होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- नेपाली सेनाले २९४ कर्मचारीका लागि आवेदन मागेको छ ।सेनाको छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा आवेदन मागेको हो । लेखा जमदार, पुजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको हो।लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ। यस्तै पुजारी […]
धनगढी– नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘ओली समूह’ले पुस २४ गते (शुक्रबार) धनगढीमा बृहत जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए । उनका अनुसार सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार […]
खप्तड– सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए। […]
प्रतिनिधि सभा विघटन बिरुद्ध अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको रिट बिरुद्ध अधिवक्तात्रय राजीव बास्तोला, पुरुषोत्तम प्रसाद लोहनी र सविन पोख्रेलले उत्प्रेषण माग गर्दै निवेदन दायर गरेका छन् । प्रतिनिधि सभा विघटनबिरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका अधिवक्ता सन्तोष भण्डारीलाई विपक्ष बनाएर अधिवक्तात्रयले हिजो अपरान्ह रिट दायर गरेका हुन् । रिटमा उनीहरुले […]
काठमाडौं । सभाुमख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका छन् । अहिलेको परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै सभामुख सापकोटाले भने, ‘यहि परिस्थितिमा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन । अदालतमा पनि त्यसै अनुसारको जवाफ दिँदै छु ।’ पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले सभामुख अग्निप्रसाद […]
काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । तर, अधिवेशन सुरु हुन नपाई अन्त्य गर्ने हतारो सरकार र राष्ट्रिय सभा अध्यक्ष दुवैलाई छ । सरकारको नियत त चाँडो अन्त्य गर्ने नै भयो, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वयं पनि सकेसम्म छिटो अधिवेशन अन्त्य गर्ने मुडमा छन् ।सातौं अधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रियसभा […]
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान […]
काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यस वर्ष गरिने भएको छ ।आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने जानकारी दिएको हो । नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक […]
कैलाली– सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ । रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै […]
काठमाडौँ- मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मंगलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।तीन दिनसम्म हिमपात र वर्षा हुँदा तापक्रम घट्ने भएकाले […]
काठमाडौँ- सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ ।पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो । राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले जवाफ तयार पारेका छन् । आजै दिउँसोसम्म सर्वोच्च अदालतमा […]
आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको बताइएको छ । हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । खोप […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल पक्षले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा प्रचण्ड–माधव सूमहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई पुनःस्थापना नहुँदासम्म आन्दोलन जारी […]
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए । नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी गराए । सरकारले नेपाल र नेपालीको शिर उचो […]
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताएका छन् । शनिबार काठमाडौमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको र भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा धेरै विकासका […]
१८ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन् । काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा […]
१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार १०७ जना […]
१८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन । प्रचण्ड माधव समूहका […]
१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् । बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए । ‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली […]
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन् । उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताए । मजदूर विशेष जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता […]