होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ । यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प […]
काठमाण्डौ – नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसले बनाएको कोभिड—१९ अनुगमन समितिले गरेको अध्ययनबाट सरकार कोरोना नियन्त्रण गर्दै जनजीवन चलायमान बनाउन असफल भएको देखिएको भन्दै १३ बुँदे सुझाव पनि दिएको छ । सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका हुन् । उनले आफ्नो सम्पर्कमा त्रिविमा […]
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा मर्दा रु। २६ लाख चार हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । “पातारासी गाउँपालिकाकास्थित […]
धनगढी- सुदूरपश्चिममा तीन महिनाको अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका ६, अछामका चार तथा बाजुरा र बझाङका दुई/दुई जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्। बुधवार मात्रै सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनप्रति पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । कार्यदलले शनिबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाइ बुझाएको १७ पन्ने सुझाव प्रतिवेदन सार्वजनिक भएसँगै नेता नेपालले पार्टीभित्रको समस्या समाधान गर्नेगरी प्रतिवेदन नआएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेता […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको गलत नीतिका कारण कोरोनाभाइरसको संक्रमण बढेको ठहर गरेको छ । सो पार्टीका सहमहामन्त्री तथा कोभिड १९ अनुगमन समितिका संयोजक डा प्रकाश शरण महतले एक प्रेस नोटमार्फत सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस […]
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित […]
कैलाली । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका ३ मा रहेको रतन केसीको निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली ले २ लाख ५५ हजारसहित ४ जुवाडेलाई पक्राउ गरेको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गरी आएको बताएका छन् । सो पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएको महिलालाई जन्मस्रोतकी देवीका रुपमा […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५८९ पुगेको छ । मंगलबार १५ र विभिन्न मितिमा अपडेट नगरिएका १७४ जनाको विवरण प्राप्त भएसँगै निको हुनेको संख्या ४ हजार ५८९ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मंगलबार कञ्चनपुरबाट ४, डोटीबाट ४, बझाङ्गबाट ६ र सेती प्रादेशिक अस्पतालबाट १ गरी १५ तथा […]
१० भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बुधबार बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण […]
१० भदौ, काठमाडौं । बल्खुमा डेरा गरी बस्ने चार सदस्यीय परिवारका एकजना सदस्यमा यसैसाता कोरोना पोजेटिभ देखियो । एउटा कोठामा थुनिएर ती व्यक्ति जसोतसो ‘रुम आइसोलेसन’मा बसे । आइसोलेसनमा बसे के भन्नु ? बसेजस्तो गरे । किनभने, शौचालय साझा छ, दिशा-पिसाब गर्नैपर्यो । भान्सा एउटै छ, खानै परिगो । संक्रमितले यसरी साझा शौचालय प्रयोग गर्दा […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक सहमति र नयाँ शक्ति सन्तुलनले अर्थमन्त्री डा. युवराज खतिवडाको पद धरापमा परेको छ । पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठन गरेको कार्यदलले शनिबार सहमतिको खाकासहितको प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनसँगै पार्टीभित्र करिब ५ महिनादेखि जारी गतिरोध अन्त्य हुने […]
१० भदौ, मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष […]
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् । मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो । राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेका थिए । हाल बन्द […]
सत्तारुढ दल नेकपा विभाजन भइहाल्ने खतरा टाढा देखिन्छ, तर अहिलेको मूलपार्टी विभाजित गररे पुरानै नेकपा (एमाले) व्युँतिने र चुनाव चिह्न ‘सूर्य’ बनाउने गरी चलखेल भएको चर्चा थियो । नभन्दै नयाँ एमालेले ‘सूर्य’ त पायो तर दुई डाँडाबीचको उदाउँदो सूर्य । चर्चा गरिँदैछ कि, चुनाव चिह्न त्यही हो । तर, निर्वाचन आयोगलाई व्यवस्थापन गर्न बनेको ऐन […]
१० भदौ, काठमाडौं । रुकुमपश्चिममा दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । गोली प्रहारबाट एकजना घाइते भएका छन् भने उनीसँगै रहेका अर्का एकजना पक्राउ परेका छन् । एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । […]
धनगढी : सुदूरपश्चिममा मनाइने गौरा पर्वको आज मुख्य दिन, गौराष्टमी अर्थात दुर्वाष्टमी मनाइदैछ। पूजनका हिसाबले आज गौरापर्वको अन्तिम र महत्वपूर्ण दिन हो। हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ। आजको दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा ’सञ्ज्या’ लाई ल्याउने गरिन्छ। ’दूर्बा’ अर्थात् दुबोको पूजा […]
प्रदिप मलासी ,बझाङ ।नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले खप्तडछान्ना गाउँपालिका वडानं ७ गोर्खाली गाउँका पहिरो पिडीत केहि परिवारलाई गैरखाद्य सामाग्री सेट बितरण गरेको नेपाल रेडक्रस सोसाईटी बझाङका मन्त्री ईश्वरनाथ जोशीले जानकारी दिएका छन् । गत साउँन महिनाको २५/२६ र २८ गते आएको अबिरल बर्षाका कारण घरमाथी बाट पहिरो आएर केहि परिवार घर बिहिन अवस्थामा रहेका […]