होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्तलगायतका बालिकाहरूको बलात्कार, हत्या गरिएका घटनाका कारण जनमानसमा आक्रोश बढिरहेका बेला गत १८ असोजमा बलात्कार मुद्दाको कारवाही प्रभावकारी बनाउन भन्दै महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल र उच्च सरकारी वकिल कार्यालयहरूका नाममा सूचना जारी गर्यो । महान्यायाधिवक्ता कार्यालयले यसअघि पनि थुप्रै पटक यसखालको सूचना जारी गरिसकेको र थुप्रै बहस, आदेश, कानुन, […]
काठमाडौं । संघीय सरकारको अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल नियुक्त भएको तीन साता नाघेको छ । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगनमपछि देशको अर्थतन्त्रको ढुकुटी सम्हाल्न आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेलले आफ्नो कार्यकालको तीन साताको अवधिमा तीन बोल्ड निर्णय गरेका छन् । उसो त उनी दोस्रो पटक अर्थमन्त्री भएका हुन् तर दुबै […]
२४ कात्तिक, काठमाडौं । सरकारले नेपालमा करीव ७० लाख घर परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ । उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार जनगणनाबाट नेपालमा घर परिवारको संख्या ७० लाख पुग्ने अनुमान गरिएको छ । जनसंख्या […]
४ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन् । नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको उनले बताए । मन्त्रिपरिषद्ले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय गरेपछि मतिपयले सरकारको आलोचना भएको छ । संसदको […]
२४ कात्तिक, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई आईसीयू र ६३ जना भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्यो । भेन्टिलेटरमा राखेर उपचार गरिएका सबैलाई निमोनिया भएको थियो । त्यसमा पनि निमोनिया भइसकेर अस्पताल पुग्ने १२ जनाको मृत्यु भयो । ‘संक्रमितहरु […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् । कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरे । गणेशमान सिंहको १०६ औं […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद समाधान गर्न भदौमा गठन गरिएको ६ सदस्यीय कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएका छन् । त्यसका लागि अध्यक्ष ओलीले सोमबार दिउँसो १२ बजे सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । ‘प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफलका लागि हामी १२ बजे बालुवाटार जाँदैछौ’, कार्यदल सदस्य तथा […]
प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि उनी हुम्ला पुगेका हुन् । जिल्लाको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझ्न […]
२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायीक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्य अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा सचिवालयका ५ नेताबीचको शुक्रबार बसेको अनौपचारिक बैठकले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने र त्यसका लागि शनिबार उनलाई भेट्न जाने निर्णय गरेको थियो । नेताहरु पार्टी कार्यालय […]
२२ कात्तिक, बुटवल । ‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने नारासहित २०७५ फागुन १ गतेदेखि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्यो । तिकै तामझामका साथ सुरु गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक परिवारको एक जना सदस्यलाई एक वर्षमा कम्तिमा १ सय दिन रोजगारी दिने र त्यो दिन नसके ५० दिन बराबरको बेरोजगार भत्ता उपलब्ध […]
२२ कात्तिक, काठमाडौं । अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो महसुस भएको छ । आज काठमाडौं उपत्यकामा यो वर्षको जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको छ । पोहोर साल यही […]
२२ कात्तिक, काठमाडौं । प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै छन् । ओलीसँग भेट्नुअघि उनीहरु धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा छन् । धुम्बाराहीको छलफल सकिएपछि ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर ओलीसँग छलफल गर्ने एक नेताले बताए । शुक्रबार पनि धुम्बाराहीमै बसेका सचिवालयका पाँच सदस्यहरुले पार्टी अध्यक्षसमेत […]
सत्तारुढ दल नेकपा भित्र भुसको आगो झैं सल्किरहेको विवाद अझै साम्य हुने छाँटकाँट देखिएको छैन । विवाद समाधान गर्न भन्दै बिहीबार अपरान्ह मात्रै पनि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद त भयो त्यो पनि हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं निष्कर्षमा पुग्न सकेन । प्रधानमन्त्री ओलीले अध्यक्ष […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग […]
२१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्टामा […]
आगामी ९ मंसिरदेखि हुने कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । परीक्षाको लागि उत्तरपुस्तिका विद्यालयमा पुर्याउने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्रश्नपत्र भने परीक्षाको दिन मात्र पुर्याइने छ । प्रश्नपत्र पनि बोर्डले तयार पारिसकेको […]
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा अोलीबीच भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक […]
२१ कात्तिक, सिमकोट (हुम्ला) । गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना पानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने यहाँको तापक्रम माइनसमा झरेको छ । […]
२१ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने आदेश पुनरावलोकनको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा स्वास्थ्य […]