होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाव संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा यो रिपोर्ट आएको हो । संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसदहरू कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । हिजो १२८ जना सांसद र […]
२३ वैशाख, काठमाडौं । सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ । अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएको भन्दै सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन आगह गरेको हो । ‘…धेरै भन्दा धेरै सिलिन्डरहरु […]
२२ वैशाख, काठमाडौँ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले पूर्ण र १२ जिल्लाकाले निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञाको आदेश जारी गरेका हुन् । बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, […]
२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
२२ बैशाख , बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ८ पुगेको छ भने एकको मृत्यु भएको छ । आज १ जना निको भएर डिस्र्चाज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ५३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त […]
धनगढीः सुदूरपश्चिममा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८५ नमूना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ८७ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १८ जना र अन्य जिल्लाका १६ जनामा संक्रमण पुस्टि […]
राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।
२२ बैशाख , बाजुरा । बाजुरामा कोरोना भाईरस तथा कोभिड १९को संक्रमणबाट एक जना को मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । स्वास्थ्य कार्यालयमा उपचारका क्रममा बुधबार बिहान ५ बजे स्वास्थ्य कार्यलयमा उपचारको लागी स्वास्थ्य कार्यालय बाजुरामा भर्ना गरेका थिए भर्ना गरेको ९ घण्टा पछी उनको मृत्यु भएको स्वास्थ्य […]
२२ वैशाख, धनगढी । कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए । जसमा कैलालीका तीन र डडेल्धुराका एक जना […]
२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन् । हात्तिबनस्थित एक घरमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको एक नेताले बताए । जसपाका एक नेताका अनुसार प्रचण्ड र यादवसँग विश्वासको मतलाई कसरी […]
काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ५२ जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १२ जिल्लामा आंशिक, बाँकी ४० जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ । […]
काठमाडौँ — प्रतिनिधिसभाको अधिवेशन सुरु हुनु ६ दिनअघि एकै पटक सातवटा अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार यौनहिंसा, फौजदारी कसुर तथा कार्यविधि, औषधि, संवैधानिक परिषद्, सामाजिक सुरक्षा, नेपाली प्रहरी र प्रदेश प्रहरी अनि तेजाब प्रहारसम्बन्धी अध्यादेश जारी गरेकी हुन् । महान्यायाधिवक्ता रमेश बडालले यसअघि नै जारी भएका अध्यादेशलाई फेरि जारी गरिएको बताए । […]
२२ वैशाख, काठमाडौँ । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमणदर फैलिँदै गएको स्वास्थ्यकर्मी बताउँछन्। दैनिकजसो भारतलगायत देशका […]
२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।
बैशाख २०, बाजुरा । बाजुरा जिल्लामा दिन प्रतिदिन कोरोना तिब्र रुपमा फैलिरहेको छ । कोरोना भाइरस फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले निषेधाज्ञा जारि गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । कोरोना भाईरस महामारीका कारण जोखीम बढ्दै गएकोले कोभिड १९ संकट ब्यबस्थापन समितिको निणर्अनुसार बाजुरामा पनि निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए । उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले नागरिकको […]
कोरोना भाइरसको पुरानो भेरियन्टको महामारी चलिरहेकै बेलामा वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं भाइरोलोजिस्ट डा. शेरबहादुर पुनसँग कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामी एकाएक बेहोस भएर ढले । सामान्य रुपमा कुराकानी गरिरहेका उनी एक्कासी बेहोस भएपछि तुरुन्त आकस्मिक कक्षमा लगेर उनको शुरुमा अक्सिजनको मात्रा परीक्षण गरियो । अन्तिममा थाहा भयो कि उनको शरीरमा धान्नै नसक्ने गरी […]
२० वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।
२० वैशाख, बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १४ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ६७ पुगेको छ । आज थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा १० जना बुढिनन्दा नगरपालिकामा १, बुढिगंगा नगरपालिकामा १ हिमाली गाउँपालिकामा १ र स्वामिकार्तिक […]
नेपालमा ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै ७ जनाको मृत्यु भएको छ । महासंघले संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको […]