होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ललितले ती महिलालाई गत आइतबार उनकै डेरा कोठामा गई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट पक्राउ गरेको हो। […]
काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीले जानकारी दिए । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको […]
बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो । क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ […]
काठमाडौं । नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए । डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले […]
काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजूरी परेपछि अनुसन्धान अगाडि बढेको छ । १७ वर्षीया नाबालिगको स्वास्थ्य परीक्षण गरिएको र बयानका आधारमा बसेको होटलमा समेत अनुसन्धान बढाइएको छ । सिनामंगलस्थित होटलको ३०५ नम्बर कोठामा ६ भाद्रको राति सन्दीप लामिछाने नाबालिगसँगै पुगेको प्रमाण फेला परेको छ । सीसीटीभी फुटेजका आधारमा […]
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जनाएको छ । जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको काठमाडौं प्रहरीले भनेको छ । विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौं […]
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए । आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको […]
धनगढी: कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका छन्। गत भदौ १६ गते महाकाली नदीमा पूजा गर्दा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका हुन्। भिमदत्त नगरपालिका १० का सहदेव भट्टले महाकाली नदीको भुजेला घाटमा ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिलाहरुलाई जातकै आधारमा विभेद गरेका थिए। आइतबार पीडित भीमदत्त नगरपालिका ५ का सन्जु […]
काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन्। शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस भन्ने सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए। पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर छन्। उनलाई अभद्र व्यवहारसम्बन्धी […]
धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट १० जना जुवा खेलाडी पक्राउ परेका छन्। सोमबार राति साडेपानी बजारको एक होटेलमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो प्रहरीले खान तलासी गर्दा ८८ हजार नगद, ६ वटा मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए। पक्राउ परेकाहरू साडेपानी, बौनिया, लम्की […]
धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरेर इलाका […]
बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा […]
तिलोत्तमा — मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आरोपित गोतामेलाई […]
काठमाडौं । प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए […]
बाजुरा । बाजुरामा महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेका थिए। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ। […]
बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार […]
नागरिक रैबार/बाजुरा १ भदाै । भारत जान लागेका बाजुराका १९ जना महिलाहरुको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ। बाजुराको ९ वटै स्थानीय तहका अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कम्जोर भएको भन्दै कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट भारत जान लागेकी थिइन । उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन्। बाजुराका उन्नाइस […]
जुम्ला — चन्दननाथ नगरपालिका–७ का ४८ वर्षका प्रेमजंग महतले गत वैशाखमा १३ वर्षीया बालिकालाई धर्मछोरीका रूपमा राखेका थिए । कमजोर आर्थिक हैसियतकी बालिकाकी आमाले दोस्रो बिहे गरेकी थिइन् । बालिकाकी सानिमाको पहलमा ‘भविष्य बन्छ भन्ने भएपछि’ उनलाई धर्मछोरीका रूपमा राख्न सबै तयार भएका थिए । धर्मछोरी मानिएकी बालिकालाई सुरुदेखि नै प्रेमजंगले यौन दुर्व्यवहार र बलात्कार गर्दै आएका थिए । […]
धनगढी: अछाममा बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेको आरोप लागेका पुरुष पक्राउ परेका छन्। यहि साउन ११ गते राती पञ्चदेवल बिनायक नगरपालिक–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्ना कामीको हत्या गरि फरार भएका श्रीमान पदम कामी पक्राउ परेका हुन्। बुधबार उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाको वडा एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कामीमाथि […]