होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढीमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसका लागि उनी धनगढी पुगिसकेका छन्। तर उनको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन्। जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन्। नेकपा सुदूरपश्चिमले जनसभामा ५० […]
२४ पुस, डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् । बिहीबार साँझ खेतबारीको […]
दोलखा । दोलखामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कालो बेलु्न देखाएर विरोध गरिएको छ । नेकपा ओली समूहको जिल्ला भेलालाई सम्बोधन गर्न पुगेका गृहमन्त्री थापालाई प्रचण्ड माधव समूहका कार्यकर्ताहरुले कालो बेलुन देखाएर विरोध गरेका हुन् । आज आयोजना गरिएको भेलामा गृहमन्त्री थापासहित सञ्चारमन्त्री पार्वत गुरुङ, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन कार्यक्रम रहेको छ । […]
रौतहट । रौतहटस्थित प्रचण्ड-नेपाल पक्षले रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवमार्फत प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्र बुझाएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमको विरोधमा विरोधपत्र पठाइएको नेकपा केन्द्रीय सदस्य युवराज भट्टराईले जानकारी दिए । गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेकोमा उक्त कदम सच्याएर संसद पुनर्स्थापित गर्न […]
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै धनगढीमा टायर बालिएको छ। नेकपा विभाजनपछि शुक्रबार प्रधानमन्त्री ओली धनगढी आउनु अगावै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहका विद्यार्थीले टायर बालेर विरोध जनाएका हुन। प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्च नजिक टायर बाल्दै अनेरास्ववियूका कार्यकर्ता योगेश बमले भनेका छन्, ‘जुन संसद विघटन गरेका छन् त्यसैका सांसद बोकेर सुदूरपश्चिम आउँदा […]
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन्। उनको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर प्रधानमन्त्री ओलीको स्वागतको लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरुको सभागिता थिएन। यसअघि देशका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो। तर हाल सहभागिता नदेखिएको हो। […]
राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६ ७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत यो तेश्रो बैठक हो ।
२४ पुस, धनगढी । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुगेका हुन् । प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । मुख्यमन्त्री […]
धनगढी: नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्। तर उनी धनगढी पुग्न नपाउँदै धनगढीमा विरोध सुरु भइसकेको छ। नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेको हो। प्रधानमन्त्री ओली १० बजेपछि श्री एयरलाइन्सको विमानमामार्फत काठमाडौंबाट उड्ने जनाइएको छ।
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षार्थ नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ। संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका राजा र रानी नाम दिइएका कुकुर प्रयोग गरिएको हो। धनगढी विमानस्थलमा चेकजाँचका लागि ‘राजारानी’ को प्रयोग गरिएको प्रहरीले जनाएको छ। नेकपा विभाजन भएपछि ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न […]
काठमाडौँ — इजलास स्थगित भएन र ‘हेर्न नभ्याउने’ भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै कठोर नैतिक संकटमा पर्नेछन्, किनभने उनले आफैंमाथि पनि ‘कारण देखाऊ आदेश’ जारी गर्नुपर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा । […]
पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार […]
धनगढीः प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक सुदूरपश्चिम आउन लागेका पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा सहभागी हुने÷नहुने विषयमा प्रदेश सरकारका मन्त्रीहरु नै अन्योलमा परेका छन्। तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकिकरणपछि बनेको नेकपा विभाजन भएपछि औपचारिक रुपमा अलग नभइसकेको पार्टीका अध्यक्ष एवंम् प्रधानमन्त्रीको स्वागतबारे निर्णय लिन मन्त्रीहरुलाई असहज भएको हो। प्रतिनिधिसभा विघटनपछि […]
धनगढीः धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ। चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आइरहेका […]
कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधी खोपमार्फत् दिइने र उपचार […]
२४ पुस, काठमाडौं । महामारीका कारण विकासको गति सुस्त भएका बेला सरकारले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । धेरैजसो ठेकेदारहरु ६४ अर्बको नगदी तरलता हुने गरी भुक्तानी माग्दै साइटमा फर्किन मानेका छैनन् । यस्तो बेलामा अर्थ मन्त्रालयले काम भइसकेका विकास आयोजनामा भुक्तानी दिन आनाकानी गरेको गुनासो आउन थालेको छ । चुनावका […]
२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता […]
२३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुको गतिविधि र उनीहरुले सामाजिक सञ्जालमा प्रकट गर्ने अभिव्यक्तिले अनेक किसिमका संज्ञा पाउने गरेका छन् । दुईतिहाइ नजिकको संसदीय बहुमतसहित ओली प्रधानमन्त्री बनेपछि उनका समर्थकहरूका लागि प्रयोग हुने चल्तीका शब्दहरू हुन्– अरिगांल । ओलीको प्रतिरक्षामा उत्रने समर्थकहरुका लागि ‘हनुमान’ र ‘अरिगांल’ शब्द प्रयोग सामान्य बनेकोमा केही दिन […]
२३ पुस, काठमाडौं । अमेरिकी खोप निर्माता कम्पनी मोडेर्नाले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले दुई वर्षसम्म सुरक्षा दिने दाबी गरेको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृतले बिहीबार यस विषयमा अझै धेरै डेटाहरुको अध्ययन गर्न बाँकी भए पनि खोपले दुई वर्षसम्म सुरक्षा दिन सक्ने देखिएको बताएका हुन् । गत वर्ष कम्पनीले कोरोनाविरुद्धको खोपले केही सातासम्म […]
२३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका […]