होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडीः बैतडीमा भीरबाट लडेर एक छात्रा गम्भीर घाइते भएकी छन्। जिल्लाको पाटन नगरपालिका–२ भुलकट्टेकी १६ बर्षीया सावित्री पाण्डेय बुधबार बिहान विद्यालय आउने क्रममा भीरबाट लडेर घाइते भएकी हुन्। पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययनरत पाण्डेय विद्यालय आउने क्रममा खेती भन्ने ठाउँमा बाटोबाट लडेर झण्डै ७० मिटर तल खोलामा खसेकी विद्यालयका प्रधानाध्यापक […]
काठमाडौं- गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर […]
धनगढीः कैलाली कारागार तोडेर भागेका देवसिंह ठकुरी १२ वर्षपछि भारतबाट पक्राउ परेका छन्। ठकुरीलाई भारतमा लुकेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो। ठकुरी कैलाली कारागारबाट भागेका थिए भने भारतमा पनि उनीमाथि लाखौं रकम चोरीको मुद्दा लागेको थियोे। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए।
हुम्लाः सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ। सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन।सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन्। यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार […]
काठमाडौँ । नेकपा एमालेका महासचिव केही समययता सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् । महासचिव पोखरेलले दैनिक जसो फेसबुकमा लेख्ने गरेका छन् । उनका कतिपय पोस्टहरू विवादित समेत बन्दै आएका छन् । बुधबार बिहान पनि पोखरेलले आफ्नो पेजमा तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु […]
धनगढी – नेकपा एमालेबाट विद्रोह गरेका डा. भीम रावल यतिबेला ‘मातृभूमि जागरण अभियान’का साथ गृह प्रदेश सुदूरपश्चिमको दौडधुपमा छन् । पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले जागरण अभियान घोषणा गरेका थिए । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले रावललाई पुस १० गते पार्टीको सङ्गठित सदस्य नै नरहने गरी निष्कासन गरेको थियो । लगत्तै रावलले […]
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले […]
काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार नै समितिको बैठक बस्ने भनिएपनि प्रतिनिधिसभा बैठकका कारण सो दिन बस्न सकेको थिएन । सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, […]
काठमाडौं । घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् । एमालेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ । ६ […]
काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको जारी बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूबाट अवरोध सिर्जना भएपछि स्थगित गरिएको हो। प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठकमा विशेष समय सुरु हुनै लाग्दा अवरोध गरेका हुन् । उपसभामुख इन्दिरा रानाले शून्य समय सकिएर विशेष समय […]
नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि होटलमा बोलाएर कुटपिट र चक्कु प्रहार भएको छ । सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका-१० स्थित चैनपुरमा रहेको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कने क्रममा उनीमाथि चक्क प्रहार भएको हो । पत्रकार सिंहका अनुसार आफू खाना खाएर कोठा फर्कने क्रममा आफूलाई बोलाएर केही कुरा गर्नु छ भन्दै […]
काठमाडौं, २८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले जनताको बहुदलीय जनवादले एक दलीय, दुई दलीय वा दलविहीन व्यवस्थालाई स्विकार नगर्ने भन्दै महासचिव शंकर पोख्रेललाई कडा जवाफ फर्काएका छन् । उनले जबजले दलहरुबीचको प्रतिष्पर्धाबाट श्रेष्ठता सावित गर्ने राजनीतिक मान्यतालाई आत्मसात गर्ने पनि स्मरण गराएका छन् । फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै […]
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो […]
काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४औं वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टंगालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी […]
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार […]
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई ‘जनयुद्ध’ दिवस भन्न रूचाउनेहरू पनि रहेको टिप्पणी गरेका छन्। प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो। यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन्। प्रजातन्त्र दिवसलाई […]
धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीलाई बिहीबार साँझ धनगढीस्थित पुरानो भन्सारमा बस्ने १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढीमा आफन्तकोमा बस्दै आएकी थिइन् । विद्यालयबाट घर फर्किने […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका छन् । शनिबार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ६ वटा अध्यादेशबाट २९ वटा कानुन संशोधन गर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कानुनका कमी, कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गरे । […]
काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिए । उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पार्टीले राजनीतिक […]
नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद जस्ता अमानवीय र निकृष्ट व्यवहार वर्गीय र राजनीतिक समस्या भएको उल्लेख गरे । यसलाई राजनीतिक रुपमा नै हल गर्न विशेषाअधिकारको नीति आवश्यक रहेको र यसलाई सबैतिर लागु गरेर लैजानुपर्ने उनको भनाई थियो । जनयुद्धसहित […]