होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सर्लाही । सर्लाहीमा एक पुरुषलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित पुनर्वास टोलस्थित ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा उर्मिला पासवानलाई ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो । […]
सप्तरी: प्रतिबन्धित नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ। भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए। इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरू विरुद्ध मुद्दा […]
काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध […]
काठमाडौँ — म्युजिक भिडियो बनाउन नेपालको राष्ट्रिय झन्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगोल ग्याल्जी नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको थियो । भिडियोमा नेपालको […]
२ भदौ, काठमाडौं । नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु […]
२८ साउन, काठमाडौं । एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्लीमा बेचबिखनमा परेकी युवतीको उद्धार गरिएको छ । आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उनलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई […]
काठमाडौं । चन्द्रागिरी बस्ने दम्पत्ति आपसमा छुट्टेको करिब ६ महिना भएको थियो । पारपाचुके भैसकेको थिएन, छुट्टै बस्थे । कपिल (नाम परिवर्तन)लाई एकदिन पुलिसको फोन आयो । फोन गर्ने प्रहरी अधिकारीले भने– ‘तपाईंको नाममा एउटा निवेदन परेको छ, टेकुमा आउनुहोस् ।’ कपिल टेकु पुगे । त्यहाँ पुग्दा पो थाहा भयो, जाहेरी दिने उनकै श्रीमती थिइन् […]
जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो। वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका […]
धनगढी : कञ्चनपुरमा बोक्सीको आरोपमा श्रीमान् श्रीमतीको हत्या भएको छ। गत शुक्रबार राति कञ्चनपुरको बेलौरीमा ६२ वर्षीय घनश्याम खाती र उनकी श्रीमती वालादेवीमाथि आक्रमण भएको थियो। वालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमानको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले सुरुमा उनका छोरालाई नियन्त्रणमा लिएको थियो। तर अनुसन्धान गर्दै […]
जिल्ला प्रहरी कार्यालय दाङले नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको नक्कली परिचयपत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको दाङका प्रहरि प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । […]
जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रून्टिगढी गाउँपालिका-६ सालबाङमा कुटपिटबाट १ युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन् । […]
काठमाडौँ । साढे १४ किलो चाँदी र आधाकिलो सुन प्रकरणमा प्रहरीले सुन तस्करीसँग कुनै साइनो नै नभएका व्यक्तिलाई मुद्धा चलाएको छ । उनी हुन्, भैरहवाका सन्दीप गुरुङ । मंगलबार (१३ साउन)मा सन्दीप ट्याक्सी चलाएर नागढुंगाको ओरालो झर्दै थिए । त्यहाँ तीनजना पुरुषले ट्याक्सी रोके । मनकामना जाने कुरा गरे । भैरहवाबाट बिरामीलाई काठमाडौं छाडेर फर्कंदै […]
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए । […]
नागरिक रैबार/बाजुरा १६ साउन। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धबाट घरेलु हतियार सहित एकजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २८ वर्षिया मानबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।विहिबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकि पछि उनलाई हतियार सहित […]
बाजुरा । जडीबुटीका लागि प्रख्यात बाजुराको हिमाली गाँउपालिका वडा नम्बर १, २ र ३ (साविक बिच्छँया गाविस) तीव्र गतिमा जडीबुटीविहीन बन्दैछ । वडा नम्बर १ मा पर्ने हिमाली सामुदायिक वन उपभोक्ता समिति सदस्य बृखबहादुर भण्डारी मनोमानी ढंगबाट संकलन र तस्करीले जडीबुटी सखाप पारेको बताउँछन् । बाजुराको ४० प्रतिशत भूभाग ओगटेको बिच्छँया भौगोलिक हिसाबले ज्यादै बिकट […]
१५ साउन कैलाली । अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले बताए ‘अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म पुगेको […]
गणेश विक काठमाडाैं । आलिताल गाउँपालिका वडा नम्बर ४ डडेलधुरामा अज्ञात समूहले एक दलित युवामाथि कुटपिट गरेकाे छ । डडेलधुरा जिल्लाकाे आलिताल गाउँपालिका वडा नम्बर ४ मा हिजाे दिउसो करिब तीन बजे तिर उक्त समूहले आलिताल ४ रज्यौडा बस्ने नेपाल श्रमिक संगठन भारतका केन्द्रीय सूचना तथा संचार भिभाग प्रमुख २४ बर्षिय गोपाल कामीमाथि निर्घात कुटपिट गरेर घाइते […]
नागरिक रैबार/बाजुरा १२ साउन। जिल्लाको बुढीनन्दा नगरपालिका स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी माथि आकर्मण भएको छ । कोेल्टी प्राथिमक स्वास्थ्य केन्द्रमा कार्यरत अहेव सिहराज गिरीमाथि आइतबार राति स्थानीय युवाहरुले आक्रमण गरेका हुन् । स्थानीय केशर भाटको नेतृत्वको पाँच जनाको टोलीले अहेव गीरीलाइ आक्रमण गरि हात भाँचेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले […]
१२ साउन, काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले अनलाइनखबरलाई बताए । थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच […]
धनगढीः कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आईतबार ठीक दुई वर्ष पुगेको छ। देश व्यापी रुपमा भएको न्यायिक आन्दोलनपछि अन्तराष्टिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरणको अनुसन्धान दुई वर्ष सम्म पनि शुन्यमै छ। तर यो दुई वर्षको अवधीमा सुदूरपश्चिममा जबरजस्तीकरणी घटनामा समेत बृद्धि हुदै गएको एक तथ्याड्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय […]