होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हुम्ला: च्याङ्ग्रा खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य […]
१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चीन र दक्षिण एशियाली मुलुकबीचको सम्बन्धलाई भडकाउन खोजेको चीनस्थित युनान विश्व विद्यालयका प्रोफेसर युआन छुनले गुनासो गरेका छन् । प्रोफेसर युआन छुन युनान विश्वविद्यालयको मार्क्सवादी अध्ययन स्कुलका डेपुटी डिन हुन् । हालै अमेरिकी विदेशमन्त्री पम्पियोले भारतलगायत दक्षिण एसियाली मुलुकहरुको भ्रमण गरेको सन्दर्भलाई चीनले कसरी हेरिरहेको छ भनेर […]
१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ । सञ्चार गृहहरुलाई […]
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको […]
मलङ्गवा : सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१४ लालदियरमा एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ । स्थानीय रामबिहारी महतोको काठले बनेको दुई तल्ले घरमा गए राति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । घरका व्यक्तिहरु राति नाच हेर्न गएको समयमा घरमा आगलागी भएको उनले बताए । आगलागीबाट धान, […]
१३ कात्तिक, काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो […]
१२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ […]
डोटी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाएका छन् । दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लाड्नुपर्ने बताएका हुन । कोरोना रोगबाट बच्न सम्पूर्ण नागरिकले घरैमा सुरक्षित बस्नुपर्ने तथा बिनाकाम घर […]
धनगढी : नेपालमा थप १ हजार ९५४ जना संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।
१२ कात्तिक, झापा । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले […]
‘ए कोरोना त केही होइन, त्यही रुघाखोकी जस्तै त हो नि ! लागिहाल्यो भने बेसारपानी खाने, ठीक भइहाल्छ, कोरोनाबारे अनावश्यक हल्ला फैलाइँदैछ, यो सबै नेताहरुको खेल हो । कमिशन खाने बाटो बनाएका हुन् नेताहरुले !’ पछिल्लो समय चिया पसलदेखि सडक र गल्ली–गल्लीमा यस्ता भनाइहरु सुनिन्छन् । म आफैँले रिपोर्टिङका क्रमका सुनेका शब्दहरु हुन् यी । […]
१२ कात्तिक, काठमाडौं । पछिल्ला केही महिनायताका घटनाक्रमलाई नियाल्ने हो भने चीनसँग सीमा विवाद बढेसँगै भारत अमेरिकासँग अलि नजिकिएको देखिन्छ । चीनले पनि सीमा विवादका सम्बन्धमा आफूसँगको बार्गेनिङमा बलियो रुपमा प्रस्तुत हुनका लागि भारत अमेरिकासँग नजिकिएको प्रतिक्रिया दिइरहेको छ । केही महिनायता भारत र अमेरिकाका उच्च अधिकारीहरु निरन्तर संवाद र सम्पर्कमा छन् । यसै सिलसिलामा […]
१२ कात्तिक, काठमाडौं । कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान जारी छ । मतदान तीन चरणमा हुने छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणको मतदान ३ […]
१२ कात्तिक, राजविराज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तिलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिए । पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ […]
धनगढीः कैलालीमा २ लाख २३ हजार नगद सहित ५ जुवाडे पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट गएराती नगद सहित पक्राउ गरिएको स्रोतले जनाएको छ । उनीहरुलाई गएराती नै इलाका प्रहरी कार्यालय मालाखेतीमो जिम्मा लगाएपनि कैलाली प्रहरीले अझै विवरण सार्वजनिक गरेको छैन् । […]
१२ कात्तिक, दाङ । मादल बनाउने वादी समुदायको पुर्ख्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए । ‘मादल बनाउने हाम्रो पुर्ख्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं’, उनले भने । बजारमा […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे केन्द्रीय समिति बैठक निर्धारित मितिमा बस्ने÷नबस्ने अनिश्चित भएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो । तर, निर्धारित समय आउन ३ दिनमात्रै बाँकी रहँदा बैठक बस्ने या सर्ने भन्ने […]
१२ कात्तिक, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् । उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि रिक्त स्थानमा अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ वर्षीय ब्यारेटलाई न्यायाधीश मनोनयन गरेका थिए । राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेको थियो […]
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए । उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको […]
१२ कात्तिक, हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए । पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य […]