होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डोटी । जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो । वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्व तीरको गणेश नेगीको पसल, पश्चिम […]
धनगढी: हालै सामाजिक सञ्जालमा एक फोटो भाइरल बनेको छ। सामाजिक सञ्जाल ट्विटमा एक प्रयोगकर्ता समर राजले सो तस्विर सेयर गरेका हुन। उक्त तस्बिरमा एक पत्नीको लाचापरिपन देखिएको छ। ती महिलाले आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी देखिन्छन्। अक्सिजन सिलिन्डरको अभावमा ती महिलाले आफ्नो पतिलाई अन्तिम क्षणसम्म मुखबाट सास दिँदै बचाउन खोजिकी जस्तै देखिन्छन्। […]
धनगढी: कोरोना संक्रमणको अवस्था भयाभह भइरहेको भन्दै कैलालीमा लकडाउन गर्ने तयारी थालिएको छ।कोरोना संक्रमण तिव्र रुपमा बढ्न थालेपछि कैलालीमा लकडाउन गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले संकेत गरेका छन्। मंगलबार दिनेशखबरको नागरिक सवालमा कुराकानी गर्दै उनले लकडाउन गर्ने तयारी गरिरहेको बताएका हुन। ‘कोरोनाको संक्रमण तिव्र रुपमा बढीरहेको छ। त्यसैले यसलाई कम […]
१२ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने […]
१२ वैशाख, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा स्थगनको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा शनिबार ताला लगाएका छन् । विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थी संगठनहरुले कोरोना भाइरसको महामारीमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएका हुन् । अनेरास्ववियू अध्यक्ष रोहित गजुरेल, […]
धनगढीः कोरोनाको दोस्रो लहरले छिमेकी मुलुक भारत त्राहिमान भएयता त्यहाँ रहेका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका छन्।रोजगारी गुमाएका तथा कोरोनाको त्रासले उनीहरु स्वदेश फर्किन थालेका हुन्। तर फागुनयता घर फर्किएका मध्ये सुदूरपश्चिम प्रदेशका ६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। शनिबार मात्रै भारतबाट फर्किएका कञ्चनपुरका २ जनाको मृत्यु भएको छ।महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ […]
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको शुक्रबार अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सूदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा […]
१० वैशाख, बझाङ । भारतबाट घर फर्केका बझाङको जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका […]
कञ्चनपुर । स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो । लामो समयदेखि भारतको विभिन्न क्षेत्रमा छरिएर रोजगारीका लागि परिश्रम गरिरहेका सुदूरपश्चिमवासी भारतका केही प्रान्तमा कोरोना सङ्क्रमण पुनः फैलिन थालेपछि स्वदेश फर्किन थालेका थिए । नयाँ वर्षलाई विशु पर्वका रुपमा सुदूरपश्चिम प्रदेशमा […]
धनगढी: धनगढीमा आइसोलेसन लग्ने क्रममा ७ जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट कोरोना संक्रमिण पुस्टि भएको थियो। त्यसपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए। ती […]
बझाङ: नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन्। उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो। सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भएपनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन्। जिल्ला कारागारमा समूहका पाँच जना कार्यकर्ता थिए। यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त […]
यहाँको भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको सुदूरपश्चिम क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरुले भने यो सुन्दर पक्षलाई नै छायाँमा पारिदिएको महसुस हुने गर्दछ । विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविकि विविधता र बहु सांस्कृतिक परम्पराले सुदूरपश्चिम क्षेत्र निकै चर्चामा रहेपनि यहाँको सामाजमा व्याप्त छाउपडीलगायत महिला हिंसाका अरु […]
धनगढी । नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टमाथि खनिएका छन्। माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका भटकाे नेकपा एमालेमा कुनै योगदान नरहेको भन्दै खनिएका हुन्। शनिबार धनगढीमा उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिमले आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता रावलले भने, “जसले पार्टीका लागि पसिना बगायो। भोग भोकै […]
धनगढीः चालु आर्थिक वर्ष २०७७/७८ का लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रका लागि तीन/तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ। विनियोजित उक्त बजेट चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा खर्च गर्ने परिपाटी भने कायमै छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाभित्र ३२ ओटा निर्वाचन क्षेत्र छन्। बजेटको अख्तियारी माघ […]
धनगढी: कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा स्थानीय प्रशासनले आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुनेछन् भने अन्य स्थानीय तहलाई पनि १० […]
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ वर्ष तथा विषु पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। बुधबार शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले सम्पूर्ण सुदूरपश्चिमेलीहरुको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोतर प्रगितका लागि शुभकामना व्यक्त गरेका छन्। कोरोना महामरीबाट प्रदेश अझै मुक्त हुन नसकेको अवस्थामा भौतिक दूरी अपनाउँदै सरकारले अवलम्वन गरेका स्वास्थ्य मापदण्डहरु पालना गरी सतर्कतासाथ विषु […]
धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको सास फेर्ने हावा केही दिनदेखि लगातार प्रदूषित भइरहेको छ।विगत २४ घण्टामा धनगढीको हावा नेपालको वायु प्रदूषण सूचाकांका एक्यूआईमा ४०० नाघेर सबैभन्दा खराब तहमा पुगेको छ। त्यो क्रम अझै जारी छ। किनभने सोमबार पनि नेपाल सरकार वातावरण मन्त्रालयको वायु प्रदूषण पोर्टलमा धनगढीको वायु प्रदूषण सूचकांक ४३० पुगेको देखियो।वायु प्रदूषण एक्यूआई […]
धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमाले(माधव नेपाल) पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफरिस गरिएको छ। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत नेकपा एमालेका निलम्बित प्रदेश संयोजक भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिएका हुन। ‘नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका […]
धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने भएको छ। सोमबारदेखि धनगढीमा सुरु भएको माधव पक्षीय प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने तय गरेको हो। एमालेबाट ६ महिनाका लागि निलम्बित माधव समूहका नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक सुरु भएको छ। सोमबार बैठक नसकिएपछि मंगलवार पनि जारी रहने भनिएको […]
धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा निर्वाचन समितिको कार्यालय स्थापना गरेको छ।महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते हुने निर्वाचनका लागि धनगढीको होटल शुभममा कार्यालय स्थापना गरिएको महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाहले जानकारी दिए। पत्रकार चित्राङ्क थापाको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ। समितिमा अधिवक्ता सिद्धराज भट्ट र पुष्पबिक्रम शाही सदस्य […]