होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। सुरक्षाका कारण घानी कहाँ छन् भन्नेबारे राष्ट्रपति कार्यालयले कुनै जानकारी दिएको छैन।समाचार संस्था एपीले स्रोतहरूलाई उद्धृत गर्दै घानीले अफगानिस्तान छोडेको बताएको छ। तालिबानका एक जना प्रतिनिधिले […]
सामान्य अवस्थामा कुल ४४ किलोमिटर लामो सडक निर्माण सम्पन्न गर्न कति समय लाग्ला ? बढीमा ५/६ वर्ष या सात वर्ष । तर यस्तो पनि सडक छ, जो राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण सुरु भएको ९ वर्षसम्म पूरा हुन सकेको छैन । रानी–विराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको ६ लेन सडक निर्माणको काम यही अवस्थामा […]
गुल्मी । गत वैशाख १ गते प्युठान भएको जिप दुर्घटनामा परी घाइते सन्दीप परियारको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा चार महीनापछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । मल्लरानी गाउँपालिका वडानम्बर-३ घर भएका २८ वर्षका सन्दीप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी […]
काठमाडौं । सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो […]
नागरिक रैबार बाजुरा २९ साउन । बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.९ को प्रशासनिक भवन निर्माण गर्न उपयुक्त जग्गा छनोटका लागि सेवाक्षेत्रभित्रका समुदायको आम भेलाबाट वडा कार्यालयमा संचारकर्मी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको वडा कार्यालयका सदस्य सचिव गोरख वहादुर रावलले जानकारी दिनुभएको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा कार्यवाहक वडाध्यक्ष […]
काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप […]
काठमाडौँ– काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता […]
अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३ को विशालनगर, मिलनचोकलगायतका क्षेत्र डुबानमा पर्नुका साथै कतिपय घरमा पानी […]
तालीबानी विद्रोही र सरकारबीच भीषण युद्ध चलिरहेको अफगानिस्तानमा कार्यरत नेपालीहरुको सुरक्षाबारे नेपालमा चिन्ता बढ्न थालेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले विहीबार संसदमा बोल्ने क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार नगरिए संसदै चल्न नदिने चेतावनी दिएपछि यो विषयले थप चर्चा पाउन थालेको छ । युद्धरत अफगानिस्तानमा करिब एक हजार भन्दा बढी नेपालीहरु कार्यरत […]
२९ साउन, धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति […]
धनगढी : मनसुन थप सक्रिय हुँदा आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ। आज दिउँसो सुदूरपश्चिमसहित पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस्तै देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली […]
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि […]
नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव गरिएको हो । यसअघि सभापतिको उम्मेदवारी दर्ता शुल्क २० हजार रुपैयाँ रहेको थियो । यसैगरी प्रतिवेदनमा उपसभापतिका […]
२८ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् ।बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय […]
भउचप्रसाद यादव,काठमाडौँ : देशका २६ जिल्लामध्ये सबैभन्दा बढी गरिब घरपरिवार बाजुरामा रहेको देखिएको छ । सरकारले गरेको एक अध्ययनमा बाजुराका कुल घर परिवारमध्ये ७१.१ प्रतिशत गरिब रहेको देखिएको हो । उक्त अध्ययनका अनुसार जिल्लामा कुल २१ हजार ७११ घरपरिवार रहेका छन् । त्यसमध्ये छ हजार ३९३ अति गरिब घरपरिवार पाइएको छ । अध्ययन गरिएका जिल्लामध्ये […]
नागरिक रैबार । बाजुरा २८ साउन । हरेक वर्ष आजकै दिन मनाउने गरेको अन्तराष्ट्रिय युवा बाजुरा जिल्लामा पनि २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस बडीमालिका नगरपालिकाको सभाहलमा विभिन्न क्षेत्रका युवाहरु जम्मा भई एक औपचारिक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । “खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवपर्वद्धन” भन्ने मुल नाराका साथ २२ औँ […]
पोखरामा जुवा खेलिरहेको अवस्थमा १३ जना पक्राउ परेका छन् । पोखराको उत्तम चोकमा जुवातास खेलिरहेका अवस्थामा खालबाट ७ जना महिलासहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका १० उत्तम चोकमा भाडामा बस्दै आएकी सरु गुरुङले घर भाडामा लिएर तास खेलाइरहेको अवस्थामा १३ जनालाई साढे ३ लाख रुपैया नगदसहित वडा प्रहरी कार्यालय राम […]
आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् समिर श्रेष्ठले भने, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही […]
२८ साउन, कालिकोट। कालिकोटमा बालविवाहको घटना बढ्दै गएका छन् । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो । किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह […]
काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो । ‘टोली गएको छ, उसले स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गर्नेछ र मुचुल्का बनाएर प्रमाणको रुपमा ल्याउनेछ’ […]