होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१८ कात्तिक, काठमाडौं । एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो । डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । […]
१८ कात्तिक, जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी […]
१८ कात्तिक, डोटी । उमेरले १५ मात्रै पुगेकी छिन्, हिँड्दा पनि लरखराउँछिन्, कुनै बेला झस्याङ्ग हुन्छिन्, आफैं तर्सिन्छिन्, नयाँ मान्छे देखे डराउँछिन् । उनी जन्मजात त्यस्ती थिइनन् । बालापनको उमेर, चन्चले स्वभाव, हाँस्ने, रमाउने ती बालिका रक्षककै शिकार भएपछि यस्तो भएको हो । डोटी जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानले […]
बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए […]
सत्ताधारी दल नेकपामा फेरि बहुमतकाे गणित सुरू भएकाे छ । तर याेपल्ट चाहिँ पार्टीमा बहुमत देखाउन हाेइन, परिआए पार्टी नै फुटाउन याे लेखाजाेखा सुरु भएकेा हाे । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच फेरि विवाद चरमोत्कर्षमा पुगेपछि दुवै पक्ष संसदीय दल र केन्द्रीय समितिमा […]
काठमाडौं । कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिए । ६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । लामो समयदेखि मधुमेह र […]
हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार देशभर पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागहरुका […]
काठमाडौं – गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए। कतिले अनुमान लगाए– अब नेकपा विभाजन हुँदै छ, उनलाई फेरि सक्रिय हुन आग्रह भयो। कतिपयले त पूर्वएमाले ब्युँताएर […]
१८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डले कर्णाली प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ । समितिको संयोजकमा ललितजंग महत र सहसंयोजकमा भरतबन्धु थापा नियुक्त भएका छन् । महत जुम्लाका होटल व्यवसायी हुन् । दैलेखका थापा मनघरी फाउन्डेसनका अध्यक्ष एवम् फोटो पत्रकार हुन् । उनी Wild West Nepal (2013) र गन्तव्य कर्णाली (२०१९) फोटो […]
१८ कात्तिक, बागलुङ । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ नम्बर वडा एक साताका लागि बन्द गरिएको छ । सर्वपक्षीय बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी बागलुङ नगरपालिकाका चार वटा वडा बन्द एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । सदरमुकामका चारवटै वडामा अत्यावश्यकबाहेकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय […]
काठमाडौं १४ कात्तिक । तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् ।सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, […]
१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । […]
१४ कात्तिक, परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई […]
बझाङ: बझाङकी एक महिला ३ दिनदेखि वेपत्ता भएकी छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका ७ खगेडाकी खन्टि रोकाया बुधबारदेखि बेपत्ता भएकी हुन् । ५० वर्षीया रोकायाको चप्पल र लुगा सेती नदी किनारमा फेला परेको स्थानीयले बताएका छन् । चप्पल र लुगा सेती नदी किनारमा फेला परेको हुँदा नदीमा हाम फालेको हुनसक्ने अनुमान छ । बेपत्ता रोकायाको खोजी […]
१४ कात्तिक, काठमाडौं । कोरोना भाइरसको महामारीपछि खुलेको पदयात्राका लागि एक दर्जन गन्तव्य सहज बनेका छन् । सरकारले १७ अक्टोबरबाट विदेशी पर्यटकले समेत पदयात्रा गर्न पाउने गरी खुला गरेको थियो । त्यसयता १२ वटा गन्तब्य पर्यटकका लागि सहज बनेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले जनाएको छ । तर, हिमाली क्षेत्रमा साविकका केही निषेधित क्षेत्रमा […]
१४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको २९९ रोपनी ९ आना सरकारी, सार्वजनिक र गुठीका जग्गा भूमाफियाले व्यक्तिको नाममा पारेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको एक वर्ष पुग्नै लागेको छ । २२ माघ २०७६ मा आयोगले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, पूर्व सचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारी, […]
पछिल्लो समय वैदेशिक रोजगारीको लामो यात्रालाई बीट मारेर स्वदेशमै उद्यम गर्नेहरु र त्यसैमा रमाउनेहरु धेरै छन् । तिनै मध्येका एक हुन्, तनहुँका सागर अधिकारी । सागर २५ वर्ष लामो वैदेशिक रोजगारीलाई छाडेर गाउँघरमै भैंसीपालनमा रमाइरहनुभएको छ । गाडीका स्टेयरिङ्ग घुमाएका हात अहिले भैंसीको गोबर सोहर्नमा व्यस्त देखिन्छन् । बाध्यताले परदेश गाउँमा रोजगारीका केही बाटा […]
धनगढी: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका लागि तोकिएको मिति नजिकिए पनि सुदूरपश्चिममा परीक्षा सञ्चालनमा अन्योलता कायमै रहेको छ । परीक्षा बोर्डले आगामी मंसिर ९ देखि १६ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेको थियो । तर विद्यालयहरु अझै पूर्ण रुपमा सञ्चालनमा नआएकोले अन्योलता बढेको हो । तर विद्यार्थीहरु भने कोरोना महामारीपछि […]
१४ कात्तिक, काठमाडौं । गोंगबुको आकाशे पुल (ओभरहेड ब्रिज) सडक विस्तारका लागि भत्काइएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ । तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशकको पनि आयु पाएनन् । १३ करोड खर्च […]
१४ कात्तिक, तनहुँ । तनहुँको व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाले पैसा लुट्न एटीएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको साथबाट प्रहरीले लागू औषध […]