होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः महालेखाले सुदूरपश्चिम प्रदेशसभा सचिवालयले ०७७/७८ मा पदाधिकारी र कर्मचारीको बैठकबापतको ३८ लाख ६ हजार खर्च नियमविपरीत गरेको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदन ०७९ को प्रदेशसभा सचिवालयअन्तर्गत बैठक खर्च शीर्षकमा भनिएको छ, ‘सचिवालयको मुख्य काम नै कानुन निर्माण गर्ने हो। सचिवालयका पदाधिकारी र कर्मचारीको बैठक भत्तामा ३८ लाख ६ हजार खर्च भएको छ। कार्यालय समयमा […]
बाजुरा । बाजुराका किसानले उत्पादन गरेको स्याउ भदौ दोस्रो हप्ता बजारमा आउने भएको छ। बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज बजारमा भदौ दोस्रो साता आउने भएको हो। हिमाली जिल्ला बाजुराको ५ हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीबाट यो वर्ष २ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। जिल्लाको दुई […]
काठमाडौँ- आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत वैशाख […]
पाल्पा — माथागढी गाउँपालिका–४, झडेवाकी खुमा गाहाले दुई महिनामा ३ लाख ६० हजार बढी कमाइन् । बारीको खुर्सानीबाट अझै ६० हजार थपिने पक्का छ । दुई महिनाअघि लगाएको खुर्सानीबाट अहिले दैनिक नगद हात पर्ने गरेको छ । गाउँमै संकलन गरेर बटुवल, पोखरा, तानसेन बिक्रीका लागि लैजाने गर्छन् । ‘हामीले दुःख गरे अनुसारको मूल्य नपाए पनि बिक्री गरेर हातमा पैसा […]
बाजुरा । सुदुरपश्चिमको दार्चुला, बैतडी, बझाङ, बाजुरा, ढडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली जिल्लामा पहिचान भएका २२४ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको कार्यलाइ अघि बढाएका छन् । २५ मेगावाट क्षमतादेखि १०० मेगावाटसम्मका १६३ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट क्षमतासम्मका ४७ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १४ मेगावाटका आयोजनाले उत्पादन अनुमति […]
काठमाडौं । चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो । […]
धनगढी: बिहीबार सुदूरपश्चिममा वर्षा भइरहेको छ। धनगढीसहित प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको हो। आज सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ। प्रदेश नं १, मधेस प्रदेश र […]
प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मंसिर […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालकिा वडा नं. २६ का विनोद सिंह राजपुतले ३ बिघा धान खेती गरेका छन् । धानमा रासायनिक मल हाल्नुपर्ने बेला भइसकेको छ । तर मल पाइराखेको छैन । धान रोप्दा ७० रुपैयाँ प्रति केजीका दरले ७५ किलो डीएपी किनेर काम चलाएका उनी अहिले मल नपाउँदा हैरान छन् । आफ्नो मात्रै खेत भएदेखि […]
धनगढीः बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमीका र तीन वर्षीय छोरा मोहित मृत फेला परेका हुन्। उनीहरु घरभन्दा […]
बुधबार बिहान काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना […]
काठमाडौं । कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो । जबकी ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात (२) मा झरेको थियो । १ असारमा पनि संक्रमणदर […]
काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहको प्रशासकीय प्रमुख पदमा एक तह माथिको सेवाको कर्मचारी खटाउने प्रस्ताव गरेको छ । निजामती सेवा ऐनको प्रस्तावित संशोधन विधेयकमा प्रदेश सरकारको प्रमुख सचिव संघीय निजामती सेवाको र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा प्रदेश निजामती सेवाको कर्मचारी खटाउने तयारी गरेको हो । प्रस्तावित विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवमा संघीय […]
आफू अनुकूल कर्मचारी नपाएको भन्दै स्थानीय तहले मन्त्रालयले पठाएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेर गएको छ । साउन महिनामा मात्रै साविकको धौलागिरिका दुई स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् । बागलुङको निसीखोला गाउँपालिकाले मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएका कर्मचारी फिर्ता पठाएको छ । मन्त्रालयले खटाएका कर्मचारीलाई […]
काठमाडौं । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो । अहिले चालकलाई मात्रै अनुमतिपत्र मात्रै दिने व्यवस्था छ […]
काठमाडौं । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ । अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ । ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । हेर्नुहोस् जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने बताएका छन् । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पुगेका नेता ज्ञवालीले अहिले सत्तारुढ दलले गरेको गठबन्धन मुलुक र लोकतन्त्रका लागि अस्वस्थकर रहेको भन्दै एमाले त्यस्तो गठबन्धनको पक्षमा नरहेको बताएका हुन् । ‘अहिले […]
धनगढी । कैलाली भन्सार कार्यालयको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको समान बरामद गर्न खोज्दा विवाद भएको छ ।सोमबार राति धनगढी उपमहानगरपालिका–२ का दुई जना महिलाले भारतबाट अवैध रुपमा ल्याएका सुट लगायतका समान भन्सार कार्यालयको गस्ती टोलीले बरामद गर्न खोज्दा विवाद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीका अनुसार […]
काठमाडौं । सांसद लक्ष्मी कुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ । मंगलबार प्रतिनिधिसभामा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा उनले यस्तो […]
बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका थिए । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । […]