होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : बझाङको थलारा गाउँपालिकामा गएको पहिरोमा अझै १९ जना बेपत्ता छन्। कार्तिक २ गते थलारा गाउँपालिका वडा नम्बर ४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बेपत्ता भएका थिए भने शनिबारसम्म चार जनाको शव भेटिएको छ। उनीहरुमध्ये तीन जनाको सनाखत भइसकेको छ भने आज भेटिएका एक जनाको भने अझै सनाखत हुन सकेको छैन। आयुष […]
नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन […]
काठमाडौं । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ । प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ […]
बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए । यस्तै २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । छ देखि […]
काठमाडौँ – अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। त्यसका लागि नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ । युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप […]
काठमाडौँ — बेमौसमी वर्षापछि आएको बाढी र हुरीले १६ जिल्लामा मात्रै ७ अर्ब २२ करोड रुपैयाँ बराबरको दुई लाख ५८ हजार ९२ टन धानमा क्षति पुर्याएको छ । लुम्बिनीका १०, प्रदेश १ का तीन र सुदूरपश्चिमका दुई जिल्लाबाट उक्त परिमाणमा धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक विवरण छ । धान उत्पादन हुने मुख्य पकेट […]
धनगढी : कैलालीको धनगढीसहित अधिकांश भाग हुस्सु/कुहिरोले ढाकेको छ। हुस्सु लागेपछि धनगढी र आसपासको क्षेत्रमा तापक्रम पनि घटेको छ। यस्तै आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर […]
धनगढी: सुदूरपश्चिम सरकारले आज (शनिबार)देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। आज हेलिकोप्टर प्रदेशका सातै जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्। क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले आज राहत लिएर जाने बताएकी हुन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी […]
कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। सबैभन्दा बढी डोटीमा १५, बझाङमा ८, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ। पहिरोमा च्यापिएर प्रदेशमा २४ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बझाङमा २१, कैलाली, बैतडी र डोटीमा एक÷एक जना बेपत्ता छन्। बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत […]
दुईवटा प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएका छन् । बागमती र प्रदेश १ मा अल्पमतमा परेका मुख्यमन्त्री फेरिने भएका हुन् । नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । कार्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि […]
१ कात्तिक, काठमाडौं । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ […]
१ कात्तिक, काठमाडौं । सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
डडेल्धुराः डोटी र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टमा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा डडेल्धुरामा देशभरमै धेरै १ सय १६ मिलिलिटर वर्षा भएको हो। यस्तै, डोटीमा ९५.३ मिलिलिटर र धनगढीमा ८०.१ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले रंगुन नदी तथा सो क्षेत्रका अन्य स–साना नदीहरूमा […]
काठमाडौँ- मौसम बदली भएसँगै आज देशका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ । यस्तै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बंगालको खाडी र मध्य भारतमा रहेका […]
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका […]
वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ । सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकतर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका […]
धनगढी: सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।राजमार्गको भासु भीरमा वर्षाका कारण हिजो राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। राजमार्ग अवरुद्ध बनेपछि अहिले त्यहाँ यात्रु अलपत्र परेका महेन्द्रनगरबाट डडेल्धुरा गइरहेका विष्णु पनेरुले बताए। केहीबेरमै डोजर लगाई पहिरो पन्छाइने प्रहरीले बताएको छ।
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । साथै नेकपा (एस)ले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ । नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी र संगठन संरचना स्पष्ट पारेका छन् । असोज २८ गते जारी गरिएको […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल […]