होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जिल्ला प्रशासन कार्यालय झापामा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको दैनिक भीड हुने गरेको छ। भीड बढेसँगै काममा ढिलासुस्ती हुँदा सेवाग्राही आक्रोशितसमेत हुने गरेका छन्। गाउँगाउँमै परिचयपत्रको विवरण सङ्कलन गर्न टोली गएपछि अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुले नागरिकता आद्यावधिक गर्ने, प्रतिलिपि निकाल्ने र नयाँ नागरिकता बनाउनेको समेत चाप बढेको कारण भीड बढेको हो। दैनिक सात […]
रातोपाटी डटकम र नेपाल खबर डटकम अनलाइनमा प्रकाशित समाचारको बिषयलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति प्रेस संगठन नेपालले कडा आपत्ति जनाएको छ । संगठनका संयोजक महेश्वर दाहालले शनिबार एक विज्ञप्ति जारी गर्दै माग २ मा सर्वोच्चबाट जारी विज्ञप्तिमा आचारसंहिता र कानुनको हवाला दिदै सञ्चार माध्यम र सञ्चारकर्मीहरु विरुद्ध धम्कीपूर्ण भाषा प्रयोग गरिएको ठहर गरिएको […]
काठमाडौँ, ३ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको आरोप लगाएका छन् । नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा शनिबार सम्बोधन गर्दै ओलीले नेपालका केही बुद्धिजीवी, राजनीतिज्ञ र जानकार हुँ भन्नेहरुले मुलुकका सम्मानित संस्थाहरुमाथि अपमान गर्ने, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई हसाउन खोज्दा पीर नगर्न आग्रह गरेका छन् । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको बताए । ‘मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्यो […]
इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन । भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा […]
काठमाडौं । नेकपा (ओली समूह)का नेता सुवास नेम्वाङले संसद् विघटन सही हो कि होइन भनेर सर्वोच्च अदालतको फैसलाबाट टुंगो लाग्ने बताएका छन् । ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताए । संसद विघटनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका नेम्वाङले प्रधानमन्त्री ओलीले संसद् […]
३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् । शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले भने, ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’ उनले अघि भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु […]
काठमाडौँ — नयाँदिल्लीमा शुक्रबार नेपाल र भारतबीच भएको परराष्ट्र मन्त्रीस्तरीय आयोगको छैटौँ बैठक एउटै भए पनि नेपाली र भारतीय पक्षहरुले आ–आफ्नै तरिकाबाट विज्ञप्ति सार्वजनिक गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा शुक्रबार भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक बैठक र एजेन्डाहरु एउटै भए पनि दुई मुलुकको परराष्ट्र र विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा बैठकको छलफलका मुख्य विषयमै […]
काठमाडौँ — नागरिक अभियन्ता डा. गोविन्द केसीले सबै संवैधानिक अंगहरु नागरिकको सेवाका लागि हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार माइतीघरमा बृहत् नागरिक आन्दलोलनका क्रममा सम्बोधन गर्दै डा. केसीले जनतालाई रैती बनाउने काम संवैधानिक अंगले गर्न नहुने बताएका हुन् । शनिबार माइतीघरमा प्रदर्शनका क्रममा सम्बोधन गर्दै डाक्टर गोविन्द केसी तस्बिर केशव थापा ‘संवैधानिक अंगहरु जनताको […]
काठमाडौँ: प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच विवाह हुने भएको हो। माघ ११ गते विवाह हुने पक्का भएको मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले बताए। मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष […]
नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली उनलाई भेट नगरी स्वदेश फर्कन लागेका छन् । शुक्रबार आईसीडब्लूएले आयोजना गरेको अन्तरक्रियामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो । तर, मोदीले समय नदिएपछि त्यो भेट सम्भव भएन । दिल्लीस्थित दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली […]
धनगढी: एक गुडिरहेको ट्रकमा आगलागी भएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गुडिरहेको ट्रकमा आगलागी भएको हो। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु२ख ११९ नम्बरको ट्रक आगलागीबाट क्षति भएको छ। आगलागीबाट कुनै मानविय क्षति नभएको बताइएको छ।
भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन्। यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । \ अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय […]
प्राकृतिक विपत्तीबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्बाट चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको पाइएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा बाढी, पहिरो, हावाहुरी र आगलागीबाट गरी रु १८ करोड २५ […]
न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । उक्त प्रणालीको प्रभावले अझै […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले छिट्टै मन्त्रीमण्डल विस्तार हुने बताएका छन। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री विहीन रहेका बेला सरकारका प्रवक्ता शाहले मन्त्रीमण्डल पुर्नगठन वा विस्तारको तयारी रहेको बताएका हुन्। ‘छिट्टै मन्त्रीपरिषद्को पुर्नगठन वा विस्तार हुन्छ,’ शाहले भने, ‘मुख्यमन्त्री ज्यूले […]
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा प्राध्यापक डा गोविन्द केसी सडकमा आएका छन् । नागरिक समाजद्वारा आयोजित राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा डा केसी पनि सहभागी भएका हुन् । सहभागीहरुले प्रधानमन्त्री केपी ओलीलाई निरंकुश शासकको संज्ञा दिँदै ‘नागरिक अघि बढ्दैछ, लुटतन्त्र ढल्दैछ, प्रतिनिसधसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’लगायतका नारा अंकित प्लेकार्ड बोकेर […]
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेसभित्र सुरुदेखि नै संसद पुनर्स्थापनाका लागि दबाब दिन सडक आन्दोलनमा उत्रिने कि सर्वोच्च अदालतको निर्णय पर्खिने भन्ने विषयमा मतान्तर हुँदै आएको छ। संसद विघटन भएलगत्तै बसेको कांग्रेस पदाधिकारीको बैठकले संसद विघटन असंवैधानिक भएको र प्रधानमनन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो। तर, संसद विघटनलाई […]