होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२७ माघ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार जसो घटिरहेको बजार बिहीबार ११ दशमलव ९६ अंकले घटेर २ हजार ८ सय १ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७० अंकले घटेको […]
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारलाई जिम्मा दिन कानुनी समस्या रहेको बताएका छन् । बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले गरेको कार्यक्रममा उनले एसईई सञ्चालन गर्ने जिम्मा प्रदेशलाई दिन कानुन निर्माणको तयारी भइरहेको पनि बताए । ‘सबै कुराहरु प्रदेश सरकारलाई दिन कानूनतः अफ्ठ्यारो छ’ उनले भने, ‘हामीले कसरी कक्षा […]
२७ माघ, काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी […]
काठमाडौं । सरकारले फेरि बजेट खर्चको लक्ष्य घटाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएका हुन् । सरकारले १५ खर्ब ४६ अर्ब अर्थात् ९४.७ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको छ । यसैगरी, चालु खर्च १० खर्ब ३५ अर्ब, पुँजीगततर्फ तीन खर्ब ४१ अर्ब र […]
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका छन् । बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताएका हुन् । मेयर […]
२७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने […]
२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष सहभागी […]
काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले बुधबार जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको २३ माघको आदेशानुसार मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना […]
वीरेन्द्र भट्ट धनगढीः महाकाली सिँचाइ आयोजनाअन्तर्गत भारततर्फको नहर निर्माणको काम अन्तिम चरणमा छ। तर, नेपालतर्फ भने साढे १२ किलोमिटर मूल नहर निर्माणबाहेक अरू प्रगति हुन सकेको छैन। आर्थिक वर्ष २०६४/०६५ देखि नहर निर्माणको काम सुरु भएको थियो। नेपालतर्फ ब्रह्मदेवदेखि मुसेपानीसम्म साढे १२ किलोमिटर नहर निर्माण भएको छ। यो वर्ष मुसेपानीसम्म पानी पुगाउने लक्ष्य छ। त्यसकै […]
काठमाण्डौँः विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने एक महिलालाई प्रहरीले काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको छ। पोखरा घर भएकी ३७ वर्षकी डाक्टर क्रिष्टना गुरुङ नाम राखेकी कान्ति राना गुरुङले जर्मनी पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीपछि पीडितको जाहेरी अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई गएको […]
काठमाडौंः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चुनावी गठबन्धन हितकर नहुने सुझाव दिएका छन्। प्रचण्ड निवास खुमलटारमा आज भएको भेटका क्रममा नेता कोइरालाले कम्युनिष्टले कांग्रेसलाई भोट दिने विश्वास आफूलाई नभएको बताएका हुन्। समसामयिक राजनीतिक विषयमा झण्डै १ घण्टा छलफल गरेका दाहाल र कोइरालाबीच गठबन्धन, चुनावी तालमेल, एमसीसीलगायतका […]
दार्चुला: भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ। १४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरि आगामी माघ २९ गते बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलामा नेपाल–भारत जोड्ने ६ वटा सीमापुलसहित बैतडीका सीमा नाकाहरु बन्द […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै […]
धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधबार २५ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६८ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उपचार भइरहेको छ। […]
धनगढीः नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ। स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो। उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
२६ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । उनले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गरेका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको […]
मोरङ–विराटनगर महानगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा वर्षौंदेखि सुकुम्बासीका रूपमा महानगरका विभिन्न वडामा बसिरहेका भूमिहीन दलित र अव्यवस्थित बसोबासी पहिचान गरी व्यवस्थित बसोबास गराउने भएको छ । विराटनगर महानगर प्रमुख भीम पराजुली, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र सदस्यसचिव अमिरप्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भूमिहीनको समस्या समाधान गर्ने […]
धनगढी : बाजुरामा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरका एक शिक्षक पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ झलारी घर भई बाजुराको सेती कर्णाली एकेडेमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भीम ठगून्ना पक्राउ परेका हुन्। उनले राति होटलेमा सुतिरहेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्दा दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको […]
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे छलफल भएको हो । नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार गृह मन्त्रालयले […]
धनगढी : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशसहित कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभाग लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार (आज) सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहने र प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। […]