होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा भीरबाट लडेर एक छात्रा घाइते
समाचार

बैतडीमा भीरबाट लडेर एक छात्रा घाइते

  • नागरिक रैबार
बैतडीमा भीरबाट लडेर एक छात्रा घाइते

बैतडीः बैतडीमा भीरबाट लडेर एक छात्रा गम्भीर घाइते भएकी छन्। जिल्लाको पाटन नगरपालिका–२ भुलकट्टेकी १६ बर्षीया सावित्री पाण्डेय बुधबार बिहान विद्यालय आउने क्रममा भीरबाट लडेर घाइते भएकी हुन्।

पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययनरत पाण्डेय विद्यालय आउने क्रममा खेती भन्ने ठाउँमा बाटोबाट लडेर झण्डै ७० मिटर तल खोलामा खसेकी विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए।

उनलाई उद्धार गरेर सिलंगा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार