितमध्ये ८ सय ८१ जना महिलामा कोरोना संक्रमण देखिएको छ भने दुइ हजार नौँ सय ९० जना पुरुषमा कोरोना […]
नागरिक रैबार/बाजुरा २४ असार। जिल्लाको जगन्नाथ गाउपालिका वडा नं ५ गोत्री, स्थायी घर भई हाल काठमाडौ जिल्ला गोकणेश्वर नगरपालिकाको शनिष्टार गाउँमा बस्दै आईरहेका ४३ वर्षका नरजित शाही दुई बर्ष अगाडि आफ्नो श्रीमतिको उपचार गर्न र छोरा छोरिको भबिस्य उज्जल बनाउन काठमाण्डौ गएका थिए । शाहि केही महिना देखि कम्मरको नसा च्यापिएर थला परे पछि अहिले […]
मदन वि.क./बाजुरा २४ असार। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी –नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद धरापमा परेपछि देशभर ओलीका पक्षमा नेता तथा कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका छन् । ओलीका पक्षमा प्रर्दशनमा उत्रेका नेता कार्यकर्ताहरुले ओलीको दुवै पद यथास्थानमा कायम राख्न माग गर्दै सडकमा प्रर्दशन गरिरहेका छन् । बुधबार बाजुरामा पनि ओलीका […]
२४ असार, काठमाडौं । लोमस फर्मासिटिकल्सले उत्पादन गरेको दुई औषधि कम गुणस्तरको भेटिएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) कम गुणस्तरको पाइएको हो । विभागले मेट्रो ४०० को ब्याच नम्बर एमटीटी-०९१७ र सेटोफेजको ब्याच नम्बर सीटी-१०१९ […]
चालु आर्थिक वर्ष (२०७६/७७) मा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशन कोष तथा लेखा नियन्त्रकलाई दिएको छ । आर्थिक वर्ष सकिन अब ८ दिन बाँकी रहेकाले […]
नेपालमा ९९ प्रतिशत कोरोना भाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन्। पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन्। नेपालमा १६ हजार १६८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हालसम्म दुई लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ […]
बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ। दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमति नाका खुल्न लागेको हो। […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पतालबाट नौँ सय ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ नौँ सय चार जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार शुक्रवार मात्रै ३४ जना संक्रमितलाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ। अछामबाट ३०, कैलालीबाट तीन […]