होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेपाली कांग्रेसको दोस्रो पंक्तिका नेताहरुले गठबन्धन गर्नुहुन्न भनेर उत्ताउलो कुरा गरेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसको शीर्ष नेतृत्व गठबन्धनप्रति सकारात्मक भए पनि दोस्रो पंक्तिका नेताहरुले उत्ताउलो कुरा गर्ने गरेको टिप्पणी कांग्रेसभित्रै भइरहेको बताए । ‘शीर्ष नेतृत्वले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका […]
काठमाडौं । अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ । गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना लिन लागिएको हो । उनीहरूको पोसाकका लागि समेत बजेट विनियोजन […]
धनगढी — प्रदेशसभाले सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा गरेको चार वर्ष पुग्न थाले पनि अहिलेसम्म राजधानी कहाँ बनाउने भन्ने सामान्य प्रक्रियासमेत पूरा गर्न सकेको छैन । ०७५ असोज १२ गते बसेको प्रदेशसभाको बैठकले चुरे भावर क्षेत्रको प्राचीन जैविकमार्ग क्षेत्र कैलालीको गोदावरी नगरपालिका वडा नं २ र ४ को तेघरी जंगलमा स्थायी राजधानी निर्माण गर्ने निर्णय गरेको थियो । […]
दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताएका हुन् । ‘स्वास्थ्य उपचार नागरिकको जीवनसँग जोडिएको सबैभन्दा महत्वपूर्ण कुरा हो’ उनले भने, ‘यसमा राजनीतीकरण गर्न थालिए […]
साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ । मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको हो । अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब (पहेँलो कार्ड) ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन् । साँफेबगर–१४ पातलकोटमा […]
रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार कार्य सम्पन्न भएको छ ।जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिएका हुन् । रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक […]
काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख […]
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताएका छन् । बुधबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताए । ‘केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्नै उनले भने, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्छ । यसलाई सम्झौताको अंग बनाउनुपर्छ ।’ यही फागुन १५ गते प्रतिनिधिसभाले १२ […]
a, काठमाडौं । अनुमतिबिना विभिन्न स्थानमा उडाउँदा जफत भएका २० वटा ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणले लिलाम बिक्री गर्ने भएको छ । मानवरहित हवाई उपकरणहरु जफत भएपछि प्राधिकरणमा बुझाउने गरिन्छ । खासगरी गृह प्रशासनबाट यस्तो ड्रोनहरु जफत हुने गरेको छ । प्राधिकरणले बुधबार बोलपत्र आह्वान गर्दै ड्रोन लिलामका लागि आह्वान गरेको हो । २० वटा […]
धनगढीः हिजोदेखि नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको एक अडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। पाललेले अश्लील शब्दमा गाली गरेको अडियो सञ्जालमा भाइरल भएको हो। अडियोमा पालले अश्लील शब्दमा गाली गरेर ज्यान मार्ने धम्की समेत दिएको सुनिन्छ। उक्त अडियो एमालेकै अनेरास्ववियूका कार्यकर्ता यज्ञ भट्टलाई गाली पालले गाली गरेको भएको खुलेको छ। उनले अडियोमा भनेका छन् […]
काठमाडौँ — संविधानले महिलाका हक अधिकार र राज्यका सबै क्षेत्रमा प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । सामाजिक, आर्थिक र राजनीतिक रूपमा समेत महिलाहरूको पहुँच र प्रतिनिधित्व बढ्दो छ । तर, दलित समुदायका महिलाको जीवनस्तरमा सुधार आउन सकेको छैन ।दलित महिलाले समग्र महिलाले भन्दा भिन्न विभेद र उत्पीडन खेप्न बाध्य छन् । उनीहरू अझै पनि सामाजिक संरचनामा सबैभन्दा पिँधमै छन् । घरभित्र […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् । नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताए । पार्टीको केन्द्रीय समितिमा उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियर लगायतको समुचित प्रतिनिधित्व भयो भने सही आर्थिक […]
धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेय बिहीबार सुदूरपश्चिम आउने भएका छन्। उनी बैतडीमा एक आमभेलालाई सम्बोधन गर्न आउन लागेका हुन्। नेपाली कांग्रेस बैतडीले मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकालाई लक्षित गरेर आमभेलाको आयोजना गरेको छ। कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दका अनुसार शिवनाथको सुल्लेखानमा हुने आमभेलालाई सम्बोधन गर्न सहमहामन्त्री पाण्डेय भोलि बैतडी जान लागेका […]
काठमाडौं, फागुन २५ । राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो । इच्छुक र योग्य व्यक्तिले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति […]
स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ । सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो । छात्राबासका वार्डेनले […]
काठमाडौँ — ज्येष्ठ नागरिकको सम्पत्ति हस्तान्तरणका लागि ‘इच्छापत्र’ को व्यवस्था गर्न राष्ट्रिय समावेशी आयोगले सरकारलाई सिफारिस गरेको छ । पैतृक सम्पत्ति हात पार्ने लोभमा बाबु–आमालाई हेला गर्ने प्रवृत्ति देखिएको भन्दै आयोगले उनीहरूको संरक्षणका लागि पहल थालेको हो । आयोगले ‘ज्येष्ठ नागरिक सम्बन्धमा नेपालमा भएको कानुनी व्यवस्था, त्यसको कार्यान्वयनको अवस्थासमेतको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन–२०७८’ मा यस्तो सिफारिस गरेको […]
धनगढीः आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ३९ स्थानीय तहलाई एकीकृत […]