होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
४ भदौ, कैलाली । अछामको रामारोशन गाउँपालिका–५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा बेपत्ता भएका ११ जना अझै भेटिएका छैनन् । बुधवार बिहान १ बजे कैलाश खोलामा आएको बाढीले बस्ती बगाउँदा १७ जना बेपत्ता भएका थिए । तीमध्ये ६ जनाको शव बुधबार साँझसम्म भेटिएको थियो । अझै ११ जना बेपत्ता रहेको र उनीहरुको खोजी […]
मुगु — जिल्लामा केही दिनयता बाढीले आधा दर्जन काठे पुल बगाएपछि स्थानीयलाई आउजाउ गर्न सास्ती भएको छ । उनीहरू जोखिम मोलेर खोला तरिरहेका छन् । मुगुको सालिमखोलाको काठे पुल बाढीले बगाएपछि जोखिम तरिकाले खोला तर्दै स्थानीय । तस्बिर : राजबहादुर शाही छायानाथ रारा नगरपालिका–१० सालिम खोलाको काठे पुले बग्दा १८ गाउँ प्रभावित भएका छन् । […]
सुदूरपश्चिम प्रदेश स्थायी घर भएका वरिष्ठ लोक देउडा गायक महेशकुमार औजीसहित ४ कलाकार नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । बुधबार नेकपा प्रवेश गर्नेमा गोपाल दयाल, पुष्पा बोहरा र दिपा रोकाया लगायतका कलाकारहरु रहेका नेकपा युवा नेता लोकेन्द्र भण्डारीले बताए । काठमाण्डाैमा कलाकारहरुलाई नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा संघिय सासंद दामोदर भण्डारी, […]
जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ […]
बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए । “पूर्व […]
काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध […]
हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं […]
अछाम । गएराति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । उनले भने, “सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना […]
काठमाडौं । बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२० पुगेको जानकारी दिए । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनासहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । […]
३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज […]
३ भदौ, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन । नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल […]
मुम्बई – भारतीय कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए । उनले ग्याङस्टर लोरेन्स बिस्नोइका लागि काम गर्ने गरेको बताइएको छ । योसँगै उनीमाथि अन्य कैयन् आरोप पनि छन् । प्रहरीका अनुसार राहुल अन्य चार हत्याका घटनामा […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ७ र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा २४ घण्टामा ७७ जनामा परीक्षण गरिँदासम्म ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालले रातोपाटीलाई जानकारी […]
आज बुधबार देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिनमाभन्दा राति वर्षा अझ बढ्ने सम्भावना छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भने एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको […]
३ भदौ, काठमाडौं । अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण सफल भएको खण्डमा आफ्ना सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ । साथै मुलुकभर यो खोप अनिवार्य पनि गरिनेछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले यसका लागि एक्स्ट्राजेनेकासँग सम्झौता भइसकेको बताएका छन् । एक्स्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर खोप निर्माणको काम गरिरहेको छ । शोधकर्ताहरुले यस […]
सरकारले २०७६ चैत ११ गतेदेखि २०७७ साउन ६ गतेसम्म घोषित रूपमा लकडाउन गर्यो । २०७७ वैशाख १५ गते राजपत्रमा सूचना प्रकाशित गरी लकडाउन अवधिलाई खाइपाई आएको सुविधा पाउने गरी सार्वजनिक बिदासमेत कायम गर्यो । त्यो अवधिको सम्बन्धमा कुनै वादविवाद भएन । साउन ७ गतेदेखि लकडाउन समाप्त भएको घोषणा गरियो तर शैक्षिक संस्थामाथिको बन्देज कायम नै […]
३ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २÷२ जनाको मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् […]
छााम : अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ मा बाढीले बगाउँदा थप एक जनाको शव फेला परेको छ। योसँगै बाढीमा बगेर मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। मङ्गलवार राति परेको अविरल वर्षाका कारण आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्वर ५ सैनिबजारबाट बगाएका १७ मध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह […]
१०१ वर्षको उमेरसम्म पनि शरीरमा स्फूर्ति थियो । कसैको सहाराविना हिँडुडुल गर्न सक्दैन’थे तर अनुहारमा कान्ति छाएकै हुन्थ्यो । १०० वर्ष पुगेपछि हरेक मान्छेको दोस्रो जीवन सुरु हुन्छ, भनिन्छ। उनको पनि नयाँ दाँत पलाएर नयाँ जीवनको संकेत गरिरहेको थियो । उनको १०१ औं जन्मदिनमा उनले झण्डै एक सातासम्म सुखले बस्न पाएनन् । उनलाई शुभकामना दिन […]
अछाम — बाढीले क्षति पुर्याएको अछामको रामारोशन गाउँपालिकामा बुधबार दिउँसो उद्धार टोली पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको हो । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली परिचालन हुन लागेको प्रजिअ उपाध्यायले बताएका छन् । घटनास्थलमा देखिएका तीन घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी […]