होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संक्रामक रोगको पछिल्लो अवस्था हेर्दा जनसमुदायमा आफू र आफ्नो समुदायले सुरक्षित महशुस गर्न रोगसम्बन्धी आवश्यक प्रस्ट र एकनासको जानकारी पाउनु पर्ने हुन्छ। यो हिसाबमा मास्कसम्बन्धी केही जानकारी भ्रामक रहेको देखिन्छ। कोरोना संक्रमणको आजसम्मको अध्ययन हेर्दा, यसको अचुक उपचार छैन। विभिन्न विज्ञहरूले सुझाएअनुसार यसबाट बच्ने भनेकै कम्तिमा १ मिटर र सकेसम्म २ मिटर दुरी कायम गरेर […]
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका प्रतिबन्धात्मक कदमहरूका कारण विद्यालय खुल्ने विषय अनिश्चित बनेको छ। शैक्षिक संस्थाहरू कहिलेदेखि पूर्ववत् सञ्चालनमा आउँछन् भन्न कसैले पनि सकेको छैन। यही अवस्था जारी रहे यो वर्ष पूरै शैक्षिक सत्र नै खेर जान सक्ने भन्दै चिन्ता अभिभावक तथा शिक्षाविद्हरूले व्यक्त गर्न थालेका छन्। गृह मन्त्रालयका अनुसार हाल देशका […]
काठमाडौं, ११ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको शनिबार बस्ने सचिवालय बैठकले धेरै विषयको टुंगो लगाउने भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई अन्तिम रुप दिई निर्णय प्रक्रियामा लगिने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको सुझावलाई अन्तिम रुप दिई निष्कर्षमा पुर्याइनेछ । कार्यदलले मन्त्रीमण्डल पुर्नगठन र […]
काठमाडौँ । विवाद मिलाउन गठित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलको सुझावअनुसार भदौको तेस्रो साताभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्रीको यो तयारीसँगै सत्तारुढ दल नेकपामा मन्त्रीका आकाङ्क्षी पनि बढ्न पुगेका छन् । कार्यदलले सरकारका काम प्रभावकारी बनाउन सङ्घ तथा प्रदेश सरकारका मन्त्रीहरू हेरफेर गर्न सुझाव दिएको थियो । […]
११ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ […]
इटहरी – अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्। उनको गर्भमा ८ महिनाको बच्चा छ। कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन्। गर्भ रहेको […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार देशभर मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि […]
मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार […]
स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेसँग अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर कोरोनाभाइरसको परीक्षणको नतिजा १२ मिनेटभित्र प्राप्त गर्न सकिने बताइएको छ । यसका लागि सरकारले ३०० र्यापिड टेस्टिङ मसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्दैछ । स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले यो सम्झौता अनुरुप स्टरलिङमा रहेको आफ्नो […]
कपिलवस्तु,१० भदाै । कपिलवस्तुका विपन्नको दैनिकी निकै कष्टकर छ । वर्षात लागेसँगै ओत लाग्ने गतिलो घर छैन । कोरोनाको त्राससँगै भोक र ओतले सताएको छ । कोरोनाले गरिखाने सबै ठाँउ बन्द भएका छन् । दिनभरी ज्याला मजदुरी गरिखाने ठाउँसम्म बन्द भएपछि विपन्नहरुको दैनिकी कष्टकर बनेको हो । ओत लाग्ने घर छ, तर छानाबाट पानी चुहिन्छ । सरकारले जनता […]
१० भदौ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर […]
काठमाडौं । आम जनता कुलमान घिसिङप्रति कति आशक्त छन् भन्ने उदाहरण एकाएक दोस्रो कार्यकालमा सरकारले नियुक्ति गर्ने प्रसंगलाई लिएर भाइरल भएको बधाईबाट पुष्टि हुन्छ । मंगलबार एकाएक सामाजिक सञ्जालमा कुलमान घिसिङलाई बधाईको ओइरो आयो तर कुलमानको पुनर्नियूक्तिको प्रसंगनै झुट थियो । मन्त्रिपरिषदले कुलमानलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको भन्दै उत्साहका साथ बधाइ दिन थाले मानिस […]
काठमाडौँ — नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपालि भने कोरोनाका कारण टुँडिखेलमा मनाइएन । गौरा पर्वको अवसरमा काठमाडौंको […]
१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन् । विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय पठाइएको छ। उनको ठाउँमा प्रदेश नं १ मा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका […]
१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, […]
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई महिलासहित ११ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको बताए । मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना […]
काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै उपत्यकासहित देशभर पछिल्लो […]
१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् […]
धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ। मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिका वडा नम्वर ११ का ४५ बर्षीय पुरुषको आज मृत्यु भएपछि नेपाली सेनाले शव व्यवस्थापन गरिरहेको हो। सरकारले जारी गरेको मापदण्ड अनुसार मृतकको शव व्यवस्थापन गर्न लागिएको हो। धनगढीको निसर्ग अस्पतालको आईसियूमा […]
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ। आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा मौलिक पर्वका रुपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त […]