होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : बझाङमा भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। २२ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। चैत १२ गते बेलुकी कोठामै गई हातमुख च्यापेर जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीपछि जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार पीडित जेठानीको सहायतामा प्रहरीको […]
धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् ।चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । चुरे गाउँपालिकाकीे बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला […]
काठमाडौं । काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।सिरहाको लाहान नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई […]
नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए । उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले […]
पोखरा — लागूऔषध दुर्व्यसनलगायत मुद्दामा पक्राउ परी सजाय भोगेका व्यक्तिले कास्की जिल्ला अदालत तोडफोड गरेको पाइएको छ । पोखरा-१५ टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) लाई प्रहरीले बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । मंगलबार राति अदालतको एक र ६ नम्बर इजलास कक्षको ढोका र दराज फोरेर मिसिल र अन्य महत्त्वपूर्ण कागजात चलाएको […]
बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ । पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए । बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध […]
बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी छन् । संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको […]
बाजुरा: बाजुरामा खुकुरी देखाएर तर्साउन खोज्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–८ का २० वर्षीय काले भन्ने भीम रावल रहेका छन्। उनी होलीको दिनमा नाङ्गो खुकुरी देखाएर फरार रहेका थिए। उनले होलीको दिन दिउँसोको समयमा सदरमुकाम मार्तडी बजारमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा नाङ्गो खुकुरी देखाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। […]
बझाङः बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइ पक्राउ परेका छन्। १२ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिई सोमबार मुद्धा दर्ता गरेको हो। गत चैत्र ६ गते बेलुकी बालिका मेलामा घाँस काट्न जाने क्रममा बालिकाको आमा खेतमा पोस्रो (मल) फाल्न गएको मौका छोपी बालिकालाई छाना (गाइगोठमा) मोबाइलमा फिल्म देखाइ […]
धनगढी । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोपमा लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन् । जिल्ला अदालतले थुुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुुनरावेदन मुुद्दामा उच्च अदालत दिपायलले अभियुुक्तलाई थुुनामा राखेर पुुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको […]
रौतहट: शौच गर्न खेत गएकी महिला रौतहटमा बलात्कृत भएकी छिन्। सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका–२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप लागेको छ। आरोपित पटेल फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए। पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको […]
पोखराः जग्गा बेच्न नमानेको भन्दै १ लाख रुपैयाँ दिएर आमाको हत्या गर्न लगाएको आरोपमा कास्की प्रहरीले पोखरा १२ बस्ने ओमबहादुर नेपालीलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ […]
धनगढी : ससुराली घरबाट अपहरणमा परेका भनिएका कैलालीका एक पुरुष भारतीय प्रहरीको नियन्त्रणमा रहेको खुलेको छ। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरका मीनबहादुर शाहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो। उनलाई कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ स्थित ससुराली घरबाट आइतबार दिउसो ४ बजे बेपत्ता पारिएकाे थियाे। ‘नेपाली नम्बरको स्कुटरमा आएका दुई जना व्यक्तिले […]
धनगढी : गत फागुन २६ गते कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ की २ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार भयो। ज्यालादारी गर्ने बुवा काममा निस्केको र आमा कोठामा खाना पकाइरहेको मौका छोपेर ५६ वर्षीय पुरुषले बालिकामाथि यौन दुर्व्यवहार गरे। बालिकालाई ललाइफकाई ती व्यक्तिले यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले […]
नागरिक रैबार/बाजुरा ३ फागुन । बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा एकजना युवा माथि खुकुरी प्रहारबाट घाइते भएका छन्। बडिमालिका नगरपालिका– ८का अन्दाजी २३ वर्षीय भरत थापा घाइते भएका हुन्।घाइतेको थापाको हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। सदरमुकाम मार्तडीको बीच बजारमा थापामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार […]
काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको […]
काठमाडौंः प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। नवलपरासी हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपछि प्रहरीले सम्झाउने क्रममा प्रहरीलाई हातपात गरेपछि पक्राउ […]
सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका– ८ […]
डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव […]
तनहुँ — नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागि जोशीलाई करिब २ बजे दमौलीबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । जिल्ला अदालतले जोशीमाथि पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो ।नाबालिगलाई जबर्जस्ती करणी गरेको अरोपमा शाह गत फागुन १५ गतेदेखि […]