होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
नागरिक रैबार माघ २ धनगढीं धनगढीको मुख्य बजारमा रहेको बडीमालिका दोहोरी साँझमा भएको दुई युवा समुहवीचको विवादले मुल सडकमा झडप हुँदा १ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दोहोरो झडपमा परी घाईते हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ बर्षीया समिर तियाली रहेको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका […]
सुदूरपश्चिम प्रदेशमा आउँदो माघ १ गते सार्वजनिक विदा हुने भएको छ। सुदूरपश्चिम सरकारले माघे संक्रान्ति र माघी पर्वकाको अवसरमा १ गते सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा विदा दिईएको जनाएको छ। यसअघि ८ साउनमा बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
२८ पुस, काठमाडौं । पाँच बुँदे घोषणा पत्र जारी गर्दै क्रियाशील दलित पत्रकार संघ(आड्जोन)को ‘सुदूरपश्चिम सम्मेलन’ सम्पन्न भएको छ । कैलालीको धनगढीमा दुई दिनसम्म चलेको सम्मेलनले प्रत्येक जिल्लामा क्रियाशील पत्रकारहरुलाई संगठित गर्ने, सरकारले संघ, प्रदेश र स्थानीय तहमा बनाउने सञ्चार नीतिहरु समावेशी लोकतन्त्रको मुल्य मान्यता अनुरुप बनाउनका लागि अपिल गर्ने, दलितका मुद्दाहरु बढीभन्दा बढी मिडियामा […]
सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ। हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा सथानीयलाई सास्ती हुने गरेको छ। स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मीले सङ्घ रोजेर गएपछि डोटीलगायत समग्र सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको हो। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार डोटीसहित समग्र […]
धनगढी विमानस्थल फेरी माघ १० गते सम्म आशिंक बन्द रहने भएको छ। दोश्रो पटक पुस २१ गते सम्मका लागि विमानस्थल आशिंक बन्द गरिएकोमा फेरी तेश्रो पटक समय बढाउँदै माघ १० गते सम्म आशिंक बन्द रहने भएको हो। पुस १ गतेदेखि नै पूर्ण रुपमा सञ्चालनमा आउने भनिएकोमा काम अधुरै रहेको भन्दै २१ गते सम्मको लागि आशिंक […]
मौसममा बद्ली भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा फेरी हिमपात भएपछि विभिन्न राजमार्ग अवरुद्ध भएको छ। अत्तरिया– डडेल्धुरा भीमदत्त राजमार्ग र डडेल्धुरा बैतडी दशरथ चन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार भीमदत्त राजमार्गको हगुल्टे र दशरथ चन्द राजमार्गको अनारखोलीमा भारी हिमपात भएको छ। डडेल्धुरा सदरमुकाममै पनि केही ठाउँमा एक फिट […]
बिहिवार रातिदेखि भईरहेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। डडेल्धुरा, डोटी, बैतडी, बझाङ, बाजुरा, लगायतका जिल्लामा हिमपात भईरहेको छ। हिमपातपछि बढेको चिसोले जनजीवन प्रभावित भएको हो। अहिले भने मौसम पुर्वानुमान महाशाखाले अनुसार अबको केही दिन तापक्रम घटबढ भइरहने छ। पश्चिमी वायु सक्रिय भएकाले अझै देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका […]
पहिलो चौमासिकमा ५ प्रतिशत भन्दा कम बजेट खर्च गरेको सुदूरपश्चिम प्रदेश सरकारले अवको चार महिनामा बजेट खर्चलाई गति दिने निर्णय गर्दै समिक्षा सम्पन्न गरेको छ। दोश्रो चौमासिकसम्म बजेट खर्च ८० प्रतिशत पुगाउने लक्ष्य सहित पहिलो चौमासिकको समिक्षा आज धनगढीमा सम्पन्न भएको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न समिक्षामा लोकसेवा आयोगको प्रक्रिया अघि बढाएर ९० दिन […]
१७ मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवाखेल सोमबार डोटीमा पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करिब पाँचदेखि सात दिनसम्म खेल खेलिने भएको सो वडाध्यक्ष मदन भण्डारीले बताए ।उनका अनुसार डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो । कम्तीमा पनि […]
सुदूरपश्चिममा भएको उप–निर्वाचनमा नेकपाले कांग्रेसका दुई सिट खोसेर एक गुमाएको छ। प्रदेशका पाँच जिल्लाका सात वडामा अध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाले ५ र कांग्रेसले २ स्थानमा जित हात पारेका छन्। ती मध्ये नेकपा, अछाम र बाजुरामा यसअघि काँग्रेसले जितेका दुई स्थानमा विजयी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ५ र त्रिवेणी नगरपालिका १ बाजुरामा […]
सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्र व्यवस्थापन र अन्य तयारी पूरा गरेका छन्। जिल्ला निर्वाचन कार्यालयहरुले सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका र मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री पठाइसकिएको जानकारी दिएका छन्। डोटीका जिल्ला निर्वाचन अधिकारी दलवहादुर मलासीले सबै सुरक्षा निकायको सहभागितामा […]
सुदूरपश्चिम प्रदेश सभाले माइक फेर्न पनि दाताको पैसा लिएको छ । सरकारले राखिदिएका हातेमाइक हटाएर युएनडिपीको पैसामा डिजिटल माइक राख्न राखेको हो ।प्रदेश सभा सचिवालयले सभामुख तथा प्रदेश सभा सदस्यको कुर्सीअगाडि राखिएका माइक फेर्न लागिएको जनायो । त्यस्तै, सभामुखको कुर्सीपछाडि र हल बाहिर भिडियो डिस्प्ले पनि युएनडिपीकै सहयोगमा राख्न लागिएको प्रदेश सभा सचिव रामसिंह धामीले बताए । युएनडिपीकै सहयोगमा […]
बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवविहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। सचिवविहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। साविकको छ गाविसका छ वटा प्राविधिक सहायकलाई नौ वटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ। तीन जनाले दुई वडा र अन्य तीन जनाले […]
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ४ प्रतिशत मात्र बजेट मात्रै खर्च गरेको छ। विकास निर्माणका कामलाई तिव्रता दिदै बजेट खर्चको अवस्थालाई सुधार गर्ने दावी गरिएपनि प्रदेश सरकारले पहिलो चौमासिकमा चार प्रतिशत बजेट मात्र खर्च गर्न सकेको हो। चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले पहिलो […]
धनगढी – धनगढी विमानस्थल १ महिनाको लागि दैनिक ४ घण्टाका लागि बन्द हुने भएको छ । आजदेखि दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्मका लागि बन्द हुने भएको छ । धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिका लागि धनगढी विमानस्थल मंसिर १ गते देखि एक महिना बन्द हुने भएको हो । गत जेठमा १८ सय […]
अत्तरिया – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ वटा रिक्त वडाध्यक्ष पदका लागि २० जनाको उम्मेद्धारी परेको छ । सुदूरपश्चिममा बाजुराको त्रिवेणी नगरपालिका –१, डोटीको आदर्श गाउँपालिका २, कञ्चनपुरको पुर्नवास नगरपालिका ३, बैतडीको पुचौंडी नगरपालिका ४, सुर्नया गाउँपालिका१ र दोगडाकेदार गाउँपालिका ४ मा रिक्त वडाध्यक्ष पदका लागि उम्मेद्धारी परेको छ । बाजुराको […]
बैतडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। बलात्कारको आरोपमा जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय सोबी चन्द र सोही ठाउँका ५१ वर्षीय रामी लुहार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार गत कार्तीक २६ गते मेलौली जात्राबाट घर जाने क्रममा राती […]
डोटीका विभिन्न स्थानीय तह अन्तर्गतका १० वडा कार्यालय स्वास्थ्य संस्था विहीन रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए। […]
भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले […]