होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१४ मंसिर, बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म […]
१९ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता […]
२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् । […]
काठमाडौं । प्रदेश–५ को स्थायी राजधानीलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदले प्रदेशसभामा तोडफोड गरेका छन् । कानुनले सांसदलाई संसद भवनमा बोल्ने छुट दिएपछि फौजदारी अपराध गर्ने छुट दिएको छैन् । मुलुकी अपराध संहिता–०७४ को दफा–७३ अनुसार सार्वजनिक वा नीजि सम्पति तोडफोड गर्न वा बिगार्न पाईंदैन । तर, नेपाली काँग्रेसका सांसद बसिरुद्धिन खाँ, अष्टभुजा पाठक, […]
१९ असोज, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । दाङको भालुवाङ (राप्ती उपत्यका) लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १४ सांसदले फरक मत राखेका छन् । संसदीय दलको सोमबार बसेको […]
खस्यौंली । प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिएका छन् । सभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उनले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको आरोप लगाउँदै आइका […]
१७ असोज, बुटवल । प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै विवाद भएको छ ।पार्टीका दुई अध्यक्षबीच सहमति भए लगतै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लगेको थियो । त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । १४ जना सांसदले ‘नोट अफ […]
बुटवल : पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । राप्ती नदी किनारमा रहेको खुला चौर देउखुरी उपत्यकालाई राजधानी बनाउने र लुम्बिनी नाम राख्ने प्रस्ताव सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेका हुन् । यसअघि प्रदेश मन्त्रीपरिषद् बैठकले दाङको राप्ती, गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई […]
१६ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने […]
१० असोज, बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् । नगरपालिकाको वडा नं. १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा १७ घर बगाएको थियो । गाउँका ३५ घरमध्ये १७ घर बगाएपछि बाँकी डेढ […]
बुटवल १० असोज । रातभरको वर्षाले रुपन्देहीको विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ । तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको छ । बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको स्थानीय अगुवा टेकराज पन्थीले […]
काठमाडौं, २८ भदाै । देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई आज पाँच वटा प्रदेशमा हल्कादेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाे जानकारी दिएकाे छ […]
परासी । कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली […]
काठमाडौँ- मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको हो । आज दिउँसो पनि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मनसुनी […]
सुर्खेत: प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। […]
धनगढी : धनगढीमा बझाङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशु (छोरा)लाई जन्म दिएकी छन्। शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ। पहिलो शिशुको तौल २२ सय ग्राम, दोस्रोको २२ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ८० […]
३ चैत, काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूबीच आयोजित भिडियो कन्फरेन्स आजका सबै अखबारहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहहरूले समेटेका छन् । ‘महामारी जित्ने र्साकको वाचा’ शीर्षकमा अन्नपूर्णले सार्कका राष्ट्र एवं सरकार प्रमुखबीच भएको भिडियो कन्फरेन्सबारे मुख्य समाचार बनाएको […]
फागुन १४ पोखरा । प्रदेश नं. १ बाहेक अन्य ६ वटा प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधीहरुको लागि बनाइदिएको सेवासुविधासम्बन्धी कानून असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले उक्त अनुसूचीमा रोक लगाइदियो । कात्तिक १ गते सर्वोच्चले रोक लगाएपछि अहिले स्थानीय तहका जनप्रतिनिधी सेवासुविधा विहीन बनेका छन । संविधानको धारा २२७ ले व्यवस्था गरेको छ, “गाउँसभा र […]
प्रदेश ५ ब्युरो बुटवल : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् । प्रदेश […]
बुटवल : ५ नम्बर प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो। गौतम बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन्। यसअघिका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले राजिनामा दिएपछि सो पद खाली रहेको थियो सरकारका प्रवक्ता बैजनाथ चौधरीले श्रेष्ठको राजिनामा स्वीकृत गर्दै गौतमलाई उपाध्यक्षमा नियुक्त गरिएको जानकारी दिए । […]