होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन्।अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या (२ करोड ९१ लाख ९२ हजार ४८०) को २० प्रतिशत भन्दा बढी अर्थात् लगभग ६० लाख मतदाताहरू विदेशमा छन्। कुल खस्ने मतको हिसावअनुसार यो आधा भन्दा धेरै हो। त्यस्तै मतदानको काममा खटिने कर्मचारी २ लाख […]
सिमकोट । स्थानीय तहको निर्वाचनको मतदान गर्न केही दिन बाँकी छ । नेता तथा कार्यकर्ता जनताका घरदैलो पुगेर विभिन्न आश्वासन दिदै हिंडिरहेका छन् ।यता मतदाता भने आफ्नोमात्र पेट भर्ने र आफ्नोमात्र पोल्टो भर्ने नेता आफूहरुलाई नचाहिएको बताउन थालेका छन् । गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका-६ की काली रोकायाले […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएकी छन् ।राष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरका अवसरमा शुभकामना दिएकी हुन् । प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका […]
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको पोखरेलले बताए ।
स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ । नेपाल प्रहरीको कमाण्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म ज्यान गइसकेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको ११ वैशाखदेखि २६ वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो । […]
धनगढीः नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै हालतमा माफी नदिने चेतावनी दिएका छन्। सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले बागीलाई कारवाही गर्ने चेतावनी दिएका हुन्। ‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु। बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। बागी […]
डडेल्धुराः डडेल्धुरामा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले जिल्लाभर आज वैशाख २६ गतेदेखि मदिराको बिक्रीवितरण, ओसार–पसार तथा सेवनामा पूर्णरूपमा रोक लगाइएको हो। प्रशासनले हिजो आइतबार एक सूचना जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि सोमबारदेखि निर्वाचन परिमाण घोषणा नहुन्जेलसम्म […]
धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताए । उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ […]
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् । आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए । सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई […]
बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए । घटनाको […]
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे । ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो,’ उनले […]
२६ वैशाख, जुम्ला । हिमा गाउँपालिकामा दश दिनदेखि अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनमा आएको छ । टेलिफोन सेवा सञ्चालनमा आएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार हिमा रहेको टेलिफोन टावरको हर्न भन्ने सामग्री क्षति भएपछि काठमाडौंबाट सामग्री ल्याएर जोडिएको छ । प्रमुख श्रेष्ठका अनुसार अहिले त्यहाँ क्षमता बढाइएको छ । […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ३२ मा सत्ता गठबन्धनका प्रमुख तीन दलले चुनावमा सहकार्य गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सहकार्य गर्ने निर्णय गरेका हुन् । अब वडाध्यक्षकी उम्मेदवार एकीकृत समाजवादीकी सीता कँडेल पराजुली सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनेकी छन् । त्यस्तै महिला सदस्यकी उम्मेदवार एकीकृत समाजवादीकी […]
टीकापुरः यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्। स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन्। निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि आफ्नो […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि आक्रमण गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि नेकपा एमालेबाट सांघातिक हमला भएको भन्दै निन्दा गरेका […]
धनगढी । सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कैलाली आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागी उम्मेदवारका लागि मत मागेका छन् । सोमबार बिहान कैलारी कैलारी गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका हुन् । ‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका […]
काठमाडौँ: काठमाडौं महानगरपालिकामा नेकपा एमालेतर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्। सोमबार काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले भने, ‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ। यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ।’ भोट नहाल्दा तिमी […]
सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया […]
डोटी र। बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने उम्मेदवारलाई जसले विद्युत् र सञ्चार बिस्तार गर्छ उसैलाई भोट दिने पक्षमा आफूहरू रहेको बताएका छन् । ‘हाम्रा अधिकांश गाउँ वर्षौंदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन अवस्थामा छन्, जसले विद्युत् र सञ्चार बिस्तार गर्छु भनेर कमिटमेन्ट गर्छ उसैलाई […]