होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् । राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता […]
१८ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् । सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि […]
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ तर अहिले पनि आफूलाई हटाउन सजिलो […]
जनकपुर । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूसवापत सेवाग्राहीसँग लिएको ८ लाख रुपैयाँ बरामद गरेको छ । सोमबार साझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले छापा मार्दा गाउँपालिको अध्यक्ष राउतको गाडीबाट घुस वापतको ८ लाख रुपैयाँसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको हो । […]
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताको साथ लिएर वनसँग सम्बन्धित नीतिहरु बनाउने बताएका छन् । वनको अधिकतम सुरक्षा र विकास गरी अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनले बताए । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् भेलाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको […]
१७ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ । विप्लव समूह स्रोतले भन्यो, ‘सरकारले समिति बनाएपछि हाम्रोतर्फबाट पनि समिति बन्छ ।’ सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर […]
बैतडी: बैतडीमा घट्ने अधिकांश घटनाको कारक तत्व मदिरा रहेको बताइएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सो कुरा बताइएको हो। जिल्लामा हुने गरेका आपराधिक क्रियाकलापहरू मध्ये ९० प्रतिशत घटना मदिराका कारण हुने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूको गुनासालाई सम्बोधन […]
१८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान […]
१८ फागुन, काठमाडौं । गत साता विश्वभर कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार दिएको जानकारीअनुसार सात सातापछि पहिलोपटक विश्वभर कोरोना संक्रमणमा वृद्धि भएको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसले सोमबार एक ब्रिफिङमा बोल्दै विश्वभर कोरोना संक्रमण बढ्नु दुखद् भए पनि अनौठो भने नरहेको बताए । उनले […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै हो भन्ने […]
काठमाडौँ- प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहा निस्किएका छन् । विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओलीले व्यस्त भएका हुन् । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए । पोखरामा प्रधानमन्त्री ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय […]
१७ फागुन, काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गरेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताएका हुन् […]
१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय गर्ने दाबी गरेका छन् । सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको बताए । तैपनि ओली समूहका नेताहरुले हामी […]
अछाम: भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालयमा ५ दिनका लागि विदा दिइएको छ। जिल्लाको मंगलसेन नगरपालिका–११ जुपु वलडाडामा रहेको कालीका माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरोको लक्षण देखिएपछि पठनपाठन फागुन २१ गतेसम्मका लागि बन्द गरिएको हो। करिब १ हप्तादेखि शिक्षक र विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने तथा टाउको दुख्न लक्षण देखिएपछि […]
१७ फागुन, काठमाडौं । मानव अधिकारसँग सम्बन्धित तीनवटा संस्थाले संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ बिना गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन्। माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरेका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देश विकासमा हातेमालो गर्न आउन आग्रह गरेका हुन् । ‘तपाईहरु सुतली बम पड्काएर नबस्नुहोस्, त्यसले केही हुँदैन’ उनको भनाइ छ । उनले सरकार त्यसतर्फ सकारात्मक भएकाले देश विकास र समृद्धिको पक्षमा लाग्न आग्रह गरे […]
१७ फागुन, पोखरा । नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । उनले प्रचण्ड–माधव समूह सच्चिने यो अन्तिम अवसर भएकोसमेत बताए । पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर […]
१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै […]
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रधानसेनापति थापाले सोमबार कोभिड–१९ (कोरोना) विरुद्धको खोपको पहिलो डोज लिएका हुन् । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर उनले खोप लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।